site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश १ सरकारले डेंगुका बिरामीको निःशुल्क उपचार गर्ने
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ सरकारले डेंगुका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । प्रदेशसभा बैठकमा सोमबार नीति तथा कार्यक्रममाथि जवाफ दिँदै मुख्यमन्त्री शेरधन राईले धरानका डेंगु पीडितको निशुल्क उपचारका लागि सरकारले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । 

मुख्यमन्त्री राईले भने,‘‘बिरामीको तत्काल उपचारका लागि ५० लाख र प्रकोप नियन्त्रणका लागि छुट्टै ३० लाख रुपैयाँ बजेट छुट्याई सकेका छौं ।’’ राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा भेन्टिलेटरसमेत हस्तान्तरण गरिने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश सरकार धरानमा फैलिएको डेंगुरोगको प्रकोपबारे जानकार र गम्भीर रहेको बताउँदै राईले यसको नियन्त्रण आवश्यक रहेकोमा जोड दिए । 

धरानका विभिन्न वडामा डेंगुरोकको प्रकोप फैलिएपछि पूर्वाञ्चल क्याम्पसको पठनपाठन बन्द गरिएको छ । मानिसहरु रोगका कारण त्रसित बनेपछि उपमहानगरले समेत सचेतना र प्रकोप नियन्त्रणका लागि काम सुरू गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC