site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
२४ वर्षपछि गण्डकी प्रदेशवासी ८२ वर्षसम्म बाँच्‍नेछन् !
Sarbottam CementSarbottam Cement

पोखरा । अबको २४ वर्षपछि अर्थात विसं २१०० मा गण्डकी प्रदेशवासीको आयु ८२ वर्षको हुने भएको छ । सरदर प्रदेशवासीहरुको आयुको यो औसत लक्ष्यलाई गण्डकी प्रदेश सरकारले दीर्घकालीन लक्ष्य निर्धारण गरेको छ ।

‘समृद्ध प्रदेश र सुखी नागरिक’ निर्माण गर्न गण्डकी सरकारले आधारपत्र निकालेको छ । सोही पत्रमा सरकारले चालु आर्थिक वर्ष २०७६-०७७ लाई अल्पकालीन, २०७६-०७७ देखि २०८७-०८८ लाई मध्यमकालीन वर्षको रुपमा मानेर दीर्घकालीन लक्ष्यहरु निर्धारण गरेको हो ।

विभिन्न सूचकलाई विभिन्न इकाईमा मापन गरी सरकारले ५, १० र २० वर्षे लक्ष्यका रुपमा अघि सारेको छ । अपेक्षित आयु पनि एउटा सूचक हो । यो सूचकका आधारमा प्रदेशवासीको हालको औसत आयु ७१ वर्ष ७ महिनामात्र छ । जुन राष्ट्रिय औसत आयु ६९ वर्ष ७ महिनाभन्दा दुई वर्ष बढी हो । 

Prabhu Bank
Agni Group
NIC Asia

आगामी पाँच वर्षमा प्रदेशवासीको औसत आयु ७७ वर्ष, १० वर्षमा ८० र विसं २१०० मा ८२ वर्ष पुर्‍याउने लक्ष्य लिइएको छ । राष्ट्रिय लक्ष्य भने ८० वर्ष मात्रै छ । यस्तै सोही अवधिमा आर्थिक वृद्धिदर ७.१२ प्रतिशतबाट ११ प्रतिशतसम्म बढाउने, हाल करिब १५ प्रतिशतको अवस्थामा रहेको निरपेक्ष र बहुआयामिक गरिबीलाई शून्यमा झार्ने, आर्थिक असन्तुलन (गिनी कोफिसेन्ट) लाई ०.३७ बाट ०.२ मा ल्याउने, साक्षरता दर ९९.५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । हाल प्रदेशको साक्षरता दर ९५ प्रतिशत छ ।

प्रदेशको रोजगारीमा चालु आर्थिक वर्षलाई आधार मान्दा औपचारिक क्षेत्रको हिस्सा जम्मा ३९.९ प्रतिशत मात्र छ । यसलाई बढाएर विसं २१०० मा ७५ प्रतिशत पुर्‍याउने लक्ष्य पनि लिइएको छ । चार प्रतिशत बेरोजगारीलाई एक प्रतिशतमा झार्ने, आधारभूत खानेपानी र विद्युत शतप्रतिशत पुर्‍याउने लक्ष्य पनि २१ वटा सूचकभित्रै परेका छन् । खानेपानी र विद्युत सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा समेत राखिएको छ ।

Global Ime bank

यसबाहेक सडकको हकमा राष्ट्रिय-प्रादेशिक लोकमार्ग १२ हजार ९ सय ३७ किलोमिटरसम्म विस्तार गरिने उद्देश्य सरकारले दीर्घकालीन लक्ष्यमा राखेको छ । हरेक निर्वाचन क्षेत्रमा कालोपत्रे सडकदेखि विभिन्न रणनीतिक सडक, करिडोरहरु सरकारको प्राथमिकतामा छन् ।

जलविद्युत उत्पादन ४ सय ४८ मेगावाटबाट बढाएर ९ हजार मेगावाट पुर्‍याउने तथा प्रतिव्यक्ति विद्युत उपभोग पनि ७ सय ५० किलोवाटबाट ३ हजार ८ सय किलोवाट सम्म पुर्‍याउने लक्ष्य सरकारले लिएको छ । मानव विकास सूचकांक, सामाजिक सुरक्षा, पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता शतप्रतिशत तथा कम तौल भएका बालबालिकाको संख्या एक प्रतिशतमा झार्ने लक्ष्य आधारपत्रमा उल्लेख गरिएको छ ।

सरकारले लिएका यी सूचकहरु पूरा गर्न सरकारले पहिलो पाँच वर्षमा स्थिर पूँजी १० खर्ब १२ अर्ब २४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ । लगानीको प्राथमिकतामा भने निजी क्षेत्र पहिलो तथा सहकारी, सार्वजनिक र सामुदायिक क्षेत्रलाई लगानीमा संलग्न गराउने उल्लेख गरिएको छ ।

आधारपत्रमा उल्लेख छ, “कूल स्थिर पूँजी लगानीमध्ये सार्वजनिक क्षेत्रबाट ३ खर्ब ६० खर्ब ८३ करोड रुपैयाँ, निजी क्षेत्रबाट ५ खर्ब ८७ अर्ब ९२ करोड, सहकारीबाट ४४ अर्ब ८ करोड तथा सामुदायिक क्षेत्रबाट १९ खर्ब ४१ करोड लगानी हुने अनुमान छ ।”

सरकारले समृद्धिका माध्यमको रुपमा पर्यटन, कृषि, ऊर्जा, उद्योग, पूर्वाधार र मानव संसाधनलाई लिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले पनि माथिकै सूचकलाई प्राथमिकतामा राखेको छ । “पर्यटन, कृषि, ऊर्जा, उद्योग, पूर्वाधार र मानव संसाधन विकासको माध्यमबाट समतामूलक तथा फराकिलो उच्च आर्थिक वृद्धि हासिल गरी समृद्ध प्रदेशको आधारशीला निर्माण गर्नु” लक्ष्य प्राप्तिको उद्देश्यमा भनिएको छ ।

समृद्धिका यीनै संवाहकबाट लक्ष्यहरु हासिल गर्नुपर्ने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा पौडेलको भनाई छ । प्रदेशको नीति तथा योजना आयोगले प्रतिव्यक्ति आम्दानी बढाउनको लागि उत्पादन बढाउने कार्यक्रमहरुमा लगानी गर्न सुझाव दिएको छ । शर्माले भने, “उत्पादन बढाउने कार्यक्रमलाई नै प्राथमिकता दिने हो ।“

कृषि, औद्योगिक क्षेत्रहरु पहिचान गर्ने र निजी क्षेत्रलाई त्यसमा लगानी गर्ने र लगानीको वातावरण सरकारले मिलाइदिनुपर्ने उनको भनाई छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC