बेल्जीयमको सहज जित

बेल्जीयमको सहज जित

एजेन्सी । रोमेलु लुकाकुको दुई गोल प्रेरित बेल्जीयमले युरो कप छनोटमा स्कटल्याण्डमाथि सहज जित निकालेको छ । गएराति स्कटल्याण्डलाई ३–० ले पराजित गर्दै बेल्जीयमले जित निकालेको हो । बेल्जीमयको जितमा लुकाकुसँगै केभिन डि ले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा लुकाकुको गोलमार्फत अग्रता लिएको बेल्जियमले ५७ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । दोस्रो गोल पनि लकाकुले गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा केभिनले गोल गर्दै टोलीको जित ३–० ले पक्का गरे । जितसगै समुह आइमा रहेका बेल्जीयम ४ खेलबाट १२ अंकसहित शिर्ष स्थानमा छ । पराजित स्कटल्याण्ड ६ अंकसहित चौथो स्थानमा छ । 

प्रतिकृया दिनुहोस
ad