site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि राजनीतिक दलहरूलाई दिएको समयसीमा सकिन लाग्दासम्म सहमतिको सरकार गठनका लागि राजनीतिक दलहरू एकपटक पनि छलफलमा जुट्न सकेका छ्रैनन् ।
राष्ट्रपतिले एकसाताका लागि दिएको समय चारदिन वितिसक्दा पनि एकपटक पनि प्रमुख दलहरुबीच छलफल हुन सकेको छैन ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच पटक पटक वार्ता भए पनि एमाले भने सहभागी भएको छैन । तर एमालेसँग वार्ताको प्रयास गरेको माओवादी केन्द्रले जनाएको छ ।
एमाले कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले नेकपा माओवादी केन्द्रसँग सरकारको बारेमा अब कुनै छलफल नहुने बताए । माओवादी केन्द्रसँग छलफल गर्न आवश्यक नै नभएको बताउँदै श्रेष्ठले भने, “माओवादीसँग अब वार्ता हुँदैन । माओवादीसँग वार्ता गर्ने जिम्मा हामीले भारतलाई दिएका छौं ।”
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव जोख बहादुर महराले भने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकपटक सहमतिय सरकारका लागि छलफल गर्ने बताए । “समय तय भएको छैन,” महराले भने,“तर एकपटक हामी सहमतीय सरकारको लागि प्रधानमन्त्रीसँग छलफल गर्छाैं ।”
नेपाली कांग्रेसले प्रमुख तीन दल सम्मिलित राष्ट्रिय सहमतिको सरकार निर्माण नगर्ने बताइसकेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सरकारमा एमालेलाई सहभागी नगराउने बताए । “हामी माओवादीसँग गठबन्धन गरेर सरकार बनाउँछौं । एमाले सहितको सरकार बनाउने भए यो सरकार किन ढाल्ने थियौं र ?” श्रेष्ठले भने, “बाँडेर भाग खान सबैलाई मिलाएर सरकार बनाउने हो र ?”
प्रमुख प्रतिपक्षि दल जहिल्यै पनि सरकारको प्रतिक्षामा रहने भएकोले नेपाली कांग्रेस सरकारको प्रतिक्षामा रहेको र त्यसको अवसर अहिले पाएको बताउँदै उनले भने, “अहिले माओवादीको र ९ महिनापछि हाम्रो नेतृत्वमा सरकार बनाउछौं ।”
संविधान निर्माणको विशेष परिस्थितिमा मात्र सुशील कोइरालाको नेतृत्वमा एमालेसहितको सरकार बनाएको तर अहिले त्यस्तो विशेष परिस्थिति नभएकोले पनि एमालेलाई सरकारमा सहभागी नगराउने श्रेष्ठको भनाई छ । 
संविधानको कार्यान्वयन, मधेसी तथा आदिवासी जनजातीको समस्या समाधान गर्न तथा भुकम्पपछिको पुनर्निर्माणको लागि प्रमुख तीन दलबीचको सरकार आवश्यक नरहेको श्रेष्ठले बताए । बाह्रखरीसँग कुरा गर्दै प्रमुख सचेतक श्रेष्ठले भने, “बलियो प्रतिपक्षीविना लोकतन्त्र फस्टाउन सक्दैन । यसको लागि पनि एमाले प्रमुख प्रतिपक्षमा बस्नुपर्छ । वर्तमान समस्या समाधानका लागि हामी प्रतिपक्षी एमालेसँग समझदारी गरेर अघि बढ्छौं ।”
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC