site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मी र गण्डकी प्रदेश विजयी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले जित निकालेका छन् । यसअघिका दुबै खेलमा जित निकालेका दुबै टोलीले आफ्नो तेस्रो खेलमा पनि जित निकाल्न सफल भएका हुन् ।
लगनखेलस्थित आर्मी कवर्डहलमा भएको खेलमा आयोजक आर्मीले प्रदेश नम्बर २ लाई सोझो सेटमा हराएको हो । पहिलो खेलमा २५–१५ को जित निकालेको आर्मीले दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–१३ को जित निकालेको हो ।
मंगलबार नै भएको अर्काे खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–१ सेटमा हराएको हो । पहिलो सेटमा २५–२१ को जित निकालेको गण्डकीले दोस्रो सेटमा २५–२१ को जित निकाल्न सफल भयो । तेस्रो सेटमा भने कर्णाली प्रदेशले कम ब्याक गर्दै २५–२७ को जित निकाल्यो । निकै नै आक्रामक बनेको गण्डकी प्रदेशले चौथो सेटलाई भने २५–१४ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।
जितसँगै समूह ‘क’ को आर्मीले ३ खेलबाट ९ अंक जोडेको छ । यता समूह ‘ख’ को गण्डकीले ३ खेलबाट ९ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार नै दुई खेल हुनेछन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC