site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यस्तो आयो बजेट (हाइलाइट्स तथा इन्फोग्राफिक्स)
Sarbottam CementSarbottam Cement

इन्फोग्राफिक्स : देवेश मानन्धर


काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त वैठकमा अगामी आव २०७६-०७७ को बजेट प्रस्तुत गरेका हुन् ।

यस्तो छ आगामी बजेटको प्रारूप

Prabhu Bank
Agni Group
NIC Asia

–आर्थिक वर्ष २०७६-७७ को बजेट : १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ

–आार्थिक वृद्धिदर लक्ष्य : ८.५ प्रतिशत

Global Ime bank

–मुद्रास्फीति : ६ प्रतिशत

बजेट प्रकार

–चालु : ९ खर्ब ५१ अर्ब १० करोड अर्थात् ६२.४ प्रतिशत

–पुँजीगत : ४ खर्ब ८ अर्ब ५९ करोड ८२ लाख अर्थात् २६.९ प्रतिशत

–वित्तीय व्यवस्था : १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत

स्रोत

–राजस्व : ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख

–वैदेशिक अनुदान : ५७ अर्ब ९९ करोड ५५ लाख

–वैदेशिक ऋण : २ खर्ब ९८ अर्ब ८३ करोड ३३ 

–आन्तरिक ऋण : १ खर्ब ९५ अर्ब

बजेटका हाइलाइट्स

–चरम गरीबिको अन्त्य र पिछडियका व्यक्तिको उत्थानमा जोड ।

–प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई रु ८९ अर्ब ९५ करोड समानीकरण अनुदान विनियोजन ।

–प्रदेश र स्थानीय तहले आफूले पहिचान गरी आफ्नो क्षेत्रमा सञ्चाडलन गर्ने आयोजनाहरुको लागि रु १० अर्बसम्म पुरक अनुदान ।

–आगामी आव सामाजिक रुपान्तरणको आधारशिलाको रुपमा शिक्षाका लागि सबै बालबालिकालाई प्राविसम्म अनिवार्य र माविसम्म निशुल्क शिक्षा प्रदान गरिने ।

–खुला विश्वविद्यालय सञ्चादलन गरिने । साक्षर नेपाल घोषणा गर्न साक्षर नेपाल अभियान र आगामी वर्षमा ७० जिल्लाई साक्षर जिल्ला घोषणा गरिनेछ ।

–अपागंता भएका बालबालिका, सहिदका छोराछोरी र जेहन्दार विद्यार्थीलाई छात्रवृति प्रदान । नेपाल सरकारबाट प्रदान गरिने छात्रवृतिमा एक विद्यार्थीलाई एक प्रकारको मात्र छात्रवृति प्रदान गरिनेछ । दलितलाई १० लाख ७६ हजार विद्यार्थी लाभावन्वित हुनेछन् ।

–विद्यालय तहको छात्रवृतिका लागि रु तीन अर्ब १९ करवड विनियोजन ।

–जनसंख्याको बनोट र नक्सांकन गरि विद्यालयको समायोजन र एकिकरण गरिनेछ ।

–चिनौ आफ्नै माटो बनाऔं आफ्नै देश अभियान अर्न्तगत प्राविधिक विषय र गणित, अंग्रेजी र विज्ञान विषयमा शिक्षक नपुग भएका स्थानमा स्नातक र स्नातकोत्तर अध्ययनरत गरिरहेका विद्यार्थीलाई शिक्षक स्वयंसेवकका रुपमा परिचालन गर्ने र जसका लागि एक अर्ब ५० करोड विनियोन ।

–२१२ स्थानीय तहमा सामुदायिक विद्यालयमा प्राविधिक धारको अध्ययन गराउन रु २६ करोड बजेट विनियोजन ।

–महिलाहरुमा बढ्दो सर्भाइकल क्यानसर र घातक रोगविरुद्ध आवश्यक उपचारका लागि बजेट विनियोजन ।

–विपन्न नागरिकका आठ प्रकारका जटिल र असाध्य रोगको उपचारका लागि रु २ अर्ब २० करोड विनियोजन ।

–आमा र बच्चाको पोषण सुनिश्चित गर्न गर्भावस्थादेखि नै स्वास्थ्य सुरक्षा प्रदान गरिनेछ र गर्भवती जाँच सेवा लिने र सुत्केरी हुनेका लागि प्रदान गरिने यातायात सेवा लागि रु दुई अर्ब २२ करोड विनियोजन ।

–मुलुकभरका लागि५२ हजार महिला स्वयंसेवकिकाले पुर्याउँदै आएको स्वास्थ्य सेवाको उच्च कदर गर्न सेवालाई थप प्रोत्साहन गर्न यातायातको खर्च स्वरुप वार्षिक रु तीन हजार उपलब्ध गराउन १५ अर्ब विनियोजन ।

–सबै प्रदेशमा कम्तिमा एक अस्पतालबाट विशिष्टिकृत सेवा प्रदान गरिनेछ ।

–सामाजिक सुरक्षा र नागरिक संरक्षण स् ज्येष्ठ नागरिकलाई राज्यले सम्मान र संरक्षण गर्नुपर्छ भन्ने  अभियान अनुरुप प्रदान गर्दै आएको रकममा ७० वर्ष पुगेका नागरिकलाई एक हजार थप गरी प्रदान गरिनेछ ।

–लोककल्याणकारी राज्यको दायित्व निर्वाह गर्दै दलित, अपांग र पिछडिएका व्यक्तिहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्तामा एक हजार थप गरी प्रदान गरिनेछ ।

–७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि एक लाखसम्मबो बिमा रकम सरकारले व्यहोर्ने छ ।

–दलित तथा कर्णाली क्षेत्र र मानव सूचांकको रेखामा रहेका बालबालिकाको लागि बाल संरक्षण अनुदान स्वरुप एक र्अब ६४ करोड रुपैयाँ विनियोजन ।

–आगामी वर्षलाई युवाको वर्षको रुपमा मनाइने छ । विभिन्न गैससबाट युवा परिचालन गरिनेछ ।

–आगामी वर्ष युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिने ।

–राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई थप विस्तार गरिनेछ ।

–महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र विभेदको अन्त्यका र वादी महिलाको विकासका लागि महिला आवास कार्यक्रम सञ्चानलन गरिने ।

–संघ, प्रदेश र स्थानीय तहले सडकमा रहेका बालबालिकाको बाल संरक्षण कार्यक्रम सुरु गरिने ।

–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय तथा संस्थाहरुलाई जावफदेही र मर्यादित बनाउँदै पारदर्शी रुपमा परिचालन हुन प्रोत्साहित गरिनेछ ।

–अलपत्र मेलम्ची परियोजनाका लागि ७ अर्ब ३९ करोड

–गरिबीको अन्त्य गर्न र किसानलाई प्रोत्साहन गर्न । कृषि सामग्रीमा अनुदान । उत्पादन । सहुलियत ऋण । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनलाई पुनसंरचना र विस्तार गर्न आठ अर्ब १० करोड विनियोजन ।

–सम्भाव्यताको आधारमा फाँपर र भटमासको जोन बनाइने ।

–दुध, ताजा माछा र मासुमा आत्मनिर्भर बनाइने ।

–पहाडमा सय रोपनी र तराईमा एक सय बिघा जमिन एकिकरण गरी व्यवसायिक रुपमा कृषि गर्नेलाई सहुलियत र अनुदान ।

–कृषी सूचना र कृषि बजारमूल्यको जानकारी लागि कृषि एप्सको व्यवस्थापन गरिनेछ ।

–सबै प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला निर्माण गरिनेछ ।

–कृषिको सुपर जोन, जोन र बल्कहरुमा सिँचाईको व्यवस्थापन गरिनेछ ।

–निर्माणाधिन राष्ट्रिय गौरवका रानी जमरा, भेरी डाइभर्सनको निर्माणमा निरन्तरता दिइनेछ ।

–सुनसरी, मोरङ तथा नारायणी लिफ्ट सिचाईं आयोजना गरिने । सौर्य उर्जासमेतको उपयोग गरी लिफ्ट सिचाईं सुरु गरिनेछ । तराई मधेसका भूमिगत सिचाईं सुविधा उपलब्ध गराइने । तराई मधेसमा समयोजनात्मक रुपमा विकास गर्न समृद्ध तराईघ मधेस सिचाईं कार्यक्रमका लागि रु ९६ करोड विनियोजन ।

–राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको संरचनागत परिवर्तन गर्दै पूर्वी मध्य र पश्चिम क्षेत्रमा रहेका आयोजना कार्यालयमार्फत कार्यक्रम अघि बढाउन रु एक अर्ब ७४ करोड विनियोजन ।

–गल्छी पहिरो नियन्त्रण एक सय १६ पोखरी निर्माण गरिने छ ।

–मुक्त कमैया, मुक्त हलियालगायतका सबै भूमिहीन र समान्तकृत परिवारको बसोबास व्यवस्थित गरिनेछ । लामो समयदेखिको सामाजिक कलंकबाट मुक्त हुनेगरी कमैया र हलियाको पूर्ण बसोबासको व्यवस्था आगामी आवभित्रै पूरा गरिनेछ ।

–आगामी दुई वर्षभित्र जग्गाधनी पुर्जा विद्युतीय बनाइनेछ ।

–अतिक्रमित सरकारी जग्गाहरु आगामी आवभित्र सरकारको मातहतमा ल्याइने छ ।

–भूमि बैंकको स्थापना गरिने ।

–नेपाल एकिकरणका शिलशिलामा स्थापना गरीएका गढी र किल्लाहरुलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइँने छ । सुदूपश्चिमको दार्चुलादेखि सूदुर पूर्वको ताप्लेजुङसम्म हिमालयन हरित पदमार्गको रेखाकंन गरी पदमार्ग निर्माण सुरु गरिनेछ

–महाभारत क्षेत्रमा उपयुक्त पर्यटकीय क्षेत्रलाई विदा मनाउने उत्कृष्ट गन्तव्यको रुपमा विकास गरिनेछ ।

–पर्यटन क्षेत्र पूर्वाधार विकासका लागि रु २ अर्ब ६८ करोड विनियोजन ।

–स्वदेशी वस्तु उपयोगलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।

–अन्तर्राष्ट्रिय सभा सम्मेलन र सरकारी तवरबाट उपहार दिनुपर्दा स्वदेशी उत्पादन नै उपहार दिनुपर्ने व्यवस्था अनिवार्य गरिनेछ ।

–सम्भाव्य स्थानमा फलाम, पेट्रोलियम पदार्थ, बहुमुल्य पत्थर, तामा, युरेनियम र सुनखानीको अध्ययन गरी उत्खनन गरिनेछ ।

–चोभारमा अन्तर्राष्ट्रिय प्रदर्शनीसहितको सुख्खा बन्दरगाह, रसुवागढीको सुख्खा बन्दरगाह, नेपालगन्जको अन्तर्राष्ट्रिय चेकपोस्ट सुरु गरिनेछ ।

–मुस्ताङको नेचुङ र ताप्लेजुङको ओलाङचुङगोलामा भन्सारको व्यवस्था गरिनेछ ।

–अनावश्यक आयातलाई घटाउन सेफगार्ड र एन्टीडम्पिङ कानुनको निर्माण गरिनेछ ।

–द्विपक्षीय तथा बहुपक्षीय व्यापार सन्धिको पुनरावलोकन, जल तथा रेलवे सेवासम्बन्धि सम्झौताको समयानुकल परिवर्तन गरिनेछ ।

–चीनको बन्दरगाहमार्फत तेस्रो मुलुकसँगको व्यापार सुरु गरिनेछ ।

–सबै प्रकारका कार्टेलिङ र सिन्डिकेट अन्त्य गरीनेछ ।

–पेट्रोलियम पाइप लाइन विछ्याउने कार्यलाई अन्तिम रुप दिएर पेट्रोलियम पदार्थको आयातलाई सहज बनाइने छ ।

–उद्योग, वाणिज्य तथा आपुर्ती क्षेत्रको विकासका लागि रु आठ अर्ब ७४ करोड विनियोजन ।

–प्रदेश २, कर्णाली र सुप प्रदेशलाई पूर्णरुपमा अध्याँरोमुक्त प्रदेश घोषणा गरिनेछ ।

–बुढीगण्डकी आयोजनाका लागि रु १३ अर्ब १४ करोड विनियोजन।

–एक हजार मेगावाट जलविद्युत क्षमता राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

–प्रत्येक नेपालीलाई क्षमता अनुसारको लगानी गर्न नेपालको पानी जनताको लागि अभियानअर्न्तगत १८ आयोजनाको निर्माण कार्य अघि बढाइने छ ।

–प्रत्येक नेपालीलाई क्षमता अनुसारको लगानी गर्न नेपालको पानी जनताको लागि अभियानअर्न्तगत १८ आयोजनाको निर्माण कार्य अघि बढाइने छ ।

–महाकाली नदीमा बन्ने पुलका लागि ९० करोड विनियोजन ।

–पूर्वपश्चिम राजमार्गको लागि रु १९ अर्ब ८५ करोड विनियोजन ।

–काठमाडौंलगायतका अन्य सहरहरुमा मेट्रो तथा मोनोरेल सञ्चोलन गर्न डीपीआर गरिनेछ । डीपीआरपछि मेट्रो र मोनोरेल सञ्चाकलनका लागि रु सात अर्ब ७० करोड विनियोजन ।

–राष्ट्रिय राजमार्ग तथा निश्चित दूरीमा विमानस्थल निर्माण गरिनेछ ।

–सडक किनारालाई माटोरहित बनाउनुका साथै काठमाडौंलगायतका ठूला निर्माण स्थलहरुमा स्वचालित सवारी साधन प्रयोग गरी काठमाडौं धुलोमुक्त सहर बनाइने छ ।

–सडक, रेलमार्ग र जलमार्गका लागि एक खर्ब ६३ अर्ब

–सम्भाव्यताको आधारमा राजमार्गको कुनै खण्ड दायाँबायाँ खाली गरी आकस्मिक अवतरणका लागि जमिन खाली गर्ने व्यवस्था मिलाइने छ ।

–पूर्वाधार निर्माण परामर्श कम्पनी सञ्चा्लन गरिने छ ।

–सडक, रेल तथा जल यातायातका लागि रु १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजन ।

–धरहरा बनाउन एक अर्ब

–सडक, रेलमार्ग र जलमार्गका लागि एक खर्ब ६३ अर्ब

–यातायात क्षेत्रको सिन्डिकेट अन्त्यपछि सार्वजनिक यातायातमा विद्युतीय कार्डको व्यवस्था गरिनेछ । तोकिएको समयमा यात्रा सुरु गरी तोकिएकै समयमा गन्तव्यमा पुगिने गरी व्यवस्था गरिनेछ ।

–ठूला यात्रु क्षमताका सवारी साधन सञ्चालन लाई प्रोत्साहन गरिनेछ ।

–जीपीएस प्रविधिको प्रयोग गरी सार्वजनिक यातायातको अवस्थिति अनुगमन गरिनेछ ।

–काठमाडौं उपत्यका नजिकै अर्को आन्तरिक विमानस्थल

–हुलाकी र मध्य पहाडी लोकमार्गको आसपासमा सम्भाव्यता अध्ययनको आधारमा आधुनिक नयाँ सहरको विकासका लागि रु एक अर्ब ९८ करोड विनियोजन ।

–नगर विकास कोषलाई नेपाल सहरी विकास निगममा परिणत गरी सहरी पूर्वाधार निर्माण कार्यहरुलाई स्थानीय तहको साझेदारीमा सञ्चा लन गरिनेछ ।

–भूकम्प तथा प्राकृतिक प्रकोप प्रतिरोध भवन निर्माण गर्न भवन संहिता र भवन निर्माणको मापदण्ड तय गरिनेछ ।

–भूकम्पपछिको पुनर्निमाणलाई सम्पन्न गर्न रु ५८ अर्ब ७३ करोड विनियोजन ।

–सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे गरी प्रदेश राजधानीसँग जोडिनेछ ।

–पशुपती क्षेत्रको विकासका लागि रु ३५ करोड विनियोजन ।

–आदीवासी, जनजाती र दलित समुदायको कला संरक्षण गरिने ।

–आमसञ्चार क्षेत्रको गुणस्तरीय एवंम सर्वसुलभ पहुँचका लागि आमसञ्चा र ऐन तर्जुमा गरिने । रेडियो नेपाल र नेपाल टेलिभिजनको एकिकरण सम्पन्न गरी सार्वजनिक सेवा प्रसारण संस्थाको रुपमा सञ्चारलन गरिनेछ ।

–सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

–नेपाली पत्रकारीतामा गुणस्तरीयता, व्यवसायिकता र स्वस्च्छ अभ्यासलाई प्रोत्साहित गर्न तथा पत्रकार दुर्घटना बिमा र पत्रकार वृति कोषलाई पत्रकारको हितमा परिचालन गर्न व्यवस्था गरिएको ।

–लोककल्याणकारी विज्ञापनमा १५ प्रतिशतले वृद्धि गरिएको छ ।

–काभ्रेमा सुरक्षित छापाखाना स्थापना गर्ने । जसमा बैंक नोट, राहदानी, जग्गाधनी प्रमाणपत्र छपाई गरिनेछ ।

–सबै स्थानीय तहका स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा बोर्डब्याण्ड इन्टरनेट जोडिनेछ ।

–हुलाकलाई व्यवस्थित गरिनेछ ।

–आगामी वर्षका छायाकंनका लागि नेपाल अभियान सुरु गरिनेछ ।

–काठमाडौंमा अत्याधुनिक स्टुडियो निर्माण कार्य सम्पन्न गरिने ।

–श्रमजीवि चलचित्रकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने छ ।

–डिजिटल नेपाल निर्माण गर्न, नागरिक पहुँच स्थापित गर्न सार्वजनिक सूचना प्राणलीलाई व्यवस्थित गरिनेछ ।

–वित्तिय क्षेत्रमा सुशासन र स्थायित्व कायम गरिनेछ ।

–संघ, प्रदेश र स्थानीय तहमा भएका खर्चलाई एकिकृत गरी सार्वजनिक लेखाकंन र प्रतिवेदन प्रणालीको विकास गरिनेछ ।

–स्थानीय तहलाई उठाउने राजश्व र राजश्वजस्ता कार्यलाई थप सुदृढ बनाउन राजश्व सुधार कार्ययोजना तर्जुमा गरी एकरुपता ल्याइने छ ।

–संघ, प्रदेश र स्थानीय तहले कानुन बनाउँदा समन्वयतमक संयन्त्र बनाइने छ ।

–सरकारी कर्मचारीको तलब २० प्रतिशतसम्म बढ्यो

–सरकारी खर्च व्यवस्थापनलाई नतिजामा आधारित बनाइने छ ।

–नयाँ विकास सहायता नीति बमोजिम विदेशी सहयाता रकम खर्च गरिनेछ ।

–मौसमी प्रतिकुलताका कारण खर्च हुन नसकेको रकम तत्कालै नयाँ आर्थिक वर्षमा खर्च गर्न मिल्ने व्यवस्था गरिनेछ ।

–उच्च पदमा कार्यरत कर्मचारीहरुसँग करार सम्झौतागरी करारका शर्तहरुलाई कार्यसम्पादन मूल्याकंनको आधार बनाइने छ ।

–कार्यसम्पादनको आधारमा हरेक वर्ष कर्मचारीको करार सम्झौता नविकरण गरिनेछ । आयोजना प्रमुखको कार्यसम्पादन ९० प्रतिशतभन्दा कम भएको अवस्थामा बाहेक निजलाई अन्यत्र सरुवा गरिनेछैन ।

–आयोजना प्रमुख निजामति सेवाबाहेकका क्षेत्रबाट समेत प्रतिस्पर्धाको आधारमा छनोट गरी आयोजना अवधिभरका लागि नियुक्त गर्ने प्रणालीको विकास गरिनेछ ।

–कर प्रणालीमा संरचनात्मक परिवर्तन गरी दीगो कर प्रणालीमा रुपान्तर गरिनेछ ।

–कच्चा पदार्थको महसुल तयारी वस्तुको भन्दा एक तह कम हुने ।

–दुई तीन र चार थान एम्बुलेन्समा एक प्रतिशतमात्र भन्सार महसुल ।

–जल यातायातका साधको पैठारीका लागि लाग्ने कर १५ प्रतिशतबाछ घटाएर पाँच प्रतिशतमा पुर्याधएको ।

–विदेशबाट फर्केका नेपाली यात्रुले साथमा ल्याएको सय ग्रामसम्मको सुनको गहना महसुल तिरी पैठारी गर्नसक्ने व्यवस्था ।

–१५ खर्ब ३२ अर्बको बजेट, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब

–आव ०७५(०७६ मा स्टार्टअप सुरु गरेका तर करको दायरमा नआएका कम्पनी तथा संस्थाको करको दायरामा आए कर मिनाह हुने व्यवस्था ।

–मदिरा, चरोट तथा अन्य स्वास्थ्यमा हानी पुर्यारउने कुराहरुमा लाग्दै आएको करमा वृद्धि ।

–आयकरका दरहरुमा वृद्धि गरिएको छैन । आयकर छुट हुने सिमावृद्धि गरी व्यक्तिको हकमा चार लाख र दम्पतीको हकमा चार लाख पचास हजार पुर्याछएको छु ।

–एक व्यक्ति एक स्थायी लेखा नम्बरको अभियानलाई विस्तार गर्न जुनसुकै आन्तरिक राजश्व कार्यालयबाट प्यान लिनसक्ने व्यवस्था गरिएको ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC