site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 नेपालमा मात्र ४० लाख मानिसलाई बाथ रोगको समस्या
Ghorahi CementGhorahi Cement

काठमाडौ । नेपालमा ४० लाख मानिसहरुमा कुनै न कुनै प्रकारको बाथ रोग रहेको नेशनल बाथरोग सेन्टरले जनाएको छ । बाथरोग सेन्टरको छैटौं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा नेपालमा करिब ४० लाख मानिसमा कुनै न कुनै बाथ रोग रहेको जनाएको हो । 

सेन्टरका बाथ रोग विशेषज्ञ डा. विनित वैद्यले बाथ रोगको समयमा उपचार गरेमा जोर्नीहरु जोगाउन सकिने बताए । “८० प्रतिशत बाथ रोग निको हुन्छ,” उनले भने “नेपालमा करिब ४० लाख मानिसमा कुनै न कुनै बाथ रोग देखिएको छ ।”

Agni Group

त्यसैगरी, सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालमा पछिल्लो समय बाथ रोगका विरामी बढिरहेको बताए । उनले नेपालमै पहिलोपटक बाथको प्रतिरोधी उपचार प्रविधि एडालिमुम्याब नामक बायोलोजिकल एजेन्ट भित्राईको  जानकारी दिए ।  

दक्ष जनशक्ति उत्पादनको लागि विभिन्न १८ जिल्लामा स्वास्थ्यकर्मीहरुलाई तालिम सञ्चालन गरेको अस्पतालले जनाएको छ । सेन्टरले नेपालको विभिन्न १ सय ४५ स्थानमा निःशुल्क बाथ रोगको स्वास्थ्य शिविर सञ्‍चालन गरेको समेत जनाएको छ । जुन शिविरहरुमा ४३ हजार दुई सय जनाले सेवा लिएको बताइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC