काठमाडौं । चीनले अनुदानमा दिन लागेको दुई थान ब्रुमर शुक्रबार काठमाडौं पठाउनका लागि ढुवानी गरिएको छ । चीनको छेदुङ नगरले अनुदानमा काठमाडौं महानगरपालिकालाई प्रदान गर्न लागेको ती ब्रुमर ८ देखि १० दिनभित्र काठमाडौं आइपुग्ने महानगरपालिका सहरी व्यवस्थापन प्रमुख हरिबहादुर कुँवरले बताए ।
८.६ मिटर लम्बाइ र ३.५ मिटर चौडाइ रहेका प्रतिघण्टा ३ देखि २० किलोमिटर सडक सफा गर्नसक्ने ती ब्रुमर युरो ४ मापदण्डमा रहेका छन् । “छेङ्दुबाट काठमाडौंका लागि ब्रमुर ढुवानी भइसकेको छ । १० दिनभित्र ती ब्रमर काठमाडौं आइपुग्छन्,” कुँवरले भने ।
असार १ गते छेदुङ नगरका प्रतिनिधिले महानगरपालिकालाई ती ब्रुमर हस्तारण गर्ने कार्यक्रम रहेको महानगरपालिका स्रोतले बताएको छ । चैत १२ गते महानगरपालिकाले इटालीबाट ल्याएको ५ वटा ब्रमरले सडक सफा गर्दै आएको छ । चीनबाट थप २ वटा ब्रुमर आइपुगेपछि महानगरपालिकाले ७ वटा ब्रुमर परिचालन गरिने कुँवरले बताए ।