site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेकपा केन्द्रीय सदस्यको कार्यविभाजन ओली युरोपबाट फर्केपछिमात्रै
Ghorahi CementGhorahi Cement

काठमाडौं । केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न तथा जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन बसेको नेकपा सचिवालय बैठक आज पनि बिना निष्कर्ष टुंगिएको छ । दुवै विषयमा आज पनि सहमति जुटेन । 
७७  वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोक्न तीन दिनदेखि सचिवालयको बैठक बसे पनि निष्कर्ष निस्कन सकेको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष युरोप भ्रमणमा जान लागेकाले उनी फर्केपछि मात्रै यो विषयको टुंगो लाग्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओली पर्सी (जेठ २५ गते) युरोप भ्रमणमा निस्कनेछन् र जेठ अन्तिममा मात्र फर्किनेछन् । 

पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रस्तावमा माधवकुमार नेपाल  सहमत नभएपछि बैठक निष्कर्षविहीन बन्दै आएको छ ।

Agni Group

नेपालका तीन प्रस्ताव

स्रोतका अनुसार नेता नेपाल केन्द्र र प्रदेशका मन्त्री, संसदीय समितिका सभापतिहरूलाई इन्चार्ज, सहइन्चार्जको जिम्मेवारी दिन नहुने पक्षमा छन् । सांसदलाई भने प्राथमिकता हेरेर बनाउन सकिने उनको प्रस्ताव छ । त्यस्तै नेता नेपालले जिल्ला इन्चार्ज, सहइन्चार्ज तोक्दा वरीयतालाई ध्यान दिन सचिवालय बैठकलाई ध्यानकर्षण गराएका छन् ।

Global Ime bank

“माधव नेपाल शुरूदेखि नै सिनियारिटीका आधारमा नेतृत्व बाँडफाँट गर्नुपर्ने पक्षमा हुनुहुन्छ । जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्दा पनि वरीयता उलङ्घन गर्न नहुने उहाँको मत छ,” स्रोतले भन्यो ।

एउटा जिल्लामा इन्चार्ज र सहइन्चार्ज एक–एकजनामात्रै तोक्नुपर्ने नेता नेपालको भनाइ छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले एक जिल्लामा अनेक सहइन्चार्ज तोक्न सकिने प्रस्ताव अघि सारेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC