site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
किताबले मानिसको जिवनमा कस्तो परिवर्तन ल्याउँछ ?
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकामा मात्र एक दिनमा १८ लाख किताब बिक्री हुने गर्दछ भने बेलायतमा पनि प्रतिदिन पाँचलाख भन्दा बढी किताबहरु खरिद गर्ने गरिएको छ । यसरी अहिलेको समयमा मान्छेसँग अनेकौँ विकल्प भएपनि अझै किताब पढ्न मन पराउँछन् भन्नेमा कुनै शंका छैन ।  वास्तवमै किताबले हाम्रो ज्ञान र लेखन शीप बढाउनुका साथै विश्वबारे धेरै कुरा सिकाउन सक्छ । तर के पढ्नुले हामीलाई राम्रो मान्छे पनि बनाउन सक्छ ?

काल्पनिक रचना अर्थात ‘फिक्सन’ बारे विभिन्न दाबी गरिँदै आएको छ । जस्तै स्वयम्सेवालगायत दान धर्मका कार्यमा वृद्धिदेखि मानिसलाई भोट हाल्न प्रोत्साहन गर्ने र दशकौँ बितिसक्दा हिँसामा कमी आउनुका पछाडि समेत किताबलाई ठूलो श्रेय दिने गरिएको छ । ग्रिकका महान मनोविश्लेषक एरिस्टोटलले भनेका थिए, “जब हामीले कुनै ट्राजिटी हेर्छौँ हामीमा दुई प्रकारको भावना व्याप्त हुन्छ – पात्रप्रति सद्भाव र आफ्ना लागि डर । यसमा थाहै नपाइ हामी तिनको ठाउँमा भए त्यो अवस्थामा कस्तो प्रतिक्रिया दिने थियौँ होला भनेर तुलना गरिरहेका हुन्छौँ र विगतका व्यवहार वा भविष्यमा आइपर्न सक्ने कुराबारे पनि सोच्ने गर्दछौँ ।”

त्यसैले पनि किताबले हामीलाई अरुको परिस्थिति बुझ्ने अभ्यास गराइरहेको हुन्छ । यसबारेमा क्यानडाका संज्ञात्मक मानसिक रोग सम्बन्धी चिकित्सक केइथ ओट्लेले ‘फिक्सन’ लाई दिमागको उडान प्रवृत्ति सक्रिय गराउने तत्वको नाम दिएका छन् । जसरी एउटा पाइलटले जमिन नछाडिकन उड्ने अभ्यास गर्छ त्यसरी नै फिक्सनले पनि हरेक चोटि किताब पल्टाउँदा मानिसको सामाजिक कुशलतामा सुधार ल्याउन सक्छ । उनले गरेको एक अनुसन्धानअनुसार हामी किताबका पात्रसँग परिचित हुन थालेसँगै उनीहरुको लक्ष्य र चाहनालाई आफ्नै जीवनको ठान्ने गर्दछौँ । जस्तै उनीहरु खतरामा भए भने हाम्रो मुटु बेस्सरी धड्कन थाल्छ वा हामीले लामो सास फेर्न सक्छौँ । तर अर्कोतर्फ हामी त्यो सबै हामीसँग भइरहेको छैन भनेर कताकती ढुक्क भएर पनि पढिरहेका हुन्छौँ । यसरी वास्तवमा किताबका केही प्रभावकारी वाक्य वा घटनामा लेखिएका शब्दहरु पढ्दैगर्दा हाम्रो मस्तिष्क पनि त्यससँग सम्बन्धित शारीरिक प्रक्रियासँग जोडिन थाल्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी कथासँग अगाडि बढ्न हामीले के भइरहेको छ कुन पात्रले के सोचिरहेका छन् लगायत तिनको परिस्थिति र भावनाबारे जान्नैपर्ने हुन्छ । यो बुझ्ने क्षमताका लागि ‘थेउरी अफ माइन्ड’ नामक शीप आवश्यक पर्छ । जस्तै हामीले किताबमा पात्रका सोचहरु पढ्दा मस्तिष्कमा थेउरी अफ माइन्ड सम्बन्धी क्षेत्र सक्रिय हुन थाल्छ । यसकारण पनि फिक्सन पढ्नेहरुको सामाजिक क्षमता नपढ्नेहरुको भन्दा राम्रो हुने गरेको बताइएको छ । 

यस अनुसन्धानका लागि ओटेली र उनका सहकर्मीले केही मानिसहरुलाई फरकफरक भावना व्यक्त गरिरहेको मानव आँखाको तस्बिर हेर्न लगाएका थिए । यस परीक्षणमा केबल आँखा हेरेर उनीहरुले त्यो मान्छेले कस्तो महसुस गरिरहेको छ भन्ने बताउनु पर्दथ्यो जसमा पछुतो, लाज, दिउँसै सपना देखिरहेको लगायत उत्तरका विभिन्न विकल्प पनि प्रदान गरिएको हुन्छ । यसरी पहिलो झलकमा ती आँखामा कुनै भावना देखिँदेन र गहिराइसँग हेर्दै गएपछि मात्र तिनका भाव स्पष्ट हुन्छन् । यस्तोमा धेरै फिक्सन पढ्नेहरुले नपढ्नेको तुलनामा उच्च स्कोर हासिल गर्न सकेका हुन् । त्यस्तै अन्तर–व्यक्तिगत संवेदनशीलताको स्केलमा पनि किताब पढ्नेहरुले बढी अङ्क हासिल गरेको पाइएको हो । 

Global Ime bank

‘प्रिन्सेटन सोसल न्युरोसायन्स ल्याब’ की मनोविश्लेषक डायना टामिरका अनुसार मान्छेले सामाजिक अन्तरक्रियामा सुधार ल्याउनकै लागि पनि बढी किताब पढ्ने गरेका छन् । जस्तै यसले हामीलाई अगाडिको मानिसले के सोचिरहेको छ, के महसुस गरिरहेको छ भन्ने थाहा दिन्छ । यसका लागि उनले सञ्चालन गरेको ब्रेन स्क्यानमा पनि किताब पढ्दै गर्दा हाम्रो दिमागका ती अंश सक्रिय हुने गरेको पाएकी हुन् जसले हामीलाई आफ्नो अन्य व्यक्तिको भाव र सोच बुझ्न बाध्य गराउँछ । त्यसैले पनि उपन्यास पढ्नेहरुले औसतमा तुलनात्मक रुपमा अरु मानिसको भाव सजिलै बुझ्न सक्छन् तर के यसले उनीहरुलाई राम्रो मान्छे बनाउँछ ? यस कुराको परीक्षण गराउनका लागि वैज्ञानिकहरुले थप अनुसन्धान गरेका हुन् । 

यसमा उनीहरुले मनोविश्लेषण सम्बन्धी तरिका अपनाएका छन् । सबैभन्दा पहिले अनुसन्धानमा सहभागीहरुलाई एउटा छोटो किताब पढ्न लगाइएको हो । किताब पढ्दैगर्दा उनीहरुले दिमागका त्यस भित्रका पात्र र परिस्थितिको चित्र बनाए कि बनाएनन् भन्ने प्रश्न गरिएको थियो । त्यस्तै कथा पढिसकेपछि उनीहरुले पात्रका बारेमा के थाहा पाए भनेर पनि सोधिएको हो । यसपछि अनुसन्धानकर्ताहरुले अर्को कोठाबाट सामान लिन गएको बहानामा आउनेक्रममा एक दर्जन कलम भुईँमा खसाएका हुन् । यस्तोमा पात्र र कथाप्रति सबैभन्दा धेरै सद्भाव व्यक्त गर्नेहरुले नै कलम टिप्न मद्दत गरेको पाइएको हो । यसमा हामीले ती व्यक्तिहरु पहिलेदेखि नै मद्दतगार स्वभावको हुन सक्ने अन्दाज लगाउन सक्छौँ तर अध्ययनकर्ताहरुले ती कुराहरुलाई पनि ध्यानमा राखेर यस्तो निष्कर्ष निकालेका हुन् । 

त्यस्तै डच रिसर्चरहरुले पनि एउटा छोटो अवधिको अनुसन्धान गरेका हुन् । जसमा उनीहरुले विद्यार्थीहरुलाई ग्रीसको राजनीति सम्बन्धी पत्रिकाको लेख र नोबल पुरस्कार प्राप्त गर्न सफल उपन्यास ‘ब्लाइन्डनेस’ पढ्न लगाएका हुन् । सो उपन्यासका मुख्य पात्र अचानक आफ्नो कारमा बसिरहेका बेला आँखा देख्न छाड्छन् जसपछि सडकमा हिँड्दै गरेका एक बटुवाले उनलाई घर पुर्याइदिने भन्छन् तर उल्टै गाडी चोरेर भाग्छन् । यसरी पत्रिकाको तुलनामा सो कथा पढेपछि विद्यार्थीहरुमा भावनात्मक स्तर वृद्धि हुनुका साथै उनीहरुको साधारण दृष्टिकोणमा पनि परिवर्तन आएको पाइएको हो । उनीहरुको भावनामा वास्तवमै त्यो कथाले गहिरो प्रभाव पारेको थियो जसको असर धेरै पछिसम्म देखा परेको हो । अनुसन्धानकर्ताहरुका अनुसार त्यसको एक हप्तापछि उनीहरुको भावुकता झन वृद्धि भएको पाइएको हो । 

हो हामी फिक्सनबाट मात्र होइन पत्रपत्रिका पढेर पनि भावुक हुने गर्दछौँ । तर यस कुरामा फिक्सनका तीन फाइदा छन्–जस्तै उपन्यासमा हामीसँग पात्रको आन्तरिक संसारको पनि पहुँच हुन्छ जुन हामीले पत्रिकाबाट सामान्य अवस्थामा प्राप्त गर्न सक्दैनौँ । यसैगरी हामीले मान्छेको सत्यतामाथि प्रश्न नउठाइ अविश्वासलाई निलम्बित गर्ने गछौँ । अन्त्यमा हामीले उपन्यासमार्फत पात्रहरुको जीवन वर्षौँदेखि हेरिरहेका र अध्ययन गरिरहेका हुन्छौँ जुन वास्तविक जीवनमा अत्यन्तै कठिन हुन्छ ।’ यसकारण पनि फिक्सन पढ्नाले मानिसले राम्रो बानी र उचित व्यवहार देखाउने स्पष्ट छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC