site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पृथ्वी जोगाउन युवा पुस्ता सबैभन्दा बढी दबाबमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । अधिकांश किशोरकिशोरीहरुले आफ्नो पुस्ताले नै जलवायु परिवर्तन, प्लाष्टिक प्रदुषण लगायतका वातावरणीय समस्याहरुको समाधान गर्नुपर्ने सम्बन्धी अधिक दबाब महसुस गर्ने गरेको पत्ता लागेको छ । अघिल्लो हप्ता मनाइएको विश्व वातावरण दिवसका दिनमा १४ देखि १६ वर्षीया किशोरकिशोरीहरुमा गरिएको सर्वेक्षणपछि यस्तो नतिजा प्राप्त भएको हो । 

सर्वेक्षणमा ८० प्रतिशत भन्दा बढी युवाहरुले पृथ्वीलाई जोगाउनुपर्ने सम्बन्धी ठूलो दबाब महसुस गर्ने गरेको बताएका हुन् र यस विषयमा आफ्नो तर्फबाट सुधार ल्याउन पर्याप्त साधन नभएको समेत धेरैले गुनासो गरेका हुन् । यसमा ३९ प्रतिशत युवाहरुले त उनीहरु वातावरणीय समस्याका बारेमा अत्यन्तै गम्भीर र ठूलो चिन्तित रहेको पनि बताएका हुन् । तर मान्छेका कारण पृथ्वीमा परिरहेका भयानक असरहरुका बावजुद आफूहरुले विद्यालयमा श्रोतसाधनको दिर्गकालीन प्रयोगकका बारेमा कमै सुन्ने गरेको उनीहरुको भनाइ छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

यसरी अहिलेकी सबैभन्दा सक्रिय युवा वातावरण कार्यकर्ता ग्रेटा थनबर्गले पनि विश्वभरका युवाहरुलाई यो विषयप्रति ध्यान केन्द्रित गर्न प्रेरित गरिरहेको पाइएको छ । त्यसैले अहिले धेरै युवामा वातावरणप्रतिको जिम्मेवारी अन्त्यमा आफैँले उठाउनुपर्ने सोच आइसकेको बताइएको छ । यसरी सर्वेक्षणमा सहभागी ३० प्रतिशत युवाहरुले विभिन्न अभियान सञ्चालन गरे यसमा राजनीतिक एवम् सामाजिक बदलाव ल्याउन सकिने विश्वास गरेका हुन् भने १४ प्रतिशतले सहभागीता जनाएको बताएका छन् । 

यसरी यो अनुसन्धानले वातावरण सम्बन्धी मुद्दामा युवाहरुको चासो बढ्दै गएको स्पष्ट पारेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ०५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC