site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विप्लव त्यागेका पदमको ग्लानि- १७ हजार फर्किएर आउँछन्?
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवृष्ट भएका पूर्वराज्यमन्त्री एवम् पहिलो संविधानसभाका सदस्य पदम राईले हिंसाको आत्मभर्त्सना गरेका छन् ।

“कमरेड प्रचण्डको नेतृत्वमा हामीले युद्ध गर्यौं । हिजो जनयुद्धकालमा मरेका १७ हजार के अब ती फर्किएर आउँछन् ?” उनको प्रश्न थियो । उनले विप्लव समूह प्रतिबन्धको प्रतिरोधका नाममा पुनः बमबारुद समात्न थालेको भन्दै आफू अलग्गिन परेको उनको निष्कर्ष थियो ।

“१७ हजारको बलिदानी हामीले दोहोर्याउँला । कसैले जित्ला, कसैले हार्ला तर देशले के पाउँछ ?,” उनले विप्लवलाई प्रश्न गरे ।

Agni Group

निलम्बनपछि पार्टी प्रवेश
भोजपुरबाट संविधानसभा सदस्य निर्वाचित भएका राई झलनाथ खनाल प्रधानमन्त्री हुँदा राज्यमन्त्रीसमेत बनेका थिए ।

पूर्वमा पार्टीका उदीयमान नेताको छवि बनाएका राई विप्लवका पोलिटब्युरो सदस्य पनि थिए । तर, सरकारसँग दूरी बढाएर होइन, खुला–खुलस्त छलफल गर्नुपर्छ भनेर पार्टीमा विचार राख्नेबित्तिकै कारबाहीमा परेको बताउँछन् ।

Global Ime bank

उनलाई विप्लव समूहले निलम्बन गरेको थियो । उनले प्रस्टीकरणको मौकासमेत नदिई कारबाही गरेपछि नेकपा प्रवेश गरेको बताउँछन् । “देश र जनताका लागि केही गर्न हिँडेको मान्छे । देश र जनताको समृद्धिको सपना पूरा पनि भएको छैन,” उनले भने, “राजनीतिक प्राणी राजनीति नगरी कहाँ बस्न सक्छ र !”

उनले आफूले पटकपटक विप्लवसँग छलफल गर्न खोजे पनि भेट गर्न नपाएको गुनासो पनि थियो । अहिले पार्टीले आर्थिक अपारदर्शिता, आत्मसमर्पणको आरोप लगाए पनि मूलतः राजनीतिक कार्यदिशाअनुरूप विप्लवको कार्यशैली नभएको बताए ।

“पार्टीको आठौँ महाधिवेशनले वार्ताको नगर्ने भनेको छैन । न बलप्रयोग नै अंगीकार गर्ने भनेको छ । तर, पार्टी प्रतिरोधका नाममा अर्कै बाटो हिँड्न थाल्यो,” उनी भन्छन् ।

उनले भोलि विप्लवले वैज्ञानिक समाजवाद ल्याए पनि सबै मानिस सन्तुष्ट नहुने र असन्तुष्ट हुने प्रतिवादमा उत्रिए भने विप्लव खुलामञ्चमा मादल बजाएर ननाच्ने र दमन नै गर्ने बताए । “हामीले विकास गरेको राज्यको चरित्र नै यस्तो छ । फरक बाटो हिँडे राज्यले दमन गर्छ । वार्ता पनि नगर्ने प्रतिरोधमा जाने हो भने खरानी होइन्छ,” उनको टिप्पणी छ ।

‘दुवै पक्षले हठ त्यागौँ’

उनले सरकार र विप्लव दुवैले हठ त्यागेर वार्तामा बस्न अपिल गरे । उनले सरकार पनि सही बाटोमा नरहेको र असन्तुष्टि विद्यमान रहेको उनको भनाइ थियो । “मुलुक अधोगतितिर गएकै हो । मुलुक केही बिग्रिएकै हो । त्यसको समाधान बल प्रयोग होइन । वार्ता र सहमति हो । त्यसमा जानुपर्छ । द्वन्द्वले लड्न पक्षलाई फाइदा पुग्दा मुलुकलाई घाटा छ,” उनले भने ।

उनले विप्लव, मोहन वैद्य, सीपी मैनाली, नारायणमान बिजुक्छेसम्म बसेर मुलुकको विकास, परिवर्तन संस्थागत गर्न बहसमा जुट्नुपर्ने खाँचो औँल्याए । “तर, द्वन्द्वले समाधान दिँदैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC