site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भ्रष्टाचारमा राष्ट्रिय सहमति छः घनश्याम भुसाल
Sarbottam CementSarbottam Cement

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको र समाजलाई भ्रष्ट बनाइरहेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले यो कुनै पार्टीविशेषको मात्र चरित्र नभइ आम चरित्र रहेको औँल्याए ।

“मैले कहिलेकाहीँ भन्ने गरेको छु– अर्बभन्दा माथिको भ्रष्टाचार ब्युरोक्रेसी (कर्मचारीतन्त्र)ले गर्न सक्छ ? यद्यपि कहिलेकाहीँ कारवाही हुँदा त्यही पर्छ । माथिका कम पर्ने गरेका छन् । यसर्थ निःसन्देह भन्न सकिन्छ, ठूला भ्रष्टाचार एक्लै हुँदैन । त्यहाँ राष्ट्रिय सहमति बन्छ । मिलिट्री इन्डस्ट्री नेक्ससजस्तै दलाल पुँजीवाद र परजीवी राजनीतिको नेक्सस छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

बजेटले परिवर्तनपछिको अवस्थालाई सम्बोधन गर्नुपर्ने बताउँदै उनले राजनीतिक आयामबाट यसको चर्चा हुनुपर्नेमा जोड दिए ।

“यसो हेर्दाखेरी हामी सत्ताधारी हौँ, शक्ति चलाउनुपर्ने छ, सत्ता चलाउनुपर्नेछ, बजेट बनाउनुपर्नेछ, लागु गर्नुपर्नेछ, अनेक काममा व्यस्त छौँ । प्रतिपक्षले गर्छ भनेको, ऊ त अझै पराजयको पीडाले ब्युँझिएको पनि छैन । यसरी घाइते भएको छ कि, उठेको पनि छैन । उसले अस्ति जनजागरण अभियान चलाउँदै पनि थियो । तर, दलाल पुँजीवादका बारेका कहीँ छलफल भएन । एकदमै खुद्रा–मसिना कुरा गर्छ  । दलाल पुँजीवादले हाम्रो जीवनलाई यसरी रगड्छ, त्यसका बारेका कुरा गर्छ कांग्रेसले ? कहीँ गर्दैन,” उनले प्रतिपक्षीलाई आरोप लगाए ।

Global Ime bank

यसले क्रान्ति, गणतन्त्र, परिवर्तन खतरामुक्त नहुने टिप्पणी उनले गरे ।

२० वर्ष बजेटमा साधारण खर्चभन्दा पुँजीगत खर्च कम हुँदै गएको बताउँदै उनले भने, “अहिले पनि साधारण खर्च ९ खर्ब ५७ अर्ब छ । ४ खर्ब ८ अर्ब पुँजीगत हुनेछ भनेका छौँ । ७४ प्रतिशत साधारण खर्च छ, २६ प्रतिशत पुँजीगत खर्च छ । यसर्थ यो हाम्रो आत्महन्ता अर्थतन्त्र हो । यसले आफैँलाई खान्छ र जीवनलाई सिध्याउँदै जान्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC