site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लोकमानतन्त्रविरुद्धको अभियान रोकिँदैन : डा. गोविन्द केसी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडाैं । चिकित्सा शिक्षामा भएका बेथिति र भ्रष्टाचारविरुद्ध आठ पटकसम्म अनशन बसेका डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको अभियान सेलाउन नदिने प्रतिबद्धता प्रकट गरेका छन् । सोह्र दिनको अनशनबाट भर्खरै तंग्रिदै गरेका डा. केसीले बिहीवार अस्पतालको शैयाबाटै बाह्रखरीलाई दिएको जानकारीअनुसार सरकारसँग सम्झौता हुँदैमा ढुक्क भएर बस्न नसकिने भएकाले त्यसको कार्यान्वयनका लागि दबाव दिन पनि उनको अग्रसरता कायमै रहनेछ । 
डा. केसीले आउँदो शनिवार माइतीघर मण्डलाबाट सुरु भएर नयाँ वानेश्वरको संसद् भवनसम्म जाने जुलुसमा आफू पनि सहभागी हुने बताएका छन् । “म माइतीघरदेखि वानेश्वरसम्म पूरै हिंड्न सक्छु कि सक्दिन भन्ने त अहिले भन्न सक्तिन तर साथीहरूले मेरा माग सम्बोधन गर्न आयोजना गर्नुभएको दबाब कार्यक्रममा म जरुर सरिक हुन्छु,” डा. केसीले भने । सो जुलुस ‘सोलिडारिटी फर गोविन्द केसी अलायन्स’ले गर्न लागेको हो । 
सोह्र सोह्र दिन अनशनमा बस्दा जनताले देखाएको सद्भाव र समर्थनलाई कसरी मूल्यांकन गर्नुभयो भन्ने प्रश्नमा डा. केसीले भने, “नेपाली समाज सही छ, जनता सरल स्वभावका र इमानदार छन् । यसपटक लोकमान सिंहको यत्रो सन्त्रास हुँदाहुँदै पनि जुन सद्भाव र सहयोग देखियो त्यसले गर्दा भ्रष्टाचार र बेथितिविरुद्धको हाम्रो अभियान सशक्त भएको छ । म नेपाली जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”
डा. केसीलाई अनशन बस्न पत्रकार तथा प्रकाशक कनकमणि दीक्षितले उक्साएको हो भनेर सोधिएको एक प्रश्नमा डा. केसीले भने, “मैले चौथो अनशनमा पनि अख्तियार प्रमुखलाई कारवाही गरिनुपर्छ भनेर माग राखेको थिएँ । त्यसबेला दीक्षितको  कुनै प्रसंग थिएन । अहिले उनको पनि प्रसंग परेकाले यो नचाहिने आरोप लगाएका हुन् । मलाई भ्रष्टाचार, बेथिति र समाजका विसंगतिविरुद्ध आवाज उठाउन कसैले उक्साउनु पर्दैन ।”
कनक दीक्षितका अन्य संलग्नता के छन् र के हुन् आफूलाई थाहा नभएको बताउँदै दीक्षितले आन्दोलनमा सहयोग गरेको आफूलाई जानकारी भएको भन्दै डा. केसीले भने, “अरू केही भन्न नसके पनि लोकमानभन्दा त दीक्षित धेरै सही व्यक्ति हुन् भनेर चाहिँ भन्न सक्छु ।”
के डाक्टर केसी नेपालमा रहेको भ्रष्टाचार, बेथिती र अख्तियार दुरुपयोगविरुद्ध आवाज बुलन्द गर्न अघि बढेका हुन् त ? डाक्टर केसी सो कुरालाई नम्रतापूर्वक अस्वीकार गर्छन् । “मेरो माग त शिक्षा क्षेत्रमा भएको बेथितीसम्बन्धी मात्र हो । मलाई थाहा छ भ्रष्टाचारको मुख्य जड लोकमान नै हुन् तथापि मेरो माग चिकित्सा शिक्षाको विषयमात्र हो । यही विषयमा उनीमाथि कारवाही गराउन सकिए अहिले लोकतन्त्रको खिल्ली उडाउँदै चलेको लोकमानतन्त्रको अन्त्य हुन्छ । यसले भ्रष्टाचारबाट आक्रान्त समाजलाई सुधार गर्न बल दिन्छ ।”
निजी मेडिकल कलेजले डा. केसीविरुद्ध गरेको आन्दोलनलाई उनी लोकतन्त्रको स्वाभाविक अभ्यासका रूपमा लिन्छन् । जनताले सही र गलत के हो भन्ने बुझिसकेको र तीन करोड जनताको हितमा बोल्ने को हो र आफ्नो व्यक्तिगत स्वार्थ हेर्ने को हुन् भन्ने पनि जनताले राम्रैसँग बुझेको उनी बताउँछन् ।
नेपालमा लोकतन्त्रका संरक्षकका रूपमा उभिनुपर्ने राजनीतिक नेताहरूमा नैतिक बल नभएको कारणले सबै समस्या देखिएको बताउँदै डा. केसीले बिस्तारै नेपाली नेतामा चेतना फैलिने विश्वास देखाए । “गगन थापा, धनराज गुरुङ तथा श्याम श्रेष्ठले जुन नैतिक साहस र नेतृत्व क्षमता देखाए त्यसबाट म निकै प्रभावित छु,” डा. केसीले भने । यी तीन नेताले डा. केसीको आन्दोलनलाई समर्थन गर्दै केसीको मागलाई संसद्मा प्रवेश गराएका हुन् ।
“हामीले गर्न थालेको कार्यक्रम दबाबमूलक कार्यक्रम हो । मसँग भएको सम्झौता कार्यान्वयनका लागि दबाब नदिने हो भने तीन करोड जनताको स्वास्थ्य अधिकार प्राप्तिको आन्दोलन सफल नहुने खतरा देखेको हुनाले दबाबलाई निरन्तरता दिन लागिएको हो,” डा. केसीले भने ।
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC