site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
करोडौं ठगीका आरोपी पर्शुराम गुरुङलाई थाइल्याण्डबाट नेपाल ल्याइयो
Ghorahi CementGhorahi Cement

काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने झापा पथरियाका पर्शुराम गुरुङलाई थाइल्याण्डबाट नेपाल ल्याइएको छ । गुरुङ  थाइल्याण्डमा पक्राउ परेका थिए । 
 
केन्द्रिय अनुसन्धान ब्यूरो शीआर्इबीले आज पत्रकार सम्मेलन गरेर गुरुङलाइ सार्वजनिक गर्दैछ।

रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभनमा करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास र नेपाल प्रहरी इन्टरपोल साखाको सहयोगमा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । 

Agni Group

उनले क्यानडा, अष्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देश पठाइदिने प्रलोभन दिर्इ विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको भन्दै राजदूतावासमा उजुरी परेको थियो । फरार गुरुङमाथि नेपाल प्रहरीले इन्टरपोलमार्फत पक्राउ पूर्जीसमेत जारी गरेको थियो । 

उनलाई थाइल्याण्डको प्रहरीले नेपाली राजदूतावासका प्रतिनिधिको उपस्थितिमा बैंककमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । 

Global Ime bank

थाइल्याण्डमा अवैध राहदानी र विनाप्रवेशाज्ञा गैरकानुनीरुपमा बसेको अपराधमासमेत त्यहाँको सरकारले गुरुङमाथि अनुसन्धान गरेको थीयो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC