site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मानिसले जस्तै सोच्ने कम्प्युटर, चिप्समा दिमाग
Ghorahi CementGhorahi Cement

काठमाडौं । आगामी केही वर्षमा कम्प्युटरले काम गर्ने शैली पूर्णरुपमा बदलिन सक्छ । यस्तो परिवर्तनको सबैभन्दा महत्वपूर्ण र अहम् बिन्दु कुन हो भने, अब कम्प्युटरले मान्छेको दिमागले जसरी नै काम गर्न थाल्नेछ । बेलायतको एक कम्पनी ग्राफकोरका चिफ टेक्नोलोजी अफिसर साइमन नोवेल्स आगामी दिनमा ‘मेसिन लर्निङ’लाई परिवर्तन गर्न सक्ने स्वरुपको खाका तयार गर्दैछन् । उनले मानव मस्तिष्कको त्यो हिस्सा जसले गहिराइबाट हरेक कुराको विश्लेषण गर्न सक्छ, त्यसमाथि आफूलाई केन्द्रित गरेका छन् । 

नोवेल्सको यो स्टार्टअप मानिसको दिमागी न्युरोन्सको कार्यप्रणालीको अध्ययन गरिरहेको छ, यसले कम्प्युटर प्रोसेसर्सको आउने पिँढीमा यसको असरको व्यवस्था गर्न सक्नेछ । कम्पनीको ध्यान केमा अडिएको छ भने, यसबाट कम्प्युटरलाई मानिसले जस्तैगरी सोच्न लायक बनाउन सकिन्छ । 

Agni Group

आर्टिफिसियल इन्ेटलिजेन्सलाई प्रायः यस्तै जटिल सफ्टवेयर मानिन्छ, जसले विशाल डाटालाई विश्लेषण गर्न सक्छ । तर ब्रिटिस स्टार्टअपका सहसंस्थापक तथा सीईओ (प्रमुख कार्यकारी) नाइजेल टुन भन्छन्, ‘‘सफ्टवेयर चलाउन कम्प्युटरमा अहिले पनि थुप्रै समस्या छन् ।’’ टुनको मतमा नोवेल्स पनि सहमत छन् । टुनका अनुसार समस्या चिप्समा छ, यसलाई कार्यप्रणालीको आधारमा सेन्ट्रल प्रोसेसिङ युनिट वा ग्राफिक्स प्रोसेसिङ युनिट भनिन्छ । चिप्सको डिजाइन गर्दा यसलाई मानिसले जसरी सोच्ने र बुझ्ने ढङ्गमा गरिएको छैन । 

कोही चिनेको मानिसलाई देख्नासाथ मानवमस्तिष्कले सरल पार्दै काम गरिहाल्छ, तर कम्प्युटरले ‘हेलो’ भन्नुभन्दा पहिला त्यो मानिसको अनुहारको हरेक पिक्सलको विश्लेषण गर्न थाल्छ । अर्बौं तस्बिरहरुको डाटाबेससँग त्यसको तुलना गर्न थाल्छ । यस्तो गणनाको तुक त्यतिखेर हुन्थ्यो, जतिखेर कम्प्युटर मुख्य रुपमा क्यालकुलेटर हुन्थ्यो । तर आर्टिफिसियल इन्ेटलिजेन्सको मामिलामा यस्तो गणना बेतुक हुन्छ र सम्बन्धित डाटा प्रोसेसिङमा अधिक ऊर्जा खपत हुन जान्छ । 

Global Ime bank

नोवेल्स र उनीसाग अधिक सहकार्य गर्दै आएका टुनले २०१६ मा ग्राफकोर स्थापना गरेका थिए । त्यसबखत उनीहरुले चिप्समा यस्तोखाले कम्प्युटिङको जालो कम राखेका थिए । यसलाई इन्टेलिजेन्स प्रोसेसिङ युनिट (आईपीयु) भनिन्छ । नोवेल्स भन्छन्, ‘‘दिमागमा कन्सेप्ट अस्पष्टजस्तै हुन्छ । एकदम सटिक ढङ्गमा डाटा प्वाइन्ट्स मिलाउन सक्दा तपाईं स्पष्ट विचार बनाउन सक्नुहुन्छ ।’’

मानव प्रतिभाको बारेमा थुप्रै सिद्धान्त छन् । तर मेसिन लर्निङ सिस्टम्सलाई निकै नै सूचनाहरु प्रोसेसिङ गर्नुपर्ने हुन्छ । यद्यपि, नोडले जस्तै डाटा प्वाइन्ट्सलाई जोड्ने (कनेक्ट) विशेषज्ञतामा आर्टिफिसियल इन्टेलिजेन्सको विकास अहम् हुन सक्छ । वास्तवमै ग्राफकोरले कम्प्युटरका लागि दिमागको ‘डेभलप’ गरिरहेको छ । संस्थाका सहसंस्थापक टुनका अनुसार कम्प्युटरमा दिमागी सूचनाहरुको प्रोसेसिङले धेरै हदसम्म मानिसले जसरी नै काम गर्न सक्छ । 

उनी भन्छन्, ‘‘दशकाैंदेखि हामी मेसिनलाई हरेक पाइलामा उसले के गर्नुपर्छ भनेर बताउँदै आएका छौं । तर अब हामी यस्तो गर्ने छैनौं । यो त १९७०को दशकभन्दा पछि फर्कने काम हो । हामी इन्टेललाई रिइन्भेन्ट (पुनःआविष्कार) गर्दैछौं ।’’ कम्प्युटर चिप्सको इतिहासमा यस्तो नवीन डिजाइनको सोच १९७० मा सीपीयु, १९९० मा जीपीयु र अब ग्राफकोरको कदम तेस्रो भएको बताइन्छ ।  
नवभारत टाइम्स
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  ०५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC