site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तपाईंलाई कत्तिको रिस उठ्छ ? यस्तो छ नियन्त्रण गर्ने उपाय
Ghorahi CementGhorahi Cement

एजेन्सी । धेरै अवस्थामा हामी आफ्ना भावनाहरु सम्हाल्न सक्दैनौँ । विशेषगरी रिस नियन्त्रण गर्न अत्यन्तै कठिन हुन्छ । एकछिनमै मानिसहरु रिसको झोँकमा आएर गर्न नहुने काम गर्ने वा भन्न नहुने कुरा भन्ने गर्दछन् र पछि गएर आफ्नो व्यवहारप्रति पछुताउने गरेको पाइन्छ जसले हाम्रो पारिवारिक सम्बन्धमा नराम्रो प्रभाव पार्ने गर्दछ । 

यसरी क्रोध हाम्रो सम्बन्धका लागि मात्र नभएर स्वस्थ्यका लागि पनि उत्तिकै हानिकारक हुन्छ । यसले सम्बन्ध त बिगार्छ नै साथै तपाईँको स्वास्थ्यमा पनि गम्भीर असर पार्ने गरेको बताइएको छ । एउटा नयाँ अनुसन्धानले रिसले हाम्रो स्वास्थ्यमा तनावले भन्दा बढी असर गर्ने गरेको देखाएको छ ।  

Agni Group

विशेषगरी यसका कारणले मुटु सम्बन्धी रोगका साथै ‘इन्फ्लामेसन’मा योगदान पुर्याउने गरेको बताइएको छ । इन्फ्लामेसन त्यो प्रक्रिया हो जसमार्फत हाम्रो शरीरले चोट र संक्रमणसँग लड्ने गर्दछ तर अत्यधिक इन्फ्लामेसनले स्वास्थ्य सम्बन्धी गम्भीर समस्या गराउन सक्छ ।  यसरी सबै किसिमका नकारात्मक भावनाले व्यक्तिको जीवन र स्वास्थ्यमा असर पार्दछ भन्ने सिद्धान्तका आधारमा गरिएको अनुसन्धानपछि यस्तो पत्ता लागेको हो । 

तर अन्य भावनाको तुलनामा क्रोधले मानिसलाई कठिन परिस्थितितर्फ धकेल्ने गर्दछ जबकी दुःखले आघात अनुभवपछि त्यसलाई ठीक गर्नमा मद्दत पुर्याउने गर्दछ । यसैकारण रिसलाई दुुःखी हुनुभन्दा खतरनाक मानिएको हो ।  अझ उमेर बढेसँगै मानिसहरुले आफ्ना प्रिय व्यक्तित्वको मृत्यु लगायत विभिन्न शारीरिक र मानसिक परिस्थितिहरुको सामना गर्नुपर्ने हुँदा नकारात्मक भावना बढ्दै जान्छ जसलाई पनि गम्भीर स्वास्थ्य अवस्थाका लागि जिम्मेवार मानिन्छ । 

Global Ime bank

यसबारेमा क्यानडास्थित कोनकोर्डिया युनभर्सिटीका मनोविश्लेषण प्रोफेसर रोसले स्वास्थ्य सम्बन्धी अध्ययनका डाटाहरु परीक्षण गरि ५९ देखि ९३ वर्षका मानिसहरुमा हप्तामा तीनपटक सर्वेक्षण गरेका हुन् ।  यसमा सहभागीहरुले स्वास्थ्य सम्बन्धि पनि जानकारी गराएका थिए भने रगतका नमुना पनि दिलाइएको थियो जसपछि अनुसन्धानकर्ताहरुले धेरै रिसाउनेहरुमा अधिक इन्फ्लामेसनको लक्षण फेला पारेका हुन् । 

वास्तवमा रिसले मानिसको शरीरमा स्ट्रेस हर्मोनको स्तर बढाइदिने हुनाले पनि शरीरमा इन्फ्लामेसन बढ्दै जाने गर्दछ । त्यसैले कम रिसाउने मानिसको तुलनामा बढी रिसाउनेहरुमा क्यान्सर, मुटु सम्बन्धी रोग लगायत दिर्गकालीन रोग मध्ये एउटा समस्या हुने गरेको पाइएको हो । तर अनुसन्धाकर्ताहरुले दुःख र स्वास्थ्य अवस्थाबीच भने यस्तो सम्बन्ध नरहेको पत्ता लगाएका हुन् । 

उनका अनुसार लामो समयसम्म दुःखी रहनाले तनाव र एक्लोपना लगायतका समस्या गराउन सक्छ तरपनि धेरै अवस्थामा दुःखले मानिसलाई नराम्रा परिस्थिति पछिको अनुभव बिर्साउन र आफ्नो हविगत स्वीकार्न मद्दत गर्ने गरेको रोस बताउँछन् ।  साथै यसले सामाजिक समर्थन प्राप्त गर्न पनि सहयोग गर्ने बताइएको छ । तर रिसले समस्या समाधान नगरेर उल्टै तनाव बढाउने र समस्या झन ठूलो बनाइदिन सक्छ जसकारण मान्छेमा मानसिक अनियमितता उत्पन्न हुने रोसको भनाइ छ । 

अमेरिकी साइकोलोजिकल असोसिएसनले क्रोध नियन्त्रण गर्न आरामदायक शारीरिक व्यायाम गर्ने, योग, ध्यान गर्ने, एकदम सोचेर बोल्ने, बोल्ने क्षमतामा सुधार ल्याउने, वातावरण सकेसम्म तनावमुक्त राख्ने र माफी अनि हाँसो ठट्टामा विश्वास राख्न सुझाव दिएको छ । टाइमबाट
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC