site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएका छन्  । 
एक हप्ताअघि नेपालगन्जमा बसेको महासंघको कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने निर्णय गरेको हो । महासंघका अध्यक्ष पशुपति मुरारकाले महासंघको कार्यसमितिले यो निर्णय गरिसकेको बताए । “अब महासंघको साधारणसभाले कार्यसमितिले गरेको निर्णयलाई स्वीकृत गरेपछि कार्यान्वयनमा आउँछ,” उनले भने । 
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान आएपछि महासंघको अध्यक्ष हुने बेलामा देखिने विकृति कम भएर जाने महासंघको विश्वास छ । “महासंघको अध्यक्षमा चुनाव हुने भएपछि उद्योगी–व्यवसायी कहिले कुन राजनीतिक दलका नेताको घरमा पुग्ने त कहिले कुन राजनीतिक दलको कार्यालयमा पुग्ने गर्छन,” महासंघका एक कार्यसमिति सदस्यले भने, “अब अध्यक्ष विधानअनुसार तोकिन्छ । वरिष्ठ उपाध्यक्षको चुनाव हुन्छ, जुन कम खर्चिलो हुन्छ ।” 
महासंघ अध्यक्ष मुरारकाका अनुसार अब हुने साधारणसभाले विधान संशोधनसहित वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान ल्याउने बताए । “महासंघ यसअघि पनि वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बढाउने विषयमा अघि बढेकै हो,” उनले भने, “तर, यो कार्यसमितिबाट अन्तिम रूपमा आएको छ ।” 
नेपाल उद्योग परिसंघ (सीएनआई)मा पनि अध्यक्ष हुन पहिला वरिष्ठ उपाध्यक्ष हुनुपर्ने प्रावधान छ । सीएनआईमा जो वरिष्ठ उपाध्यक्ष हुन्छ, त्यही नै अध्यक्ष हुने प्रचलन छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC