खेल
काठमाडौं । विभागीय क्लब नेपाल पुलिसले जारी प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा प्रदेश ५ लाई पराजित गरेको छ ।
लगनखेलस्थित आर्मीको कर्भडहलमा पुलिसले प्रदेश नम्बर ५ लाई ३-० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले २६-२४ ले जितेको थियो । दोस्रो सेटमा २५-१५ को सहज जित निकालेको पुलिसले तेस्रो सेट २५-१७ ले जितेको हो ।
यसअघि सोमबार पुलिसले कर्णाली प्रदेशमाथि पनि सोझो सेटमा नै जित निकालेको थियो । सात प्रदेशका टोली र तीन विभागीय क्लब सहभागी प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेता टोलीले १ लाख ५० हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६ १६:५०
प्रतिक्रिया दिनुहोस्