खेल
काठमाडौं । आयोजक त्रिभुवन आर्मीले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा गण्डकी प्रदेशमाथि ३-१ को सेटमा जित निकाल्दै आर्मीले लगातार चौथो पटक उपाधि जितेको हो । लगनखेलस्थित आफ्नै कोर्टमा पहिलो सेट १६-२५ ले गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै आर्मीले उपाधि कब्जा गरेको हो ।
दोस्रो सेटमा पुनरागन गर्दै २५-८ ले नतिजा आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट २५-१० तथा चौथो सेट २५-१६ ले जितेको हो ।
उपाधिसँगै आर्मीले तीन लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता गण्डकीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउँदा तेस्रो भएको पुलिसले ७५ हजार रुपैयाँ पुरस्कार पाएको छ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६ १८:५४
प्रतिक्रिया दिनुहोस्