site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी हुन् रंगशालामा डोजर लगाउने ‘नाइके’, नेकपाले गर्‍यो कारबाही
Sarbottam CementSarbottam Cement

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) दम्पतीले बनाउन लागेको क्रिकेट रंगशालाको बार भत्काउने प्रकाश कँडेललाई पार्टीले कारबाही गरेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले विज्ञप्ति जारी गर्दै कारबाही गरेको हो ।

नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारले कँडेललाई साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरेको जानकारी दिएका छन् । “धुर्मुस–सुन्तली फाउन्डेसनले देश तथा विदेशमा  रहेका आम नेपालीको आर्थिक सहयोगमा  निर्माण गर्न लागेको गौतम बुद्ध अन्तरराष्ट्रिय रंगशाला चितवनको मात्र नभईकन नेपालकै गौरव हो, भोलिको समृद्ध नेपाल निर्माणमा यो रंगशाला निर्माणले ठूलो महत्त्व राख्ने  हाम्रो पार्टीको ठहर पनि हो । यसरी निर्माणकै चरणमा विकासको बाधक बन्न खोज्ने प्रवृत्ति प्रति खेद व्यक्त गर्दै हाम्रो पार्टीले भरतपुर–१६ निवासी घटनामा मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारबाही गरेको छ । अर्का पार्टी सदस्य भैरव बस्ताकोटीलाई दुई महिनाका लागि निलम्बन गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चितवन भरतपुर महानगरपालिका–१६, कृषि तथा वन विश्वविद्यालयको जग्गामा बन्न लागेको गौतम बुद्ध अन्तरराष्ट्रिय रंगशालाको जस्तापाताको बार बुधबार बिहान स्थानीयले डोजर चलाएर भत्काइदिएका थिए । नेकपाका स्थानीय तहका नेता रहेका कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको अराजक जत्थाले रंगशाला छेक्न डठ्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएका थिए ।

कँडेलसहित बार भत्काउने १७ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । जस्तापाताको बार भत्काइएपछि केही दिनका लागि रंगशाला निर्माण कार्य स्थगन गरेको फाउन्डेसनले जानकारी दिएको छ ।

Global Ime bank

यो पनि पढ्नुहोस्

धुर्मुसको पीडा– गरिबका रगत पसिनामाथि डोजर चलाइयो !

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC