site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल सांस्कृतिक संघले जेठ ३१ र ३२ गते राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघले यही जेठ ३१ र ३२ गते हेटौंडामा नेपाल सांस्कृतिक संघ जिल्ला सभापति (७७ वटै जिल्लाका) र विधागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने भएको छ । उक्त भेलाको उद्घाट्न कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने पनि संघले जनाएको छ । 

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो जानकारी गराएको हो । संघले आफूहरुले स्रष्टा, संस्कृतिकर्मीहरुको सुरक्षा, सम्मान र पहिचानका लागि जोडदार आवाज उठाउँदै आईरहेको पनि जनाएको छ । हेटौंडा मकवानपुरमा सञ्चालित उक्त कार्यक्रममा ७७ वटै जिल्ला सांस्कृतिक संघका सभापति र विधागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलामार्फत देशव्यापी रुपमा सम्पूर्ण स्रष्टा, संस्कृतिकर्मीहरुको सुरक्षा, सम्मान र पहिचानका लागि ऐक्यबद्धता जाहेर गर्ने पनि संघको घोषणा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संघका सभापति तीर्थबहादुर थापाले उक्त राष्ट्रिय प्रशिक्षणमा भेलाका माध्यमबाट गाउँ नगर, क्षेत्र, जिल्ला, केन्द्र र प्रदेशस्तरीय सांगठनिक संरचनालाई अझ गतिशिल र रचनात्मक बनाउन संघ लागिरहेको सुनाए । उनले कलाकार तथा स्रष्टाहरुको हकहित पहिचानको लागि पनि उक्त कार्यक्रम फलदायी हुने विश्वास दिलाए । 

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘संस्कृतिको उत्थान बिना राष्ट्रको विकास र समृद्धि सम्भव छैन । स्रष्टा संस्कृतिकर्मीहरुलाई उपेक्षा र अवमूल्यन गरेर अघि बढ्न सकिन्न । राष्ट्रको गरिमा र पहिचान भनेकै सांस्कृतिक क्षेत्र हो । यो कुरा जननायक वीपी कोइरालाले आफ्नो संघर्षशील राजनीतिक जीवनको पहिलो उषाकालमै महसुस गरेर सांस्कृतिक क्षेत्रको उन्नयन र प्रर्वद्धन गरेको नेपाल सांस्कृतिक परिषद्को गठन कार्य गरेबाट स्पष्ट हुन्छ । सोही क्रममा वीपीले वि.सं. २००८ मा स्थापना र प्रर्वद्धन गरेको नेपाल सांस्कृतिक परिषदले तत्कालिन राणा शासनको निरंकुशताको कोपाभाजन हुनुपरेको घट्नाक्रमहरुको इतिहास साक्षी छ ।”

Global Ime bank

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संघ कलाकर्मीहरुको साझा संस्था बन्नुपर्ने धारणा राखे । 

कार्यक्रममा संघका महामन्त्री दुर्गा रायमाझीले पनि राष्ट्रिय प्रशिक्षण भेला फलदायी हुने विश्वास दिलाए । त्यस्तै, कार्यक्रममा संघका उपाध्यक्ष जनार्दन आचार्य र महामन्त्रीहरु रोशनी केसी र शिवशंकर रिजालको पनि उपस्थिति रहेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC