site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आगामी बजेटमा सबैलाई खुसी बनाउँला !
Sarbottam CementSarbottam Cement

मैले बजेटका सकारात्मक पक्षमा भएका टिप्पणी, सुझाव तथा आलोचना नोट गरेको छु । राम्रा सुझाव कार्यान्वयनमा लानेछु र आलोचनालाई अझ क्रियाशील भएर लाग्ने उत्प्रेरणाको स्रोत मानेको छु ।

बजेट कार्यान्वयनमा सरकार अल्मलिने कुनै अवस्था छैन । हामीले बजेटमार्फत् समाजवादमा जाने अल्पकालिन खुड्किलामा अवलम्बन गरेको छौं । छरपस्ट भएको र अलमलिएको भन्नु आलोचनाका लागि आलोचना मात्र हो । तर, केही स्वीकार्नुपर्ने आलोचना पनि छन्, ती मननीय छन् ।

बजेटको प्राथमिकताबारे माननीयहरुबाट आफ्नो दखल अनुसार फरक हुनुपर्ने सोच आएको छ । यो स्वभाविक हो, तर राज्यको प्राथमिकतामा बजेट अडेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संघीयताको सन्दर्भमा वित्तीय संघीयता कार्यान्वयनका विषयमा प्रदेश र स्थानीय तहलाई चलायमान बनाउने कानुन बनिसकेका छैनन्, केही कानुन भर्खर संसदमा पेश हुँदैछन् । साझा अधिकारका कानुन संसद प्रवेश गर्दै छ । दुविधामा पर्ने क्षेत्रको कानुन निर्माण भइरेहको छ । बजेट पर्फेक्ट (पूर्ण) नभएपनि पर्फेक्टको नजिक पुग्नेगरी बनाएको छु ।

हामी प्रदेश र स्थानीय तहमा पुगेको बजेटको अनुपात हेरेर वित्तीय संघीयता जोडेका छौं । केही भार संघले मात्र बेहोर्ने गरेको छ । वैदेशिक ऋण, कर्मचारीको दायित्व, पुनर्निर्माण, राष्ट्रिय गौरवको आयोजनाको दायित्व संघलाई छ । स्रोत सुनिश्चितको भार लिएको ८ खर्बको दायित्व संघले लिएर बसेको छ । बहुवर्षिय ठेक्कामा गएका विगतका आयोजनाको दायित्व पनि ४ खर्ब छ ।

Global Ime bank

तर, संघसँग विनियोजन गर्नसक्ने क्षमता १२ खर्बमात्र छ । जसमा ८ खर्ब अनिवार्य दायित्व छ । तल्ला तहलाई दिइने रकम कम भयो भन्ने टिप्पणी भइरहँदा अब संघले त्यो दायित्व पनि बाँड्नुपर्ने देखिन्छ । नत्र, स्रोत पनि प्रदेश र स्थानीय तहले आफ्नो आफ्नो हिस्सा अनुसार व्यवस्था गर्नुपर्छ ।

सबै तह राष्ट्रनिर्माणमा लागेका हौं । त्यसैले आफ्नो अंश कति पर्यो भन्नुभन्दा हामीले हाम्रो जिम्मेवारी र दायित्व बाँडफाँट गरेको र भूमिका निभाएको विचार गर्नुपर्छ ।

हामीले गरेका प्रगति अनुकरणीय भएको प्रशंसा विश्वबाट आएको छ । त्यसैले हामीभित्रै आलोचना हुनु राम्रो होइन । आगामी आव वित्तीय संघीयताको भर्खरै दोस्रो वर्षमात्र हो ।

चालू र पुँजीगत खर्चमा ठूलो बहस हुने गरेको छ । जानकारीका लागि पुँजी सिर्जना हुने तथा पूर्वाधार विकास हुने अधिकांश खर्च चालूतर्फ राखिएको हुन्छ । उदाहरणका लागि मल किन्ने, अनुदान दिइने सबै खर्च चालूमा राखिएको हुन्छ । प्राविधिक खर्च पनि चालू नै हुन्छ । पुँजी निर्माण हुने अधिकांश खर्च पनि चालूतर्फ नै राखिन्छ । संस्थाले गर्ने पुँजीगत खर्च चालूतर्फ राखिन्छ । यो विश्वव्यापी रुपमा अपनाइएको प्रणाली हो । प्रदेश र स्थानीय तहमा जाने अनुदान सबै चालूतर्फ नै राखिन्छ । जबकी यो खर्च पुँजीगत हुन्छ ।

त्यसैले म फेरि पनि भन्छु, सबै चालू खर्च साधारण खर्च होइन । ४ खर्ब ८ अर्ब रुपैयाँमात्र विकास खर्च होइन । बजेटमा विकास खर्चको हिसाब गर्दा ७ खर्ब जति हुन आउँछ । यी विकास कार्यक्रममा खर्च नै हुन्छ ।
मानव पुँजी निर्माण खर्च पनि चालूतर्फ राखिएको छ । यहीकारण बजेट अनुत्पादक भनेर टिप्पणी गरिन्छ भने भने हामी अर्को ठाउँमा पुग्दैनौं । अर्कोतर्फ, पुँजीगत खर्च भनेर सवारीसाधन मात्र किनेर हाम्रो उत्पादन कसरी बढ्छ ?

त्यसैले पुँजीगत र चालू दुवै खर्चको समान विश्लेषणा गर्नुपर्छ । जुन खर्च उत्पादक देखिन्छ, हामीले सोही खर्च राम्रो हो भन्नुपर्छ ।

लक्षित वर्गमा बजेट नपुगेको कुरा मिथ्या हो । बजेटमा पछि परेको वर्ग, क्षेत्रलाई सबैभन्दा पहिले औसतमा ल्याउने र माथि उकास्ने कुरा गरेका छौं । दलितको सन्दर्भमा धेरै कार्यक्रम आएको छ । केही माननीयले मुसहरको कुरा उठाउनुभयो । म स्मरण गराउन चाहन्छु– झाँगड, दुसाद, दोङ, चमार, मसहर भन्ने शब्दहरु पहिलोपल्ट २०५१ सालको बजेटमा लेखिएको थियो । त्यस्ता समुदायलाई सम्बोधन गर्ने त्यो बजेट बनाएको लिगेसी बोकेको पार्टीको अर्थमन्त्री हुँ म । मैले बिर्सने कुरै हुँदैन ।

हामीले त्यो वर्ग हेरेर जनता आवास कार्यक्रम, बाल अनुदानन कार्यक्रम ल्याएको हौं । हामीले जे गरिरहेका छौं, त्यो गर्नुपर्छ भन्दिनुभयो भने उत्साह मिल्छ ।

सामाजिक सुरक्षा भत्तामा म बहस गर्न चाहँदैन थिएँ । तर, गर्नुपर्ने भयो । २०५१ सालमा यो व्यवस्था गरिएको हो । सो बेला ५९ वर्ष औसत आयु हुँदा ७५ वर्ष पुगेकालाई भत्ता दिने भनेका थियौं । अहिले हामी औसत आयुको विवाद किन गर्दैछौं ? ०५१ सालमै गरिदिएको भए राम्रो हुन्थ्यो । अहिले औसत आयु बढ्दैछ, भत्ता पाउने उमेर घट्दैछ । यसमा पनि बहस गरौं ।

राज्यले धान्ने सामाजिक सुरक्षा भत्ताको सीमा कति हो भनेर मैले अध्ययन गरेरै निर्क्यौल निकालेको छु । यो बढीमा १५ प्रतिशतसम्म जान सकिने रहेछ । अहिले १० प्रतिशतको हाराहारीमा छ । त्यसैले, राज्यको क्षमता विकास गर्दै लैजाने हो भने हामी आत्तिनु पर्दैन । बजेट अनुशासन त्यसरी पालना गर्दै जाने हो ।

यसो त ज्येष्ठ नागरिक भत्ता नाति नातिनीलाई कापी किन्न, खाजा किन्न, औषधोपचार गर्न पनि प्रयोग हुने रहेछ । राज्यले सोझै गर्न नसकने काम पनि हुँदोरहेछ । त्यो राम्रो भएन र ? लोककल्याणकारी राज्य यही नै त हो ।

सहर केन्द्रित विकास भयो कि भन्ने बहस उठेको छ । अबको केही वर्षमा नेपालको तीन–चौथाई भाग सहर हुनेवाला छ । हिजो सहर नबनेको ठाउँ पनि सहर मानिएका छन् । अबको चुनौति व्यवस्थित सहर हो । तर, गाउँ पनि छ है भनेर बजेटमा ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने अवधारणा पनि ल्याएकै छौं ।

कोही खुसी छैनन् भन्ने प्रसंग आयो । मलाई पनि लाग्यो – कोही कोही चाहीँ (आलोचना नै लागि आलोचना गर्नेतर्फ इंगित गर्दै) खुसी छैनन् । आगामी बजेटमा उहाँलाई पनि खुसी बनाउँला ।

केही कुरामा ध्यानाकर्षण भएको छ । पुँजीगत खर्च गर्न नसक्नु इतिहास भइसकेको छ । चालू आवमा पनि ८६ प्रतिशत हुने अनुमान छ । सोचेको खर्च नहुन सक्छ । तर, सतप्रतिशत पुँजीगत खर्च हुन्छ भनेर मलाई कसैले भन्ने भने पनि म पत्याउँदिनँ । अनुमान अनुसार सतप्रतिशत हुँदैन । कतै स्थानीय, कतै निर्माण व्यवसायीको अवरोध हुन्छ भने कहिले निर्माण सामग्री पाइँदैन । कहिले दाताको सर्त पूरा गर्न सक्दैनौंz। यो आलोचनाको विषय आज छ, अझै केही वर्ष रहन्छ । ९० प्रतिशतभन्दा माथि पुँजीगत खर्च गर्न सकियो भने त्यो पूर्ण उपलब्धि हो ।

आर्थिक वर्षको अन्त्यमा मात्र पुँजीगत खर्च किन गर्छौं भन्ने पनि आलोच्य छ । त्यो म अहिले पनि स्वीकार्छु । काम मंसिर, पुस र माघमा भएपनि भुक्तानी भने जेठ, असारमा हुने भएकाले हाम्रो कतिपय काम असार विकासझैं देखिएका छन् । त्यसमा थप विश्लेषण गर्न जरुरी छ ।

विद्युत् वितरणका काठेपोल फलामका पोलले विस्थापित गर्नुपर्ने काम कार्यक्रममा राखेका छौं । एकै वर्षमा नसकिए पनि केही वर्षमा सकिन्छ । केही हवाई मैदान, व्यापारिक नाका छुटेका हुन् कि भन्ने कुरा आएको छ । तर, जुन आयोजना निर्माणाधिन छन्, बजेट वक्तव्यमा नपरेपनि ती आयोजनाका लागि बजेट परेका छन् ।

आर्थिक वृद्धि, मुद्रास्फीति र वैदेशिक ऋणको बारेमा केही प्रकाश पार्न चाहन्छु ।

साढे ८ प्रतिशत आर्थिक वृद्धि हामीलाई अलि अपाच्य भयो कि ! किनकी आजसम्म त्यो हासिल गरेका छैनौं । तर, हामीले जुन आधार सिर्जना गरेका छौं । मैले औद्योगिक आधार भनेको हैन, भौतिक पूर्वाधार र वित्तीय संघीयताको आधारको कुरा गरेको हुँ । यी आधार ठूलो आर्थिक वृद्धिको जग हो । सबै तहको बजेट जोड्दा साढे १७ खर्बभन्दा माथि हुन्छ । यो सार्वजनिक खर्चको माध्यमबाट हुने आर्थिक वृद्धि उल्लेख्य हुन्छ । तर, हाम्रो तीनै तहमा अनुमान अनुसारको खर्च गर्ने क्षमता छैन । यो आलोच्य छ मैले स्वीकारिसकें ।

८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दा मेसिनले मात्र काम गर्दैन । सामान्य रुपमा आर्थिक वृद्धिदरको आधार रोजगारी सिर्जना हुन्छ । र प्रधानमन्त्री रोजगार कार्यक्रमले पनि १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । तसर्थ, मेरो बुझाइमा ५ लाख रोजगारी त पक्कै सिर्जना हुन्छ ।

चालू आवमै मूल्यवृद्धि सोचेको भन्दा निकै तल रहन सकेको छ । त्यसैले आगामी आव पनि केही समस्या आउला कि सोचेर ६ प्रतिशत आँकलन गरिएको हो ।

नेपालका अर्थतन्त्रलाई नजिकबाट हेरेका अन्तरराष्ट्रिय संस्थाहरुले हामीले प्रक्ष्येपण गरेभन्दा कम मुद्रास्फीति दर प्रक्षेपण गरेका थिए । हामी जुन किसिमको स्रोत साधानको उपयोग गर्छौं, त्यसको व्यवस्थापन गर्दा मूल्यवृद्धिदर सीमाभित्र राख्न सक्छौं ।

व्यापार घाटा आर्थिक वृद्धिदरसँग पनि जोडिएको छ । लगानी बढाएर आर्थिक वृद्धि गर्न नसक्ने अवस्थामा औद्योगिक तथा निर्माण वस्तुको आयात बढाउँदै लग्दा व्यापारमा चाप पर्छ । त्यसैले सेवा व्यापार बढाएर त्यो चाप कम गर्ने योजना बनाएका छौं । नेपाल भ्रमण वर्ष २०२० मनाउँदैछौं । यसबाट सेवा निर्यात गरेर आयात निर्यात अन्तर कम गर्न सक्छौं । शिक्षा र स्वास्थ्य सेवा निर्यात गर्न सक्छौं, विदेशीलाई अध्ययनका लागि नेपाल ल्याउन सक्छौं । स्वास्थ्य उपचारको केन्द्र नेपाल बनाउन सक्छौं ।

कतिपय उत्पादनले आयात प्रतिस्थापन गरिसकेको छ । निर्माण सामग्री आयात गर्नुपर्ने अवस्था धेरै हदसम्म नियन्त्रित भएको छ ।

आगामी आवदेखि विजुली आयात गर्नुपर्दैन । हामी सम्भवतः निर्यात गर्नसक्ने अवस्थामा पुग्नेछौं । यसले पनि व्यापार घाटा घट्छ । पछिल्लो समय निर्यातको आकार सानो भएपनि वृद्धिदर उत्साहप्रद छ । अर्कोवर्ष नै व्यापार घाटा सन्तुलनमा जान्छ भन्न मिल्दैन ।

वैदेशिक ऋणको कुरै नगरौं । कुनैबेला कुल गार्हस्थ्य उत्पादनको ७० प्रतिशत वैदेशिक ऋण थियो । सो समय हामी वैदेशिक ऋण लिने मुलुकले लाभ पाउने मेलोमा दौडन थालेका थियौं । अहिले वैदेशिक ऋण जीडीपीको ३० प्रतिशत छ । अर्कोवर्ष ३१ वर्ष रहने अनुमान छ । दक्षिण एसियामा वैदेशिक ऋणमा सबैभन्दा सहज अवस्थामा रहेको मुलुक नेपाल नै हो ।

हामीसँग ऋण लिने ठाउँ छ । तर, उत्पादन विकासका ठाउँमा त्यो ऋण अनुत्पादक क्षेत्रमा लगाएर नेपालीलाई ऋणको भार बोकाउन सरकार लाग्दैन । यसमा विश्वस्त हुनुस् ।

अधुरा आयोजना सम्पन्न गर्ने कार्यक्रम चलाउने सरकारको योजना छ । प्रदेश र स्थानीय तहमा जाने यस्ता आयोजनाको भार संघले लिएकाले पनि तल्ला निकायको बजेटमा उल्लेख्य वृद्धि नभएको हो ।
अझै पनि ५१ अर्ब रुपैयाँ बढी बजेट विनियोजन भएको छ । अधुरा आयोजना संघले कार्यान्वयन गर्ने भनेकाले सशर्त अनुदान घटेको हो । अरु अनुदानमा रकम घटेको छैन ।

आगामी वर्षको बजेट कार्यान्वयन गर्न संसदको सुझावहरु अबलम्वन गर्नेछ । बढीभन्दा बढी बजेट खर्च हुनेछ । बजेटले सोचेको उपलब्धि हासिल हुनेछ ।

(अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा बिहीबार राखेको मन्तव्यको सम्पादित अंश)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC