site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘डुब्ने डरले निक्षेप झिक्न बैंकमा भीड नभएको १० वर्ष भयो’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको निक्षेप डुब्यो भन्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । पछिल्लो १० वर्षमा एकजना निक्षेपकर्ता पनि आफ्नो निक्षेप डुब्ने खतरामा बैंकमा रकम झिक्न नपुगेको खतिवडाको दाबी छ ।
अर्थमन्त्री खतिवडाले मंगलबार बिहान निक्षेप तथा कर्जा सुरक्षण कोषको भवन शिलान्यास गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापनापछि कर्जा प्रवाह र निक्षप दुवै सुरक्षित भएको दाबी गरे । सो अवसरमा उनले प्राथमिकतामा रहेका क्षेत्रमा कर्जा प्रवाह गर्दा त्यो कर्जाको सुरक्षा अर्थात् बीमा कोषले गर्ने भन्ने अभिप्रयाले कर्जा सुरक्षण निगम स्थापना भएको बताए । उनले भने, “ती क्षेत्रमा बैंकहरुले लगानी गर्न उत्साहित नहुने अवस्था थियो ।” पछि समय जोखिम व्यवस्थापन गर्न नसक्ने, व्यवस्थापनको तरिका जानकार नहुने निक्षेपकर्तालाई सुरक्षा दिनपर्ने अभिप्रायले निक्षेपको बीमाको अवधारणा ल्याएको उनको दाबी छ ।
यही व्यवस्थाले पछिल्लो १० वर्षमा निक्षेप फिर्ता लिनेको भिड ननिम्त्याएको दाबी उनले गरे । उनले भने, “सानो निक्षेपकर्ताको निक्षेप बीमित छ । यसले बैंकिङ प्रणाली पनि स्वस्थ बनाएको छ ।” उनले दक्षिण एसियामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दाबी गरे । भने, “निश्क्रिय कर्जा १ प्रतिशतको हाराहारिमा छ । अरु परिसूचक पनि सबल छन् । नेपाली बैंकलाई विदेशीहरुले पत्याउन थालेका छन् ।” अब नेपालको नेपालको सोभरेन रेटिङ भएपछि वैदेशिक ऋण लगानी र पुँजी लगानीको अवस्था बढ्ने दाबी खतिवडाले गरे ।
कोषले चालू आवको नौ महिना मै २ अर्ब रुपैयाँ नाफा गरेको छ । यो नाफा जोखिममाथिको नाफा हो । यस्तै नाफाका कारण कोषको आफ्नै भवन निर्माण हुने अवस्थामा पुगेको हो । कोषमा धेरै लामो समयदेखि नेपाल राष्ट्र बैंकको सेयर स्वामित्व थियो । पछि नेपाल राष्ट्र बैंकको पछिल्लो ऐन आएसँगै बैंकले आफ्नो स्वामित्व झिकेको छ ।
हाल कोषको चुक्तापुँजी ८ अर्ब रुपैयाँ रहेको छ । अर्थमन्त्री खतिवडाले कोषलाई बलियो बनाउन अझै २ अर्ब रुपैयाँ थपेर चालू आवभित्रै १० अर्ब पुँजी भएको कोष बनाउने जानकारी गराए ।
उनले आउने दिनमा हुन सक्ने जोखिमको पुर्वानुमान गर्दै आफ्नो क्षमता बढाउन उनले कोषलाई निर्देशन पनि दिएका छन् । उनले भने, “कोष बलियो पैसाले मात्र हुँदैन, संस्थाको व्यवस्थापन पनि बलियो हुनु पर्छ । यसका लागि जोखिमको विश्लेषण गर्नुस्, दक्ष जनशक्तिको विकास गर्नुहोस् ।”
सोअवसरमा कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कोषले चालू आर्थिक वर्षको ९ महिनामा २ अर्ब रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए । उनले सबै प्रदेशको कोषको शाखा कार्यालय स्थापनाका लागि जग्गा खरिदको काम सम्पन्न गरिएको पनि बताए ।
मंगलबार शिलान्यास गरिएको कोषको भवनको निर्माण कार्यको जिम्मेवारी भ्याली बाबुरत्न जेभी कम्पनीलाई दिइएको छ । यस भवनको निर्माणका लागि ६ करोड ६८ लाख ५१ हजार ३ सय ९६ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC