खेल
एजेन्सी । लोनोभको निर्णायक गोलमा रुसले युरो कप छनोटमा साइप्रसलाई हराएको छ । लोनोभको गरेको गोल निर्णायक भएपछि रुसले साइप्रसमाथि जित निकालेको हो । समुह आइ अन्तर्गत खेलमा लोनोभले ३८ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा टोलीलाई दिलाएको अग्रता नै जितका लागि पर्याप्त भयो । साइप्रस बाँकी समय खेलमा फर्किन नसक्दा पराजित भएको हो । जितसँगै रुसले ४ खेलबाट ९ अंक जोडेको छ । बेल्जियम शीर्षस्थानमा रहँदा रुस दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६ ०८:३७
प्रतिक्रिया दिनुहोस्