खेल
एजेन्सी । जर्मनीले युरो कप छनोट फुटबलमा शानदार जित दर्ता गरेको छ । गएराति समूह सी अन्तर्गतको खेलमा स्टोनियालाई ८–० ले पराजित गर्दै जर्मनीले शानदार जित दर्ता गरेको हो । जितसँगै जर्मनीले ३ खेलबाट ९ अंक जोडेको हो । जर्मनीलाई बिजय बनाउन मार्को रिउस ,सर्ज गनाब्रीले दुई दुई गोल गर्दा लियोन,इल्के गुन्डोगोन, टिमो वर्नर र लिरो सानेले पनि एक एक गोल थपे । खेल सुरु भएको १० औं मिनेटबाट गोल गर्न थालेको जर्मनीले ८८ औं मिनेटसम्म गोल गरेको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६ ०८:४१
प्रतिक्रिया दिनुहोस्