site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रहरी भागेको होइन, गस्तीमा गएको हो
Ghorahi CementGhorahi Cement

आइतबार राति नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका लडाकुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेको खबर सञ्चारमाध्यममा आयो । भोलिपल्ट बिहानै प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बलको विशेष टोली नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ गयो । आइतबार राति स्थानीयले हतियारसहित प्रहरी चौकीतर्फ गइरहेको विप्लव समूहलाई देखेपछि प्रहरीलाई सुरक्षित रहन खबर गरेको समाचार सञ्चारमाध्यममा आयो । तर, प्रहरीले भने चौकी कब्जाको प्रयासमा सत्यता नभएको दाबी गरिरहेको छ । यसै सन्दर्भमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलसँग बाह्रखरीले गरेको कुराकानी। 

सोलुखुम्बुमा प्रहरी चौकीमाथि विप्लव समूहले आक्रमणको प्रयास भन्ने खबर सार्वजनिक भयो । प्रहरीले होइन भनेको छ, यसको आधार के हो ?

हरेक चिजका आधार अर्थात् ‘इन्डिकेटर’ हुन्छन् । कुनै चिजको प्रयास भयो भने त्यसको आधार चाहियो । चौकी आक्रमणलाई लिने हो भने भने पनि कि त्यहाँ फायर खोलिएको हुनुपर्यो, कि विस्फोट गराएको व आगजनी देखिनुपर्यो । अथवा तोडफोड गरेको हुुनुर्यो । यी कुनै कुरा नभएको अवस्थामा चौकी कब्जा वा आक्रमण कसरी भन्न र लेख्न मिल्छ ? यसले गर्दा आक्रमणको प्रयास भएको भन्ने हामी मान्दैनौं । 

Agni Group

प्रहरी चौकी नै छाडेर भागे, बिहानमात्रै फर्किए भन्ने छ नि ?

अहिले पहाडी जिल्लाका सबै ठाउँमा प्रहरीलाई आ–आफ्नो एरियामा अधिकतम गस्ती निकाल्ने, ब्यारेक बस्नेभन्दा बाहिर घुम्ने, शान्ति सुरक्षालाई मजबुत गर्ने स्पष्ट निर्देशन नेतृत्वको छ । यस्तो घुम्ने वा गस्ती गर्ने क्रममा कहिँ जनशक्ति कम पर्यो वा सुरक्षा थ्रेट महसुस भयो भने तपाईंहरु मद्दत माग्नुस् भनेका छौं । सबै ठाउँमा प्रहरीको ‘मोबिलिटी’ बढेको छ । यसलाई प्रहरीले चौकी छाड्यो भनेर व्याख्या गर्न उचित हुँदैन ।

Global Ime bank

एकजना प्रहरी पनि चौकीमा नबसेर चौकी छाड्नु त सुरक्षाको हिसाबले पनि गम्भीर कुरा होइन र ?

पहाडी दुर्गम इलाकामा प्रहरी भवनको अवस्था निकै जीर्ण र कहिँ केही राख्न नमिल्ले अवस्थाको पनि छ । त्यसले गर्दा प्रहरीले कुरेर बस्नुपर्ने हुँदैन । त्यहाँ कुनै हात–हतियार पनि छैन । जनशक्ति भन्दा बढी हतियार स्टोरेज पनि हुँदैन । त्यसैले जनतालाई शान्तिसुरक्षामा आश्वस्त पार्न र संख्या पनि देखाउन प्रहरी गस्तीमा जान सक्छ । गस्ती जाँदैमा किन गयो त भनेर चर्चा गर्न उपयुक्त हुँदैन । 

सबै कुरा सामान्य भए एकाएक काठमाडौंबाट सेनाको हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली किन खटाउनुपरेको त ?

प्रहरी माग भएको ठाउँमा पठाउने हाम्रो रणनीति नै हो । नियमित शान्तिसुरक्षामा खटिने प्रहरीले विशेष अभियान, सर्च अभियान वा लामो दूरीको पेट्रोल गर्नुपर्ने अवस्थामा भइरहेको जनशक्तिले नपुग्ने घडीमा प्रहरी पठाउँछौं । सोलुमा प्रहरी हिजो गयो, त्योभन्दा पहिले नै पठाउने योजना थियो । हिजो त्यो हल्ला आउनु र प्रहरी जानुले त्यो कुरा उठेको संयोगबाहेक अरु केही होइन ।

हेलिकप्टरमा प्रहरी पठाएकाले बढी चर्चा भएजस्तो लाग्यो । किनभने हामी स्थायी रुपमा प्रहरी दिनसक्ने अवस्थामा छैनौं । बाटोमै प्रहरी आउन–जान समय खर्चिने भयो भने त्यसले जनशक्ति व्यवस्थापनमा कठिनाइ हुन्छ । त्यसैले कुनै स्थानमा जनशक्ति बढाउनुपर्यो, सर्च अभियान सुरु गर्नुपर्यो वा असुरक्षा भयो भनेर पहाडी जिल्लाले माग्यो भने तत्काल पठाउने र काम सकेर फिर्ता बोलाउने गरेका हौं । शान्ति सुरक्षाको दायित्व सशस्त्र प्रहरीको पनि भएकाले संयुक्त रुपमा टोली पठाएका हौं । 

प्रदेशबाटै पनि त प्रहरी टोली पठाउन सकिन्थ्यो नि ?
अहिले नेपाल प्रहरीको जनशक्ति सुरक्षा चुनौतीको हिसाबले कम छ । यस्तोमा प्रदेश प्रहरीले सबै जिल्ला हेरिरहेको अवस्थामा माग पूरा गर्ने अवस्था हुँदैन । त्यस्तो अवस्थामा हेडक्वार्टरबाट पठाउँछौं । पठाउँदै आएका पनि छौं । 

त्यसो भए सोलुखुम्बुमा विप्लव समूहको कुनै प्रकारको गतिविधि थिएन, जसले शान्ति सुरक्षामा असर गरोस् ? 
सुरक्षामा असर गरेको छ भने तथ्य र प्रमाणका आधारमा भन्नुपर्यो । शंकाको आधारमा सुरक्षासँग जोडिएको कुराको अनावश्यक चर्चा गर्न भएन । 

प्रहरीकै अधिकारीले चौकी सार्यौं, आक्रमणको सम्भावना थियो भनेर अनौपचारिक रुपमा किन भनेका त ? 
जुन अधिकारीले भनेको हो, उहाँले नाम किन लुकाउनुपर्यो ? कुन स्रोतका आधारमा भनेका हुन्, उहाँलाई नै सोध्नुस् । 

विप्लव समूहको शंकास्पद गतिविधि सोलुखुम्बुमा देखिएको सूचना प्रहरीसँग थियो कि थिएन ?
भोजपुरमा केही समयअघि भिडन्त भयो । भिडन्तमा एकजना विप्लव समूहका कार्यकर्ता मारिए । यसले पहाडी जिल्लामा अलिकति प्रहरी परिचालन बढाएर शान्ति सुरक्षाको प्रत्याभूति दिन खोजेको हो । त्यही अनुसार प्रहरी परिचालन गरिएको छ । 

विप्लव समूहले प्रहरीमाथि आक्रमणको सम्भावना आकलन प्रहरीले गरेको छ ? 
एउटा प्रतिबन्धित समूह बाहिर रहेको अवस्थामा हामीले सुरक्षाको विषयमा अली बढी सम्वेदनशील त बन्नैपर्छ ।

काठमाडौंलगायत देशका विभिन्न स्थानमा पनि केही समयअघि विस्फोट भए । यस्तोमा नागरिकले सुरक्षाको अनुभूति कसरी गर्ने ? 

शान्तिसुरक्षाको अवस्था ठिक छ छैन, इन्डिकेटरकै आधारमा भन्ने हो । शान्ति सुरक्षा प्रदान गर्न नेपाल प्रहरी सक्षम छ । जनताले नेपाल प्रहरीको व्यावसायिकता र इमान्दारीतामा विश्वास गर्नुपर्छ । नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्ने कुरामा, जनताको जिउधनको सुरक्षा गर्ने क्रममा आफूलाई बलिदान दिन जहिले पनि तयार रहन्छ । त्यसैले विश्वास गर्नुपर्यो । यो हुनसक्छ भनेर परिकल्पना गर्नुभन्दा पनि केही सूचना वा संकेत भए नेपाल प्रहरीलाई सूचना दिएर सहयोग गर्नुहोस् । 

विप्लव समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन सुरु गरिएको हो, सोलुखुम्बुमा ?
‘सर्च एन्ड अरेस्ट’ अभियानका रुपमा चलाएका त छैनौं । तर शान्तिसुरक्षामा असर गर्ने काम जुनसुकै समूह वा व्यक्तिबाट भएपनि त्यसलाई नियन्त्रण गर्ने र कानुनी दायरमा ल्याउने कुरामा प्रहरी रत्तिभर डगमगाउँदैन । कानुन कार्यान्वयनमा निर्दयीपूर्वक उत्रिन्छौं । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC