site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
अझै भेटिएन निर्मलाको हत्यारा ? कहाँ चुक्यो अनुसन्धान ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एकवर्ष पूरा हुन लागेको छ ।  यो बीचमा मुलुकमा विभिन्नखालका घटना भए । ती घटनामा संलग्नको पहिचान गरी मुद्दा अघि बढेको छ । तर अन्तर्राष्ट्रिय रुपमा समेत चर्चामा आएको निर्मला हत्याकाण्डको अनुसन्धान प्रक्रियामा भने प्रहरी सफल हुन सकेको छैन । यद्यपी प्रहरीले अनुसन्धान जारी राखेको जनाउँदै आएको छ ।

गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा कञ्चनपुर भीमदत्तनगर–२ महुलीयाकी १३ वर्षीया बालिका निर्मलाको शव फेला परेको थियो ।  निर्मला हत्याकाण्डका अभियुक्तको पहिचान गर्न नसक्दा प्रहरी आलोचनाको तारो बन्न पुगेको छ ।

प्रहरी अधिकारीले पटक–पटक औपचारिक होस या अनौपचारिक रुपमा निर्मला हत्याकाण्ड ठूलो टाउको दुखाइको विषय भएको बताउने गरेका छन् । प्रहरी अधिकारीनै बर्खास्तीदेखि निलम्बनसम्म भएको निर्मला हत्याकाण्ड–बलात्कारको पछाडि कसको हात थियो शंकाको विश्वसनीय सुइ अझै भेटिएको छैन । बेलाबेला अनुसन्धानका क्रममा नयाँ–नयाँ तथ्य फेला परेको बताइएको भए पनि पुष्टि गर्ने प्रमाण फेला परेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

कहाँ चुक्यो ‘इन्टेलिजेन्स’ ?

अपराध अनुसन्धानको मुख्य जिम्मेवारी नेपाल प्रहरीकै हो । तर अपराध अनुसन्धानमा महत्वपूर्ण सूचना दिएर सघाउने काम राष्ट्रिय अनुसन्धान विभागको पनि हो । तर निर्मला हत्याकाण्डपछि राष्ट्रिय अनुसन्धान विभागको कुनै भरपर्दा सूचना निर्मला हत्याकाण्डबारे आउन नसकेको प्रहरी अधिकारी बताउँछन् । बरु उल्टै राष्ट्रिय अनुसन्धान विभागकै कर्मचारी निर्मला हत्या प्रकरणमा शंकाको घेरामा तानिए ।

Global Ime bank

कैलालीको टीकापुर हत्याकाण्ड होस् या काठमाडौंमा तीन साताअघि भएको श्रृङ्खलाबद्ध वम विस्फोट होस् निर्मला हत्याकाण्डपछिको सूचना संकलन र सम्प्रेषणमा अनुसन्धान विभागको काममाथि प्रश्न उठेको छ ।

नेपाल प्रहरीले पनि सादा पोशाकमा प्रहरी सूचना संकलनमा खटाउँदै आएको छ । तर गोप्य सूचना संकलनको मुख्य दायित्व राष्ट्रिय अनुसन्धान विभागकै हो । अनुसन्धानमा संलग्न अधिकारी राष्ट्रिय अनुसन्धान विभागको ‘इन्टेलिजेन्स’को कुनै भरपर्दो सूचना नआएको अनुसन्धानमा सक्रिय प्रहरी बताउँछन् ।

‘‘हाम्रो स्रोत साधनको अधिकतम प्रयोग त हामीले गरिरहेकै छौं । त्यसमा राअको सूचना हुँदा झन सहजता हुन्थ्यो । किनभने उनीहरुलाई सबैले चिन्दैनन्,’’ अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकारीले भने ।

सेना, नेता–कार्यकर्ता र गुण्डा समूहमाथि अनुसन्धान 

पछिल्लो १० महिनामा प्रहरीले शंकास्पद एकहजार भन्दा बढी व्यक्तिसँग सोधपुछ र ५ सय बढीसँग बयान लिइसकेको छ । ६० जनाभन्दा बढीको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ । चारजना नेपाली सेनाका जवान, केही दलका नेता–कार्यकर्ता, ट्यापे, मुन्द्रे, गुण्डा समूह, खेलाडीमाथिसमेत अनुसन्धान गरिएको थियो । 

योबाहेक कल डिटेल हेर्नेदेखि शंकास्पद व्यक्तिको सामाजिक सञ्जालमाथि समेत निगरानी गरिएको थियो । अनुसन्धानका क्रममा बयान शंकास्पद देखिएपनि डीएनए म्याच भने कसैको भएन । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले स्थानीयले प्रहरीलाई सूचना नदिएर सहयोग नगरेको गुनासो गर्दै आएका थिए । 

तर पछिल्लो समय स्थानीयले प्रहरीले मागेको सूचना दिन थालेको एक अधिकारीले बताए । तत्कालीन प्रहरी नेतृत्वले गत भदौ ४ गते दिलिप सिँह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर दिलिपको डीएनए निर्मलाको भेजिनल स्वावसँग मेल नखाएपछि उनी छुटेका थिए ।
तर दिलिप हत्यारा हुन् कि होइनन् भन्नेमा प्रहरीमै दुइमत छ । एकथरी प्रहरी अधिकारी दिलिपको संलग्नता हुनै नसक्ने दाबी गर्छन् भने अर्कोथरी प्रहरी अधिकारी अनुसन्धान अहिल्यै सकियो भन्न नमिल्ने तर्क गर्दै विष्टकै वरिपरी अनुसन्धान जारी राख्नुपर्ने तर्क गर्छन् ।

पेचिलो बन्दै अनुसन्धान

त्यसले गर्दा अनुसन्धान थप पेचिलो बन्दै गएको छ । यसबीचमा प्रहरीले देश–विदेशमा भएका सम्ममाथि पनि निगरानी बढाएको छ । पछिल्लो समय प्रहरीले आसपासका सबै वडाका घरका सदस्यको विवरण संकलन गरेको थियो ।  विवरणमा खासगरी साउन १० गतेको समयमा त्यो घरका सदस्य कहाँ थिए ? उनीहरुको पृष्ठभूमि के हो ? अहिले कहाँ छन् भन्ने कुरा पनि केलाइएका छन् । 

हत्यापछि कयौं रोजगारीको शिललिशलामा भारत गएका छन् भने कोही वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका छन् । अहिले प्रहरीले त्यो पाटोलाई पनि हेरिरहेको एकजना प्रहरीले जानकारी दिए ।

तर निर्मला बलात्कार–हत्यामा चिनजानकै व्यक्तिको संलग्नता हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीको छ । एक अधिकारीले भने,‘‘यसमा चिनजानकै व्यक्तिले गरेको हुन सक्ने सम्भावना छ । नेपालमा भएका कयौं घटनामा नजिकैका आफन्त वा चिनजानकै व्यक्तिको संलग्नता पाइएको छ । हामी सबै पक्षबाट हेरिरहेका छौं ।’’ 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ०३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC