site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विज्ञापन रद्दको निर्देशन गैरजिम्मेवारः साझा विवेकशील
Sarbottam CementSarbottam Cement

काठमाडौं । साझा विवेकशील पार्टीले लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन दिने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय प्रत्यक्ष हस्तक्षेप र गैरजिम्मेवार कार्य भएको बताएको छ । मंगलबार प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी भर्नाका लागि गरेको विज्ञापनबारेमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय र निर्देशनप्रति साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । 

“लोकसेवाको विज्ञापनमा संविधानमा उल्लेखित समावेशिताको सिद्धान्त पालना भए–नभएको बारेमा लोकसेवा आयोगको ध्यानाकर्षण गर्न र आवश्यक देखिएमा विज्ञापनको सर्त परिमार्जनको सुझाव दिन सकिन्छ,” विज्ञप्तिमा उल्लेख छ, “तर संसदीय समितिले स्वायत्त संवैधानिक आयोगको काममा प्रत्यक्ष हस्तक्षेप गरी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनु अत्यन्त गैरजिम्मेवार कार्य हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

साझा पार्टीले  योग्यता र क्षमताका आधारमा कर्मचारी छनोट गर्ने स्वतन्त्र र निष्पक्ष संवैधानिक निकायका रुपमा लोकसेवा आयोगको   विश्वसनीयता र स्वायत्तामा आँच आउने काम नगर्न पनि आग्रह गरेको छ ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC