site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।  पार्टी एकताको तीन महिना नपुग्दै नेकपा माओवादी केन्द्रमा विवाद देखिएको छ । पार्टी भित्रको विवाद माओवादी केन्द्र हुनुपूर्वका विद्यार्थी संगठनहरुबीचको एकता कार्यक्रममा पार्टी भित्रको विवाद छरपस्ट भएको हो । पार्टी एकीकरण प्रक्रियामा सहभागी मातृका यादव नेतृत्वको क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष तथा माओवादी केन्द्रका सदस्य सन्तोष विष्टले पार्टी एकीकरण हुने दिन भएको १३ बुँदे माग पूरा नहुने हो भने दीर्घकालीन रूपमा नेकपा माओवादी केन्द्र एक भइरहन नसक्ने बताए । 
“हिजो पनि हामीले खरीपाटी भेलाका बहुमत सदस्यहरूले गरेको निर्णय नमान्दै जनमोर्चासँग एकीकरण ग¥यौं । त्यसपछि हाम्रो विचार नमिलेकाले नै हामीले पार्टीबाट विद्रोह गरेका थियौं । त्यसैले अहिले पनि पार्टी नेतृत्वको एकता हुँदा भएका सम्झौता कार्यान्वयन नहुने हो भने यो पार्टी दीर्घकालीन रुपमा एक भइरहन सक्दैन,” माओवादी केन्द्रको विद्यार्थी संगठनहरुको एकता भेलामा विष्टले भने, “पार्टी एकताको भविष्य १३ बुँदे कार्यान्वयनमा भर पर्छ । १३ बुँदे कार्यान्वयन भए पार्टी एकीकरण दीर्घकालीन हुन्छ । नभए हामी एक भइरहन सक्दैनौं ।”
माओवादी आन्दोलनले मात्र नेपालमा संघीयता स्थापीत नगरेको भन्दै विष्टले मधेस आन्दोलन, आदिवासी जनजातीको आन्दोलनले मात्र संघीयताको माग स्थापित गरेको बताए । विष्टले एकता भेलामा यसो भनिरहँदा माओवादी कार्यकर्ताले हल्ला गरेपछि आक्रामक हुँदै उनले भने, “सडकमा नाङ्गो भएको अवस्थामा हामी कसैलाई राम्रो भन्न सक्दैनौं । तपाईंहरु जस्तै कार्यकर्ताको कारणले माओवादी विग्रेको हो ।”
गत जेठ १ गते तत्कालीन एनेकपा माओवादी, मातृका यादवको नेतृत्को माओवादी र अन्य माओवादी पार्टीहरुबिच १३ बुँदे सहमति भएको थियो तर पार्टी एकीकरणको दिन ६ गते भने १३ बुँदेबाट मधेस शब्द हटाएपछि सो दिन निर्धारित समय भन्दा करिब ३ घण्टा मात्र पार्टी एकीकरण भएको विष्टले बाह्रखरीलाई बताए ।  
१३ बुँदे सम्झौताको ५ औं बुँदामा “जनयुद्ध, मधेस तथा जनजाति लगायतका र ऐतिहासिक जनआन्दोलनहरु बलमा सामन्वादमाथि राजनैतिक रुपमा जनताले विजय हासिल गरेका छन्, भनिएको थियो,” विष्टले बाह्रखरीसँग भने,“तर उहाँहरु मधेस आन्दोलनले परिवर्तन ल्याएको भन्ने मान्न तयार हुनुहुन्न ।”
यता मातृका यादवले पनि एकता सभामा सन्तोष विष्टले दिइएको अभिव्यक्ति गलत नभएको बताए । “एकता भेलामा सन्तोषजीले के नराम्रो बोल्नुभयो र ? उहाँले सही नै बोल्नुभएको छ,” यादवले भने, “माओवादी केन्द्रका नेताहरु मधेस शब्द सुन्ने बित्तिकै अर्कै नजरले हेर्नुहुन्छ तर मधेसका जनताले पनि अन्य जनता सरह अधिकार पाउन् भन्ने मात्र हामी भनिरहेका छौं । के यो गलत हो ?”
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC