site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
श्रीलंकामा मुसलमानले नै भत्काए मश्जिद
Sarbottam CementSarbottam Cement

कोलम्बो । श्रीलंकामा मुसलमान भनेपछि अर्को पक्षले आक्रमणको निसाना बनाउन थालेपछि हालै मुश्लिम समुदायका मानिसहरुले नै मश्जिद भत्काएका छन् । आफूहरु अरुको आक्रमणको निसानामा नपरियोस् भनेर उनीहरुले त्यसो गरेको बीबीसीले जनाएको छ ।
‘‘इस्टर सन्डेको आक्रमणको दिनपछि श्रीलंकामा मुसलमानलाई  आतंकवादीको हिसाबले हेर्न थालिएको छ,’’ एमएचएम अकबरले भने । 

गएको अप्रिल महिनामा भएको सो हमलामा २५० जना मानिसको मृत्यु भएको थियो । यसको जिम्बेवार एक कट्टरपन्थी मुश्लिम समूहलाई मानिएको छ । विश्वभरीका मुसलमान रमजानको महिनामा उपवास राख्छन् र प्रार्थना गर्छन् । तर, श्रीलंकामा मसुलमानको एउटा सानो समूहले आफूलाई हिंस्रक समूहबाट अलग गर्नका लागि एउटा मश्जिद भत्काएको हो । सो मश्जिदका मुख्य ट्रस्टी अकबर खान मदतुंग हुन् ।उनले बीबीसीलाई बताए अनुसार अल्लाहमा विश्वास राख्ने मान्छेले नै यस्तो कदम उठाए । अकबर भन्छन्,‘‘गएको अप्रिल महिनाको आक्रमणपछि प्रहरी मश्जिदमा नियमित रुपमा आउन थाल्यो । यो देखेर मानिसहरु डराएका थिए । यो हमलापछि हामी र अर्को समुदायबीचको विश्वासको वातावरण  कम भएको  छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

यो मश्जिदको उपयोग प्रतिबिन्धित कट्टरपन्थी संगठन तौहीद जमातका सदस्यले गर्ने गरेका थिए । सोही समूहले नै गएको अप्रिल महिनामा श्रीलंकामा आक्रमण गरेको ठानिएको छ ।  इस्टरमा आक्रमणपछि श्रीलंका सरकारले तौहीद जमातलाई लक्षित गरेर कारवाही गर्न थालेको छ । यो संगठनको तर्फबाट पूर्वी शहर कट्टनकुडीमा एक मश्जिद चलाउने काम भइरहेको थियो जसलाई अहिले सिल गरिएको छ । 

सो मश्जिद अति रुढीबादी समूहद्वारा सञ्चालन गरिएको थियो । तर उसको  यो हमलामा कुनै सम्बन्ध थिएन । यो कदमबारेमा जानकारी पाउनासाथै चरमपन्थीबाट छुट्कारा पाउनका लागि मश्जिद भत्काउने काम गरिएको हो ।  अकबरका अनुसार उनीहरुको इलाकामा पहिले नै एक मश्जिद रहेको थियो । जसमा मानिसहरु नमाज पढ्थे । केही वर्ष अघि मानिसहरुले सो मश्जिद बनाएका हुन् ।

Global Ime bank

गएको मे महिनामा पुरानो मश्जिदको एक सदस्यले एक बैठक बोलाएका थिए । 

जसमा विवादको जडको रुपमा रहेको सो मश्जिदलाई भत्काउने निर्णय भयो । स्थानीयले हातमा हथौडा लिएर त्यसलाई भत्काएका थिए । लगभग ७० प्रतिशत श्रीलकाका मानिस बौद्ध धर्म मान्छन् । उनीहरु सिंहली भाषा बोल्ने गर्दछन् । १२ प्रतिशत हिन्दु रहेका छन् । १० प्रतिशत मुसलमान र ७ प्रतिशत इसाइ रहेका छन् । अहिले श्रीलंकामा २५९६ मश्जिद दर्ता गरिएका छन्  । अन्य केही मश्जिद दर्ता नगरीपनि चलिरहेको र त्यसमा के भइरहेको छ भन्ने बारेमा नखुलेको बताइएको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC