मोन्डे सेलेक्सनमा रुस्लान अल्ट्रा प्रिमियम भोड्कालाई ग्रान्ड गोल्ड क्वालिटी अवार्ड

मोन्डे सेलेक्सनमा रुस्लान अल्ट्रा प्रिमियम भोड्कालाई ग्रान्ड गोल्ड क्वालिटी अवार्ड

काठमाडौं । इटालीमा आयोजित ५७ औं मोन्डे सेलेक्सन अवार्डस्मा रुस्लान अल्ट्रा प्रिमियम भोड्काले ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ । स्वादपछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृष्यताको स्वरुपका आधारमा रुस्लानले सो अवार्ड प्राप्त गरेको हो ।

मोन्डे सेलेक्सन विश्वभरिका प्रसिद्ध विशेषज्ञ, सेफ, वाइन विज्ञ, मदिरा उत्पादन विज्ञ इन्जिनियर र मास्टर ब्लेन्डरको सहभागितामा उत्पादनको भित्री गुणस्तरको अन्तरराष्ट्रिय वैज्ञानिक र कानुनी दृष्टिकोणबाट आँकलनका लागि सन् १९६१ मा सुरु गरिएको हो । यो अवार्डले एक सम्मानभन्दा अधिक रहेर उपभोक्ताका लागि गुणस्तर, अन्तरराष्ट्रिय मान्यता र उत्पादनको आन्तरिक बाहिरी मान्यता नियन्त्रण तथा निर्विवाद बिक्री तर्कको प्रत्याभूति दिन्छ ।

रुस्लान अल्ट्रा प्रिमियम भोड्का हालैमात्र नेपाली बजारमा ल्याइएको हो । यो सम्मानले कम्पनीलाई थप प्रेरणा मिलेको जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए । जाउलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिज नेपालमा बहु–डिस्टिलरि, ब्रुअरी र अनुसन्धान तथा बिक्री युनिटरहेको पेयपदार्थको समूह हो । यसले नेपालमा मदिरा र बियरका स्वदेशी साथसाथै अन्तरराष्ट्रिय ब्रान्ड नेपालमा उपलब्ध गराउँदै आएको छ । 
 

प्रतिकृया दिनुहोस
ad