site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी भिसाका लागि सामाजिक सञ्जालको रेकर्ड बुझाउनुपर्ने
Sarbottam CementSarbottam Cement

वाशिङटन । अमेरिकी भिसाको लागि अब आवेदकले सामाजिक सञ्जालको रेकर्ड पनि राख्नुपर्ने भएको  छ । अमेरिकी विदेश मन्त्रालयको पछिल्लो नियममा आवेदकले सामाजिक सञ्जालको नाम, ५ वर्ष यताका इमेल ठेगाना र फोन नम्बर पनि बुझाउनुपर्ने जनाइएको छ । 

यो नियम गएको वर्ष प्रस्ताव गरिएको थियो । यो नियमले वार्षिक रुपमा १४ दशमलब ७ मिलियन मानिसलाई प्रभावित पार्ने बताइएको छ । यो नयाँ नियम कतिपय कुटनीतिक र सरकारी भिसा आवेदकका लागि भने लागु नहुने जनाइएको छ । यद्यपि अमेरिकामा काम गर्नका लागि वा पढ्नका लागि जानेहरुले भने उनीहरुको सूचना हस्तान्तरण गर्नुपर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘हामीले अमेरिकी नागरिकलाई संरक्षण गर्नका लागि हाम्रो अनुगमन संयन्त्रमा निरन्तर सुधार गर्दै आइरहेका छौं, यसले आधिकारिक रुपमा अमेरिका यात्राका लागि मद्धत पनि गर्नेछ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ । पहिला भने आतंककारी गतिविधि भएका क्षेत्रका मानिसलाई थप अनुसन्धान गर्नुपर्दा मात्रै यस्तो रेकर्ड माग्ने गरिएको थियो । 

तर अब भने आवेदकको एकाउन्टको नाम तथा उनीहरुले चलाइरहेका सामाजिक सञ्जालहरुको नामसमेत दिनुपर्ने भएको छ ।  कसैले आफूले सामाजिक सञ्जाल प्रयोग गर्ने कुराका बारेमा झूठो बोलेमा गंभीर खालको अध्यागमन सम्बन्धी परिणाम समेत भोग्नुपर्ने एक अधिकारीले बताएको बीबीसीले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC