साहित्य
एजेन्सी । रक ब्याण्ड हलिउड भेम्पायर्सले दोस्रो स्टुडियो एल्बम जुन २१ मा निकाल्ने भएको छ । प्रस्तुत ब्याण्डमा अलाइस कुपर, एरोस्मिथ ब्याण्डका गितारिस्ट जोइ पेरी र हलिउडका कलाकार जोनी डिप रहेका छन् ।
अब आउन लागेको एल्बमको लागि जोनी डिपले डेविड बोवीको क्लासिक गीत हिरोजको कभर गरेका छन् त्यो पनि लिड भोकलिस्टको रुपमा । ब्ल्याक एण्ड ह्वाइट भिडियोमा देखाइएको स्टुडियो बर्लिनको हो, जुन स्टुडियोमा डेविड बोवीले सन् १९७७ मा हिरोज गीत रेकर्ड गरेका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६ १४:०५
प्रतिक्रिया दिनुहोस्