विदेश
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो दुई पक्षीय विदेश भ्रमणका लागि भोलि माल्दिभ्स जाने भएका छन् । त्यसपछि उनले जुन ९ तारेखमा श्रीलंकाको भ्रमण गर्ने भारतका विदेशसचिव विजय गोखलेले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
त्यसैगरी विदेशमन्त्री एस जयशंकरले दुई पक्षीय भ्रमणका लागि आजबाट भुटानको भ्रमण गर्ने भएका छन् । उनको भुटान भ्रमण दुई दिनको हुने जनाइएको छ । विदेशमन्त्रीको भ्रमणको बारेमा हिजै विदेश प्रवक्ता रवीसकुमारले पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । (एजेन्सी)
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६ ०९:०५
प्रतिक्रिया दिनुहोस्