समाचार उद्योगबाट मात्रै गुगललाई ४ अर्ब ७० करोड डलर आम्दानी

समाचार उद्योगबाट मात्रै गुगललाई ४ अर्ब ७० करोड डलर आम्दानी

न्यूयोर्क । एउटा पछिल्लो अध्ययनले अमेरिकाका सबैजसो मिडिया कम्पनीले वर्षभरीमा डिजिटल विज्ञापनबाट कमाएको कूल रकमकै हाराहारीमा प्रविधि सम्बन्धी बहुराष्ट्रिय अमेरिकी कम्पनी गुगल एक्लैले समाचार उद्योगका कारण सन् २०१८ मा रकम कमाएको देखिएको छ । 

गुगल न्यूज र सर्चको माध्यमबाट उसले ४ अर्ब ७० करोड डलर बराबरको रकम कमाएको न्यूज मिडिया एलायन्सले सोमबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा जनाइएको छ । एलायन्सका प्रमुख कार्यकारी अधिकृत डेभिड चाभेर्नका अनुसार सो प्रतिवेदनमा देशभित्रका न्यूयोर्क टाइम्स समेतका दुईहजार समाचारपत्रहरुसँगको  तुलनात्मक अध्ययन गरिएको छ । 

यो प्रक्रियाबाट गुगलले रकम कमाइरहेको र समाचार प्रकाशकलाई बढी भन्दा बढी उपलब्धी हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । अमेरिकाको समग्र समाचार उद्योगले गतवर्ष डिजिटल विज्ञापनबाट ल्याएको पाँचअर्ब १० करोड  डलर हो । त्यसमा गुगल एक्लैले त्यसको नजिकको रकम कमाएको छ । बिग टेक कम्पनी गुगल र मिडियाको सम्बन्धका बारेमा अमेरिकी संसदीय समिति मातहतको एक उपसमितिमा मंगलबार  छलफल हुन  गइरहेको बेलामा एलाइन्सले प्रतिवेदन सार्वजनिक गरेको हो । 

फिलाडेल्फिया मिडिया नेटवर्क जस अन्तर्गत डेली न्यूज , फिली डट कम  र फिलाडेल्फिया इन्क्वायर पनि रहेका छन् सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत  टेरेन्स सीजेड इगर भन्छन्, ‘‘अध्ययनले हामीले प्रष्ट ढंगले जानीराअ‍ेको र दुखदायी ढंगले बुझेको कुरालाई नै देखाएको छ ।’’ एलायन्सको अध्ययनका अनुसार गुगलको व्यापारको महत्वपूर्ण स्रोत नै समाचार हो । झण्डै ४० प्रतिशत क्लिक समाचारकै बारेमा हुने गरेको छ । तर, रिपोर्टमा जनाइएअनुसार र गुगलले सामग्रीको प्रयोग गरेपनि उसले पे भने गरिरहेको छैन । 

(न्यूयोर्क टाइम्स)
 

प्रतिकृया दिनुहोस
ad