site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस जागरण अभियान: केन्द्रीय प्रतिनिधिले जे देखे
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले एकमहिने जागरण अभियान शनिबार समापन गरेको छ । जिल्ला–जिल्ला पुगेका कांग्रेस प्रतिनिधिले त्यहाँ के देखे ? हामीले केही प्रतिनिधिलाई सोधेका छौं । 

नविन्द्रराज जोशी, केन्द्रीय प्रतिनिधि (तनहुँ)

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो कुरा कांग्रेसले आफूलाई तम्तयारीमा राख्नुपर्‍यो । जनता अहिलेको सरकारबाट आत्तिएका छन् । सबै सिस्टम नै खतम हुन्छ, भ्रष्टाचार छ, सरकारले खाली गफ दिइरहेको छ भन्ने कुरा जनताले थाहा पाइसकेका छन् । 

त्यसका लागि कांग्रेस सशक्त हुनुपर्‍यो । आफूलाई सशक्त बनाउनुपर्‍यो । मुहानदेखि नै सफा हुनुपर्‍यो । ट्रेनिङ दिनुपर्‍यो । युवालाई आकर्षित गर्नुपर्‍यो । कांग्रेसले आफूलाई भोलिका दिन नेतृत्व लिनका लागि सम्पूर्ण रुपमा तयार हुनुपर्‍यो भन्ने नै मूल आशय पाएँ ।

Global Ime bank

सशक्त प्रतिपक्ष हुनुपर्ने हो, भएको आभाष भएन भन्ने कुरा आएको छ । कांग्रेसले मुद्दा उठाउन सकेन, शान्ति सुरक्षा छैन, महँगी बढेको छ । बलात्कारीलाई कारबाही गर्न सकेन सरकारले भन्ने पनि गुनासाहरु छन् ।  
विधि विधानबाट पार्टी चल्नुपर्‍यो, भ्रातृ संस्था छैन, सबैलाई समेटेर उचित भूमिका दिनुपर्‍यो । भ्रातृ संस्था निर्माण गर्दा युवालाई आकर्षित गर्नुपर्‍यो भनेर सुझाव दिएका छन् कार्यकर्ताले ।  

प्रदेश संरचना छैन, वडा गाउँ जोडिएका छन्, संरचना छैनन् । रिक्त संरचनाहरु तत्काल निर्माण गर्नुपर्‍यो । अधिवेशनको सुरसार कस्नुपर्‍यो । व्यक्तिको लागि कांग्रेस होइन, कांग्रेस पार्टीका लागि कांग्रेस हुनुपर्‍यो, त्यो दृष्टिकोण केन्द्रीय नेतृत्वमा हुनुपर्‍यो । नेताहरुसँग नजोडिएर कांग्रेसमा कांग्रेस भएर बाँच्न नसकिने अवस्थाको अन्त्य गर्नुपर्‍यो । पार्टीप्रति प्रतिवद्ध नेता–कार्यकर्ताको मूल्यांकन हुनुपर्‍यो भन्ने कुरा पनि आएको छ । 

प्रदिप पौडेल 
केन्द्रीय प्रतिनिधि, धादिङ

सरकारप्रति जनताका जति अपेक्षाहरु थिए, ती नभएकाले निराश छन् । यो सरकार पनि पुरानै तरिकाले अगाडि बढ्यो । चुनावी घोषणा पत्रअनुसार काम गर्न सकेन, यसका नेताहरुले आप्mनै अभिव्यक्ति मुताविक काम गर्न सकेनन् । यो काण्डैकाण्ड र प्रकरणै प्रकरणले भरिएको सरकार भयो । त्यसैले अब नयाँ गति आउँछ । नयाँ समृद्धिका आधारहरु निर्माण हुन्छन् भन्ने जुन खालको अपेक्षा थियो त्यो पूरा हुन सकेन । 

अझ संघीय संरचनामा देश गइसकेपछि विकास प्रक्रिया नयाँ ढंगले अगाडि बढ्छ, जनताले सुशासन प्राप्त गर्छन् । प्रशासन जनमैत्री हुन्छ भ्रष्टाचार, कमिशनको खेलमा लाग्नेहरु निरुत्साहित हुन्छन् भन्ने आममानसिकता थियो, त्यो हुन सकेको देखिएन । 

त्यसकारण पनि जनताहरु यो सत्तासँग रुष्ट नै देखिन्छन् । तर, जनताको अपेक्षा के हो भने विकल्प के त ? वैकल्पिक शक्तिका रुपमा रहेको नेकाले यो कुरालाई सशक्त ढंगले उठाउन सकेन । संसदमा कुरा उठाउँछ, परिणाममा पुर्याउन सक्दैन भन्ने गुनासो पनि कांग्रेसप्रति देखियो । 

हामीले जनजागरण त भन्यौ, जागरण त भयो तर जनताको जागरण हुन सकेन । त्यस कारण हाम्रा सभा समारोहमा पनि कांग्रेसकै मान्छेहरु उपस्थित भएको अवस्था भयो, आम जनतालाई हामीले बोलाउन सकेनौं । यसले पनि कांग्रेसप्रति जनताको अपेक्षा पुरानो होइन नयाँ तरिकाबाट आउँछ भन्ने अनुमानअनुसार नभएका कारणले कांग्रेसतर्फ जनताको आकर्षण पनि देखिँदैन । 

बहादुरसिंह थापा 
केन्द्रीय प्रतिनिधि, अछाम

जागरण अभियानको निर्धारित कार्यक्रम अनुसार जनताका माझ जाने, कार्यकर्ताका माझ जाने काम गर्‍यौं । सरकारले गरेका गतिविधिका बारेमा जनता, कार्यकर्तामा कस्तो धारणा छ भनेर बुझ्ने काम भयो । 
जनता सरकारप्रति ज्यादै धेरै रुष्ट छन् । सन्तुष्ट छैनन् । जुन ढंगको अपेक्षा जनताले गरेका थिए त्यो पाउन सकेका छैनन् । जनताले विकास निर्माणको हकमा, समृद्धिको हकमा र संविधान कार्यान्वयनका हकमा जुन कुरा हुनुपर्ने हो, त्यो नभएको गुनासो जनताको छ । 

सरकारले राष्ट्रप्रति, जनताप्रति, संविधानप्रति जुन कर्तव्य निर्वाह गर्नुपर्ने हो, त्यो कर्तव्य निर्वाह गरेको आभाष जनताले गर्न सकेका छैनन् । जनताका सरकारप्रति गुनासा नै गुनासा पाइएको छ अभियानका क्रममा । 
मुलुकलाई समृद्धिको दिशातर्फ लैजाने, मुलुकमा कानुनी शासन स्थापना गर्ने, संविधान कार्यान्वयन गर्ने काम यो सरकारले गर्न सक्दैन । अब कांग्रेसले अगाडि बढ्नुपर्छ, कांग्रेसले यी कुराहरु हेर्नैपर्‍यो । संविधान नै मानेर मुलुकमा जुन अधिनायकवाद लाद्न खोज्दैछन् त्यसबाट मुलुकको रक्षा कांग्रेसले गर्नुपर्‍यो, कांग्रेस अगाडि बढ्नुपर्‍यो, हामी कांग्रेसलाई साथ दिन तयार छौं भन्ने मनसाय जनताको छ ।
कार्यकर्ताहरुले पार्टीभित्रको गुटबन्दी समाप्त गर्नुपर्ने सुझाव दिएका छन् । केन्द्र एक हुनुस्, हामी वडा स्तरमा पनि एक हुन्छौं । कुनै व्यक्ति विशेषको कार्यकर्ता होइन कि समग्रमा कांग्रेसको कार्यकर्ता हुने गरी कांग्रेस पार्टी एक भएर जानुपर्छ भन्ने भावना हामीले पाएका छौं । 

महालक्ष्मी उपाध्याय ‘डिना’
केन्द्रीय प्रतिनिधि, सर्लाही 

गुटबन्दी अन्य गर्नुपर्ने सुझाव नै मुख्य गरी पाएँ । सरकारप्रतिको निराशा त्यस्तै छ । चुनाव अगाडि गरेका बाचा सरकार गठन भएको झण्डै डेढ वर्ष पुग्नै लाग्दा पनि केही गर्न नसकेको गुनासो छ । 
सर्लाहीमा सिँचाइको व्यवस्था नभएकाले खेतीयोग्य जमिन पनि बाँझै राख्नुपर्ने बाध्यता रहेको जनगुनासो पाएँ । सरकारले उखु किसानमाथि अन्याय गरेको छ भन्ने पनि छ । 

सर्लाहीका कांग्रेस समर्थकलाई नेकपा र राजपाका जनप्रतिनिधिहरुले हेपेको पनि पाइयो । उनीहरुले सर्वसाधारणहरु कुनै सिफारिस आदिका लागि स्थानीय सरकार समक्ष जाँदा भोट कता हालेको हो भन्ने सोध्ने, कांग्रेस समर्थक हो भन्ने थाहा पाएपछि काम नगरिदिने, कांग्रेसको बस्ती भएको ठाउँमा विकास बजेट नछुट्टयाउने, भेदभाव गर्ने गरेको गुनासो पनि आएको छ ।  

गुरुराज घिमिरे 
केन्द्रीय प्रतिनिधि, कञ्चनपुर

नेतृत्वको कार्यशैली परिवर्तन गर्नुपर्छ, गुटबन्दीको स्रोत नै केन्द्र हो तल कुनै गुटबन्दी छैन, केन्द्रकै गुटबन्दीको विस्तारित रुप तल कार्यकर्तामा देखिएको मात्रै हो । त्यसकै प्रभाव मात्रै हो, त्यसैले माथि नै सुध्रिनुपर्छ भन्ने कार्यकर्ताहरुको सुझाव छ । नेताहरु एक हुनुपर्छ भन्ने कुरामा कसैको विमित छैन । जसले जसरी भने पनि जुनसुकै गुटको जुनसुकै खेमाको व्यक्ति भए पनि तल यही कुरा गरिरहेको छ । 
सदनको भूमिका अझै प्रभावकारी हुनुपर्‍यो, सडकमा पनि भूमिका प्रभावकारी बनाउनुपर्‍यो भन्ने सुझाव दिएका छन् । सरकारले गरेका कामकारवाहीमा पनि आवाज बुलन्द रुपमा उठाउनुपर्‍यो भन्ने छ । भ्रष्टाचारको मुद्दामा, हत्या, हिंसा, बलात्कारका मुद्दामा पार्टीको आवाज मधुरो किन भन्ने पनि छ । भूमिका सशक्त बनाउनुपर्‍यो, यो हाम्रो मात्रै कुरा होइन, जनताको पनि विषय हो भनेका छन् । 

सरकारप्रति जनता पटक्कै सनतुष्ट छैनन् । सरकारका कामकारवाहीप्रति जनता रुष्ट भइराखेका छन् । दैनिक जनवीवनमा सहजता सरकारले कुनै पनि दिन नसकेको, विकास निर्माण, समृद्धिको यात्राभन्दा पनि सरकार भ्रष्टाचारमा लागेको छ । राज्य संयन्त्रलाई सरकार आफू अनुकूल बनाउने दिशामा छ, सम्पूर्ण रुपले नेकपाको शक्ति कसरी बढाउने भन्नेतिर सरकार लागेको छ । नेकपालाई समर्थन गर्ने समूह कसरी तयार पार्न सकिन्छ भन्नेमा मात्रै सरकार चिन्तित देखिएको छ । देश, जनताको हित र अग्रगतिको दिशाका बारेमा कुनै चिन्ता सरकारलाई नभएको आमनागरिकको गुनासो छ । 
 
मीन विश्वकर्मा 
प्रतिनिधिसभा सदस्य

पार्टीको राष्ट्रिय जागरण अभियानलाई मैले संसदमै जागरण गरेँ । हामी सांसदहरुलाई पार्टीले बाहिर जिल्लाहरुमा खटाएको थिएन । कांग्रेसले तीन तहको जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यो पहिलो चरण हो, पहिलो चरणमा परिमार्जित विधान, महासमितिको निर्णय, पार्टीका विभिन्न तहका जिम्मेवार नेताहरुले पालना गर्नुपर्ने आचारसंहिता जस्ता कुराहरुलाई जनता समक्ष ‘सेन्सिटाइज’ गर्ने हो । यसमा हामी सफल भएका छौं ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC