site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओलीको समय

नेपालमा केपी ओली र भारतमा नरेन्द्र मोदी दुवै सत्ताको शिखरमा छन् । भारतमा सम्पन्न निर्वाचनमा मोदीले राहुल गान्धीलाई नराम्ररी हराए । ओलीले पनि २०७४ को प्रतिनिधि र प्रदेशसभाको चुनावमा नेपाली कांग्रेसलाई हराइदिए । मोदीलाई टक्कर दिने न उनकै दल भारतीय जनता पार्टीमा कुनै व्यक्तित्व छ न विपक्षी दलमा नै देखिन्छ । ओलीलाई टक्कर दिने व्यक्तित्व पनि न नेपाली कांग्रेसमा छ न अन्य दलमा देखिन्छ । भारतमा मोदी र अमीत साहको जोडी छ भने नेपालमा ओली र पुष्पकमल दाहालको । फरक चाहिँ के छ भने अमित साहको मोदीलाई पूर्ण समर्थन छ भने दाहाल अलि कुटिल छन् । ताल परे ओलीलाई छिर्के मार्न पछि पर्दैनन् उनी ।

विगतमा छिर्के हानी पनि सकेका हुन् । हालसालै दाहालले पूर्व एमाले र उनको दल मिल्दा भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमति पत्र सार्वजनिक गरे । दाहालले चौका हान्न खोेजेका त हुन् तर प्रत्युपादक हुनेजस्तो भएपछि लोली फेर्दैछन् । लोकतन्त्रमा ट्वाच्च दिने अनि ‘सरी’ भन्ने चल्छ पनि । दाहालको स्वार्थ जे जे होस् जनताको सूचनाको हकको उनले ढिलै भए पनि सम्मान गरेको देखियो ।  

भारतका राहुल गान्धी र नेपालका शेरबहादुर देउवा दुवैको अवस्था उस्तै उस्तै छ । दुईचार जना जोस, जाँगर भएका युवा नेता नहुने हो भने त नेपाली कांगे्रसलाई पुस्तकमा नै खोज्नु पर्ने अवस्था छ । सरकारलाई खबरदारी गर्ने सन्दर्भमा प्रमुख प्रतिपक्ष दलभन्दा सामाजिक सञ्जालको भूमिका अगाडि छ । कांग्रेसले प्रतिपक्षी दलको रूपमा जुन भूमिका निर्वाह गर्नुपर्ने त्यो गर्न नसकेको देख्दा उदेक लागेर आउँछ । लोकतन्त्र आफैँ बोल्ने भए यतिखेर यसले सतापक्षलाई भन्दा प्रतिपक्षलाई थुर्ने थियो होला । 

Prabhu Bank
Agni Group
NIC Asia

लोकतन्त्र नदी हो भने सत्तापक्ष र प्रतिपक्ष नदीका दुई किनारा । नदीको स्वभाव बहनु हो भने दुई किनाराको सार्थकता नदीको वहावलाई सहजताको साथ दिशा निर्देशित गर्नु हो । तसर्थ नदीको बहावको लागि पानीमात्र भएर पुग्दैन । नदीको किनार जति बलियो हुन्छ बहाव त्यति नै निर्दिष्ट हुन्छ । कुनै एक किनारा कमजोर भयो र बहावलाई थेग्न सकेन भने नदीले विध्वंश निम्त्याउँछ । प्रतिपक्षविनाको लोकतन्त्र निरंकुश हुन्छ । विनाश ल्याउँछ ।  

प्रसंग केपी ओलीको । तत्कालीन नेकपा (माले) उम्रदै गरेको समयमा यिनी जेलमा थिए । जेलबाट छुटेको केही समयमा नै माले नेकपा (एमाले) भयो । एमालेका अध्यक्ष भए मनमोहन अधिकारी । मनमोहनको देहवसानपछि एमालेका कमान्डर बने माधव नेपाल । 

Global Ime bank

नेपालले १५ वर्ष एमालेको नेतृत्व गरे । तर, देशको ठूलो दल नेपाली कांग्रेस थियो । गिरिजाप्रसाद कोइरालाको व्यक्तित्वको अघि यिनी फिक्का देखिए । एमालेमा शक्तिशाली भए पनि कांग्रेस सामु निरीह नै रहे । राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको बोलाबाला थियो । पहिलो संविधान सभाको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) ठूलो दल बन्यो । दाहालको व्यक्तित्वको अगाडि पनि नेपाल छायामा परे । 

विसं २०७१ मा माधव नेपाललाई हराएर ओली एमालेको अध्यक्ष बने । निरन्तर ४६ वर्षको राजनीतिक यात्रापछि दलको सर्वेसर्वा हुन पुगे । देशको राजनीतिमा नेपाली कांग्रेसको दबदबा खस्कँदै गएको अवस्थामा यिनि एमालेका प्रमुख बने । कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि देउवा सभापति बने । देउवा कांग्रेसको सभापति बन्दा ओलीका लागि परिस्थिति झनै अनुकूल बन्न पुग्यो भने तत्कालीन माओवादी चाउरिँदै गएको थियो ।   

विसं २०७२ असोजमा ओली पहिलो पटक प्रधानमन्त्री बने । यिनको कार्यकालमा भारतले लगाएको अघोषित नाकाबन्दीको असर फैलँदै गएको थियो । नाकाबन्दीविरूद्धमा ओली उभिए । जनताले रुचाए । प्रदेश र संघीय र स्थानीय तहको चुनावमा माओवादीलाई सँगै हिँडाउन र एमालेलाई सबैभन्दा ठूलो दल बनाउन सफल भए ।

नेकपा माओवादी र एमाले मिलाएर नेकपा (नेकपा) भन्ने शक्तिशाली दल बनाए । शक्तिशाली नेकपा बनाए वा दाहालको राजनीतिक अवशानलाई बचाए भविष्यले बताउला । तर, २०७४ साल यिनका लागि महत्वपूर्ण बन्यो । संसद् दुई तिहाई समर्थन भएको प्रधानमन्त्री बने । मुलुकको आन्तरिक सुरक्षालाई चुनौती दिने सीके रावतलाई राजनीतिको मूलधारमा ल्याए । नेकपाको नाममा नेत्रबहादुर चन्दको समूहले गरेकोे विध्वंशलाई बल प्रयोग गरेर निस्तेज पार्न खोजेको देखिएको छ । 

जनताको प्रत्यक्ष सरोकारका विषयमा भने ओली सरकारले अपेक्षाअनुरूप काम गर्न सकेको छैन । सरकारले जनतालाई किन निराश बनाउँदै छ ? अघिल्ला सरकार र यो सरकारबीच जनताले भिन्नता अनुभव गर्न सकेका छैनन् । जनताको जीवनमा प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा किन यिनले सुधार गर्न सकेनन् ? सरकारले गति लिन सकिरहेको छैन । 

प्रधानमन्त्रीलाई जनहितकारी काम गर्न के ले रोकेको छ ? प्रधानमन्त्री बाहिर शक्तिशाली देखिएपनि भित्र त्रसित छन् । त्रसित नभए लोकतन्त्रको गहना राष्ट्रिय मानव अधिकारको तेजोबध गर्न लाग्ने थिएनन् । डराउनु पर्ने त भ्रष्टचारी हो तर तर्साउन थालिएको छ मिडियालाई । यस्ता वातावरण हुनु ओलीका लागि शुभसंकेत पक्कै होइन ।

ओली सरकारले समाजिक सञ्जालमासमेत अंकुश लगाउन खोज्दैछ । मुलुकका प्रधानमन्त्री बोलिबचनमा किन तुच्छता, अहंकार ओकल्दछन् । किन उटपट्याङ कुरा बोल्दैछन् । प्रधानमन्त्री पदको मर्यादालाई किन अवमूल्यन गर्दैछन् । ओली किन भयभित हुँदैछन । मानिस जति भयभित हुन्छ, त्यती नै आक्रमक हुन्छ भन्दछन् । कार्यकर्तालाई किन बारूला बनेर चिल्न उत्तेजित पार्दैछन् ? अन्ततः ओली सरकार किन निरङकुश बन्न खाज्दैछ ।    

‘लुट्न सके लुट कान्छा’ गीतमाथि बारूले आक्रमण सम्बन्धमा । जङ्गलमा घनघोर डढेलो लागेको थियो । ज्यान जोगाउन सबै चराचुङ्गी, जनवारमा भागदौड मच्चिएको थियो । एउटा चराले चुचोमा पानी बोक्दै डढेलो निभाउन कोसिस गर्दै थियो । चराको यस्तो चाला देखेर अन्य पशुपंक्षी चकित भऐ ! एउटा जनावरले त भनिहाल्यो – ए मूर्ख चरा ! तिमीले सानो चुचोमा पानी बोकेर यो आगो निभाउन सक्छौ ? भो यस्तो दुस्साहस नगर । ज्यान बचाऊ ! ज्यान !  

‘मेरो चुचोमा बोकेको पानीले आगो निभ्छ या निभ्दैन म भन्न सक्दिन । तर सत्य के हो भने जस्तैसुकै ढडेलो किन नहोस एक दिन अवश्य निभ्छ । जब आगो एक दिन निभ्छ तब इतिहासमा मेरो नाम आगो निभाउन तथा तिमीहरूको नाम आगो लगाउनेमा दर्ज हुनेछ’ पंक्षीले उत्तर दिए छ । 

कनै बेला गिरिजाको समय थियो । ज्ञानेन्द्रको पनि समय आएको थियो, तर समयलाई चिन्न सकेनन्  । वर्तमान ओलीको पक्षमा देखिन्छ तर एउटै परिस्थिति तथा समय सँधै रहिरहँदैन । समय असल या खराब जस्तोसुकै होस्  बितेर जान्छ, जान्छ । सुखका दिन बितेर दुःखको दिन आउँछ । दुःखका दिन बित्छ र सुःखको दिन आउँछ । ओलीको दुःखको समय बितेको छ भने सुःखको समय बुलन्दीमा छ । तर, कहिलेसम्म ? 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC