site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वितरणमुखी थामथुमे बजेट : जनताका लागि माछामाछा भ्यागुता 

बजेट राज्यको वार्षिक आम्दानी र खर्चको विवरण हो । यसमा सरकारले वर्षभर गर्ने खर्चको अन्ुमान र त्यसका लागि  विभिन्न स्रोतबाट गर्ने वित्तीय व्यवस्थापनको विवरण तयार गर्ने हो । बजेट आर्थिक, सामाजिक, राजनीतिक विकासको द्योतक पनि हो । यसैले बजेट यथार्थपरक, संविधानको मूलमर्म र भावनाअनुसार हुनुपर्छ । अन्यथा, यसले देशको हित गर्न सक्तैन । 

अर्थमन्त्रीबाट आर्थिक वर्ष २०७६–०७७ को बजेट प्रस्तुत भइसकेको छ । समग्रमा यो बजेट वितरणमुखी थामथूमे प्रकृतिको देखिन्छ । किनभने लामो कार्यकाल भएको स्थिर सरकारले अहिलेको परिप्रेक्ष्यमा सबै जोखिम लिएर देशको हितका लागि अप्रिय निर्णय लिएर पनि मुलुकको अर्थतन्त्रलाई नयाँ बाटामा लैजानु पथ्र्याे । ठूला नीतिगत प्रस्थान नभएको, यथास्थितिवादी र सबैलाई रिझाउने खालको बजेट प्रस्तुत गर्नाले सरकारले पाएको ऐतिहासिक अवसरलाई गुमाएको देखिन्छ । पञ्चवर्षीय योजनाको जिम्मेवार दोस्रो किस्ता अपेक्षित भएकोमा अर्थमन्त्रीले राजनीतिक दबाब थेग्न नसकेको देखिन्छ । यसले राष्ट्रिय सम्वृद्धिको दीर्घकालीन अवसर खोल्नेभन्दा पनि अल्पकालीनरुपमा लाभान्वित हुने किसिमले वजेट केन्द्रित हुँदा नयाँ आर्थिक जग बस्न सकेन ।

यस वर्ष १२ खर्बको मात्र बजेट खर्च हुने भनिएकोमा  आगामी वर्षको बजेटको आकार बढेर १५ सय खर्ब ३२ अर्ब पुर्‍याउनु अस्वाभाविक र अविश्वसनीय  छ । अघिल्लो बजेटको लक्ष्य हासिल गर्न नसकेर संशोधन गरेका अर्थमन्त्री डा. खतिवडाले २८ प्रतिशतको बजेटको आकार बढाएर १५ खर्ब, ३२ अर्ब, ९६ करोड, ७१ लाख रुपैयाँ पुर्‍याएका छन् । यो बजेटको लागि ९ खर्ब, ८१ अर्ब १३ करोड रुपैयाँ राजस्वबाट उठाउने लक्ष्य लिएको छ । वैदेशिक अनुदानबाट ५७ अर्ब, ९९ करोड, ५५ लाख, वैदेशिक  ऋणबाट २ खर्ब, ९८ अर्ब, ३३ करोड र आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब रुपैयाँ जुटाउने भनिएको छ । वैदेशिक सहयोग र लगानीको स्रोत घट्दै गएको अवस्था एकातिर छ भने अर्काेतर्फ आम्दानीका उपयुक्त आधार पनि प्रष्ट देखिएको अवस्था छैन । विकास बजेटको धेरै हिस्सा स्वदेशी र विदेशी ऋणमा भर पर्ने अवस्था ज्यादै चिन्ताजनक रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अरुसँग ऋण लिएर पैसा बड्दा देश सम्वृद्धि कहिलै पनि हुँदैन । बजेटले मुलुकलाई घुमाइफिराई आफ्नै पार्टीका कार्यकर्तालाई खुसी बनाउने किसिमको बनाइएको छ । यसले दीर्घकालीन हित गर्न सक्तैन । बजेट कार्यान्वयन नै हुन नसक्ने महत्त्वाकांक्षीरुपमा प्रस्तुत भएको छ ।

सरकार दिगो आर्थिक विकासभन्दा पनि सस्तो लोकप्रियतामा लागेको आभास हुन्छ । बजेटले वित्तीय अराजकता बढाउने र दिगो विकासमा सहयोग गर्न असफल भएको छ । सुधार गर्न सकिने ठूलो अवसर यो सरकारलाई हुँदाहुँदै पनि सस्तो लोकप्रियताको आधारमा बजेटलाई वितरण गरिएको छ । तलब, वृद्धभत्ता, सामाजिक सुरक्षाजस्ता शीर्षकमा रकम विनियोजन गरी आफ्ना कमीकमजोरीलाई ढाकछोप गर्ने प्रयत्न गरिएको छ । नयाँ कार्यक्रम ल्याउन खोजिएन । मुद्रा स्फीति, बढी सर्वसाधारणले धान्ने नसक्ने गरी महंगी बढ्ने सम्भावना छ । वित्तीय अनुशासन र मितव्ययिताबाट विचलित भई मूलतः यो बजेट वितरणमुखी बन्न पुगेको छ ।

Global Ime bank

दुई तिहाइको सरकारले बनाएको यो बजेट दीर्घकालीन सोचको आधारमा बढ्न सकेको छैन । रणनितिक महत्त्वका नयाँ ठूला र दीर्घकालीन आयोजनामा बजेट विनियोजन गरिएको छैन । बजेटले हरेक नेपालीको काँधमा थप १६ हजार ऋण बोकाएको छ । बुढीगण्डकी आयोजना विराटनगरजस्तो ऐतिहासिक सहरलाई पनि बजेटले बेवास्ता गरेको छ । डिजेल, पेट्रोलको मूल्य बजेट आउनासाथ बढ्यो । आगामी वर्षमा ८.६ प्रतिशत आर्थिक वृद्धिको सपना अर्थमन्त्रीले बाँड्नु भएको छ जुन सम्भव देखिँदैन । पाँच लाख रोजगारी सिर्जना गर्ने भनिएको पनि त्यसको स्पष्ट आधार देखिँदैन ।

लागानी तान्ने, नयाँ पुँजी निर्माण गर्ने र औद्योगिक उत्पादन बढाउने काममा विगत वर्षको बजेट र यस वर्षको बजेटमा खासै अन्तर छैन । धेरैलाई खुसी पार्न बजेटको आकार बढ्दैमा उच्च आर्थिक वृद्धि हुदैन । गत १० वर्षमा ६ गुणाले बजेट बढाइएको छ । चालु खर्च ८ गुणा बढ्दा पुँजीगत खर्च भने ३ गुणाले मात्र बढेको छ । पुँजीगत खर्च एकातर्फ न्यूनतम छँदैछ भने अर्कोतर्फ त्यही न्यूनतम पुँजीगत बजेट पनि खर्च हुन सकेको छैन । यस्तो अवस्थामा रोजगारी र उत्पादनमा वृद्धि भई समृद्ध नेपाल कसरी बन्न सक्ला ?

हरेक वर्ष महत्त्वाकांक्षी र लोकप्रिय कार्यक्रम घोषणा गर्ने तर त्यस्ता परियोजनाको उपलब्धि तथा प्रगति समीक्षासम्म नगरी फेरि नयाँ कार्यक्रम ल्याउने पुरानो रोगले यो बजेट पनि ग्रसित भएको छ । जस्तो श्रमशक्ति विदेशिने क्रमलाई कम गर्न हरेक वर्षको बजेटमा रोजगारी सम्बन्धी विभिन्न खालका कार्यक्रमको घोषणा गरिन्छ । गत वर्ष बजेट ल्याउँदा घोषणा गरिएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट कति उपलब्धि भयो ? राष्ट्रपति महिला उत्थान कार्यक्रम र योगदानमा आधारित सामाजिक सुरक्षाले कतिलाई फाइदा पुग्यो भन्ने समीक्षा नै नगरी बजेट विनियोजन गरिएको छ । 

बजेटका लक्ष्य प्रचारमुखी छन्, कार्यान्वयन पक्ष अपत्यारिलो छ । कार्यान्वयन हुनै नसक्ने गरी देशको क्षमताभन्दा बढी महत्त्वकाँक्षी बजेट प्रस्तुत गरिएको छ । स्थानीय तहको अधिकार क्षेत्रलाई केन्द्रीय सरकारले मिचेर बजेट ल्याएको छ । संविधानको मर्मविपरीत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिइएको छ । अधिकार सम्पन्न स्थानीय सरकार हुँदाहुँदै सरकारले यो कार्यक्रमलाई निरन्तरता दिनु हुँदैन थियो ।

प्रदेशलाई करिब साढे ६ प्रतिशत अर्थात् ९९ अर्ब ८४ करोड रुपैयाँमात्र छुट्याइएको छ । गत वर्ष ८ प्रतिशत अर्थात् १ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । बजेटको आकार बढ्दासमेत स्थानीय तहले गत वर्षकै जति १४ प्रतिशत अर्थात् २ खर्ब १४ अर्ब ८२ करोड रुपैयामात्रै पाए । स्रोत बाँडफाँटमा देखिएको यस्तो प्रवृत्तिले संघियताप्रति सरकार उदासीन भएको प्रष्ट हुन्छ ।

बजेट सस्तो लोकप्रियताको पुलिन्दा नभई उद्देश्य र प्रतिफल केन्द्रित हुनुपर्ने हो । तर, त्यसो हुन सकेन । विकास केन्द्रित नाराअनुसार बजेट आउनु पथ्र्यो । समृृिद्धको नारालाई बजेट र कार्यक्रमले समेट्नु पथ्र्यो । त्यो पनि हुन सकेन । बजेट परम्परागत, कर्मकाण्डी वास्तविकताभन्दा टाढा थामथुमे, कामचलाउने आत्ममुग्ध भएर रमाउने खालको बन्न पुग्यो । योे बजेटले सामान्य नागरिकलाई खुसी पार्न सकेन । बरु, यो त सर्वसाधारणका लागि ‘माछो माछो भ्यागुतो’ भनेजस्तै भयो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC