site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यसकारण बिग्रिन्छ मिर्गौला, यसरी बचाउने

डा. विष्णु पहारी

कन्सल्ट्यान्ट, नेफ्रोलोजी

केही वर्षयता संसारभर मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको छ । नेपाललगायतका विकासोन्मुख मुलुकहरुमा पनि मिर्गौला रोगीहरुको संख्या अत्यन्त चुनौतीपूर्ण रुपमा बढेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मिर्गौला रोगको शिघ्र पहिचान तथा र त्यसको समयमै निदान नै मिर्गौला स्वस्थ्य राख्ने मुख्य उपाय हो । मिर्गौला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउनुपर्छ, मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ ।

धुमपानको आदत भएका, ५० वर्षभन्दा माथिका वयष्कहरु र मिर्गौलामा समस्या भएकाहरूलाई मिर्गौला रोगको खतरा बढी हुने भएकाले हरेक वर्ष अनिवार्य रुपमा मिर्गौला परीक्षण गर्नुपर्छ ।

Global Ime bank

मिर्गौला रोग लागिसकेपछि यसको उपचार अत्यन्त महँगो भएकाले समयमै मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी हुन्छ ।

बिलासितापूर्ण जीवन जिउने र सुविधाभोगी जीवनशैलीले मोटोपनासँगै मिर्गौलाको समस्याहरु बढ्दै गएकाले सन्तुलित खाना सरल जीवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ, बिहान वा बेलुका कम्तिमा ३० देखि ४५ मिनेट हिँडडुल गर्नु अनिवार्य छ ।

सञ्चारमाध्यमहरुको सक्रियता र विभिन्न सचेतना कार्यक्रमहरुका कारण बढ्दो जनचेतना स्तरले पछिल्लो समयमा उपचारको दायरामा आउनेहरुको संख्या पनि उल्लेख्य रुपमा बढेको छ ।

पछिल्ला दिनहरुमा मिर्गौलाले काम गर्न छाडेर उपचारका लागि अस्पतालमा आउनेहरुमा वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न मुलुकमा गएर फर्किएका नेपालीहरुको संख्या पनि ठूलो छ ।

खाडीका देशहरुमा पिउने पानीको अभाव र कडा परिश्रम गर्ने र सोअनुसार पर्याप्त पानी नपिएका कारण धेरै नेपालीहरुको मिर्गौला फेल हुने गरेको छ । त्यसमाथि खाडीका देशहरुमा हरियो सागसब्जीभन्दा माछा मासु तुलनात्मक रुपमा सस्तो हुने भएकाले नेपालीहरुले खानामा अत्यधिक माछा मासु प्रयोग गर्ने गरेकाले पनि मिर्गौलामा समस्या देखिने गरेको पाइएको छ ।

मिर्गौला उपचार सम्भव नभएपछि अर्को विकल्पको रुपमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नेपालमा मिर्गौला प्रत्यारोपणका लागि सामान्यतः साढे तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ । प्रत्यारोपणका लागि मिर्गौला दाता आफ्नो नजिककै नाताबाट हुनुपर्छ, जुन सहज काम होइन । प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपणअघिको डायलायसिसको खर्चसमेत सामान्य नेपालीले धान्न सक्ने अवस्था छैन ।

संसारभर १० प्रतिशत मानिस मिर्गौलासम्बन्धी समस्याबाट पीडित छन् । यस तथ्यांकको आधारमा नेपालमा पनि कुल जनसंख्याको १० देखि १३ प्रतिशत करिब २७ लाख मानिसमा मिर्गौलासम्बन्धी समस्या भएको अनुमान गर्न सकिन्छ । जसमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजार जनाको मिर्गौला बिग्रने गरेको छ भने प्रत्येक वर्ष दुई हजार सात सयको मिर्गौला पूर्ण रूपमा फेल हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

(डा. पहारी ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत छन्)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७३  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC