site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘केपी’मा प्रधानमन्त्री केपी र राजकुमार ह्यारी भेटघाटको अन्तर्राष्ट्रिय चर्चा,  बेलायती दरबारले सम्झियो नेपाल सम्बन्ध
Ghorahi CementGhorahi Cement

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाका कान्छा नाति तथा शाही सम्बोधनमा द ड्युक अफ ससेक्स भनिने राजकुमार ह्यारीलाई बेलायत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी ओलीले मंगलबार भेटेका छन् ।  सो भेटघाटपछि बेलायती राजपरिवारको ट्विटर ह्याण्डलमार्फत् राजकुमार ह्यारी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच केन्सीङटन प्यालेसमा भेट भएको भन्दै तस्बिर राखिएको थियो । 

लगत्तै फेरि अर्को ट्विट गर्दै ह्यारीले सन् २०१६ मा नेपाल भ्रमण गर्दा ओलीलाई भेटेको तस्बिरका अतिरिक्त उनले नेपालका विभिन्न भूभागमा डुलेका तस्बिरहरुपनि राखिएका थिए । 

सो ट्विटमा भनिएको छ, “राजकुमारले यसअघि सन् २०१६मा नेपालको पहिलो औपचारिक भ्रमण गर्दा केपी शर्मा ओलीलाई भेट्नु भएको थियो । त्यो बेलामा उहाँले भूकम्पबाट प्रभावित समुदायका मानिसलाई पनि भेट्नुभएको थियो । त्यो यात्राको अन्त्यमा उहाँले रुबिकन स्वयंसेवीसँग संलग्न भएर दुर्गम स्थानको गाउँ बनाउन मद्धत गर्नुभएको थियो ।”

Agni Group

बेलायतका राजकुमार ह्यारी नेपाल र नेपालीसँग परिचित अनुहार हुन् । उनले बृटिश गोर्खासँग खिचेका तस्बिरपनि यसअघि चर्चित हुने गरेका थिए । सन् २०१६ मा नेपाल आएको बेलामा आफ्नो औपचारिक भ्रमण कार्यक्रम सकिएपछि पनि उनी थप समय नेपाल बसेका थिए । सामान्यतया यस्तो गरिँदैन ।

प्रधानमन्त्री ओलीलाई मंगलबार भेटेपछि ससेक्स रोयल नामको इन्स्ट्राग्राममा पनि ह्यारीको सन् २०१६ को नेपाल भ्रमणबारे लामो चर्चा गरिएको छ । उनको सानैदेखि गोर्खासँग सम्बन्ध रहेको भनेर उनी सानो छँदा बृटिश गोर्खासँग खिचेको तस्बिर पनि त्यसमा  राखिएको छ । बेलायती राजपरिवारको बेलायती र अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चा हुने गरेका कारण स्वाभाविक रुपमा ह्यारीसँग नेपालका प्रधानमन्त्रीको भेटघाटको प्रसंगले विभिन्न मिडियामा निकै चर्चा पाएको छ । 

Global Ime bank

कतिपयले नेपालका प्रधानमन्त्रीले भेटेको कोठाको एउटा टेबुलमा ह्यारी र उनकी पत्नी मेघन मर्केलको तस्बिरमा उनीहरुले कस्तो कपडा लगाएको देखिन्छ  भन्नेसम्मको व्याख्या गर्न भ्याएका छन् ।

बेलायती राजदरबारको द रोयल फेमिली ट्विटर ह्याण्डलबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटको कुरा गरिएकोमा त्यसमा प्रतिक्रिया जनाउनेले चाहिँ  केपी भनेर केन्सीङटन प्यालेसको चर्चा समेत गरेको पाइएको छ । 

सो प्यालेस तीनसय वर्ष पुरानो हो । धेरैअघि रानी भिक्टोरिया सो प्यालेसमा बस्ने गरेकोमा अहिले बेलायती राजपरिवारको युवा पुस्ता बस्ने बताइएको छ ।  तर, ह्यारी र उनका दाजु राजकुमार विलियमबीच केही खटपट भएर गएको अप्रिल महिनादेखि उनी फ्रगमोर कटेजमा बस्न थालेको बेलायती मिडियामा यसअघि चर्चा भएको थियो । 

अहिले फेरि नेपालका प्रधानमन्त्री केपीसँग ह्यारी ‘केपी’ अर्थात केन्सीङटन प्यालेसमा देखिएपछि ट्विटरमा धेरैले सो विषयमा चासो दिएको पाइएको छ ।  राजकुमार ह्यारीको तर्फबाट उनको सचिवालयले राखेको इन्स्ट्राग्राम सन्देशमा बेलायतकी बडामहारानीका तर्फबाट मंगलबार प्रधानमन्त्री ओलीसँग उनले भेटेको समेत जनाइएको छ । त्यसमा १९ वर्षमा नेपाली प्रधानमन्त्रीको पहिलो बेलायत भ्रमण भएको समेत जनाइएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC