site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लालगेडी जस्ता थिए रवीन्द्र, वाइडबडीमा निर्दोष : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

पोखरा । “आँखामा हाले पनि नबिझाउने लालगेडी जस्ता थिए रवीन्द्र अधिकारी” शनिबार पोखरामा आयोजना गरिएको एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदका एकजना सदस्य रहेका स्वर्गीय रवीन्द्र अधिकारीका बारेमा यसो भने ।

सभागृहमा  रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन गरेपछिको सभामा प्रधानमन्त्री ओलीले शनिबार सम्बोधन गर्दै स्वर्गीय अधिकारीको बारेमा त्यति मात्र भनेर रोकिएनन्, “मैले रवीन्द्रलाई २०३९ सालमा चिनेदेखि जतिपल्ट भेटें नमुस्कुराएको चेहरा कहिले देखिनँ । जस्तै समस्या आएपनि हसिलो मुहार उनको पहिचान थियो ।”
मञ्चको दाँयाबाँया रवीन्द्रका हसिला तस्बिर टाँगिएका थिए । ओलीको मन्त्रिमण्डलमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री रहेका अधिकारीको  फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

रवीन्द्रबारे प्रधानमन्त्रीले भावुक हुँदै भने, “रवीन्द्रले जीउँदो हुन्जेल कसैका आँखामा आँसु आउन दिएनन् । मरेपछि कसैका आँखा पनि आँसुबिनाका भएनन् ।” चिनेको ३५ वर्षपछि आफ्नै मन्त्रिपरिषदको सदस्य भएपछि रवीन्द्रसँग झन् धेरै सामिप्य भएको  प्रधानमन्त्री ओलीले स्मरण गरे । “जतिसुकै संकट पर्दा पनि प्रशन्न चित्तको मान्छे” प्रधानमन्त्री ओलीले भने, “मेरो मन्त्रिपरिषदमा पोखराले अत्यन्तै सक्षम व्यक्ति दिएको थियो ।”

रवीन्द्रले छोटो समयमा लामा पदचाप छोडेर गएको प्रधानमन्त्री ओलीले बताए । “रवीन्द्रको यात्रा छोटो भयो तर लामा पदचाप छोडेर जानुभयो,” प्रधानमन्त्री ओलीले भने, “उहाँले छोडेका पदचाप हामीले पछ्याउनु पर्दछ ।”

Global Ime bank

वाइडबडीमा रवीन्द्र निर्दोष 
प्रधानमन्त्री ओलीले रवीन्द्र मन्त्री हुनुभन्दा अगावैको वाइडबडीको बिषय झिकेर बद्नाम गर्न खोजिएको बताए ।

अधिकारी र वाइडबडीका बिषयमा प्रधानमन्त्रीले कार्यक्रममा यसो भने, “मैले एउटा प्रसंगमा बोल्दा भने वाइडबडी काण्डमा रवीन्द्र अधिकारी मन्त्री हुनुभन्दा अगाडिका कुराहरुको प्रशंग ल्याएर उहाँको नाम बद्नाम गर्न कोशिश भयो र मैले भने उहाँ त्यस मामिलामा निर्दोष हुनुहुन्छ । एकथरी अत्यन्त छुद्र मतिका मान्छेहरुलाई सारै पोलेछ । वहाँ निर्दोष । वास्तवमा निर्दोष हुनुहुन्छ । मैले त्यही कुरा भने । कुनै सम्बन्धै छैन । केही भुईंफुट्टा तत्वहरु, केही भूंइफुट्टा संस्थाहरु प्रधानमन्त्रीले यसरी कुनै अदालतले फैसला नगरिकन निर्दोष छ भन्न पाइन्छ भन्न थाले । अदालतले फैसला नगरिकन चाहिँ दोषी छ भन्न पाइन्छ त ? म तिनीहरुलाई भन्न चाहन्छु, आरोप लगाउन पाइने ।  संलग्न नै नभएका कुरामा निर्दोष छ भन्न नपाइने ? ति भुईंफुट्टा संस्थारुहरुले नेकपाका पदाधिकारीलाई जोगाउन प्रधानमन्त्रीले निर्दोष छ भन्नुभयो भने । को हुन् ति न्यायाधीशहरु ? त्यही भूंइफुट्टाहरुले मिलेर तथाकथित संस्था गठन गरो अनि तेसो भन्न पाइन्छ ? निर्दोष भन्न पाइन्छ भन्ने ? निर्दोषलाई निर्दोषलाई निर्दोष भन्न किन पाइँदैन ?  त्यसकारण रवीन्द्र अधिकारी एउटा स्वच्छ आचरण भएको, स्वच्छ छवि भएको कर्मठ क्रियाशील व्यक्ति हो । पहिले नेकपा एमालेको नेता कार्यकर्तापछि नेकपाको नेता कार्यकर्ता । उहाँ अनुशासित, इमान्दार पार्टी कार्यकर्ता हो । पार्टीको नेतृत्वका विरुद्ध, निर्णयका विरुद्ध जथाभावी बोलेर आफ्नो बहादुरी हुन्छ भन्ने भ्रम नपाल्ने कार्यकर्ता हो ।”  

अधिकारीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठान सञ्चालनका लागि सरकारले १ करोड रुपैंया उपलब्ध गराउने प्रधानमन्त्री ओलीले घोषणा गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६  ०५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC