site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुर्तीजन्य पदार्थको सेवनले नेपालमामात्र वार्षिक २७ हजारको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय सुर्तीजन्य पदार्थको प्रयोगबाट नेपालमा नसर्ने रोगका बिरामीहरु बढिरहेको पाइएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले राजधानीमा गरेको सुर्तीजन्य पर्दाथ नियन्त्रण र यसको सेवनले क्यान्सर तथा मुटु रोगको उपचारमा लाग्ने लागत खर्च सम्बन्धी अनुसन्धानात्मक प्रस्तुतिकरणसम्बन्धी कार्यक्रममा सुर्तीजन्य पदार्थको प्रयोगबाट नेपालमा नसर्ने रोगका बिरामीहरु बढिरहेको तथ्यांक प्रस्तुत गरेको थियो ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाले सुर्तीजन्य पदार्थले मुटुलाई मात्र होइन शरिरको सबै अंगलाई असर गर्ने बताए । “सुर्तीजन्य पर्दाथको सेवनले शरीरको सम्पूर्ण अंगलाई असर गर्छ भने जुनसुकै दिर्घ रोग लाग्न सक्छ,” उनले भने, “दम रोग १३ गुणा बढिरहेको छ भने हृदघात हुने मानिसमा १४ प्रतिशत सुर्तीजन्य पदार्थको कारण हुने गर्छ ।” 
सुर्तीजन्य पदार्थमा कर बढाएमा मानिसले कम सेवन गर्ने डा. कोईरालाले धारणा छ । त्यसैगरी, वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले सुर्तीजन्य पदार्थको सेवनले श्वासप्रश्वासको समस्या बढाउने र फोक्सोको क्यान्सर समेत  गराउने बताए । “सुर्तीजन्य पदार्थ कुनै गर्भवती महिलाले सेवन गर्छिन् भने उनको पेटमा रहेको बच्चामा समेत छाती सम्बन्धी रोग लाग्छ”, उनले भने “अरुले खाएको चुरोटको धुवाँले त्यसको वरिपरि बस्ने मानिसलाई समेत असर गर्छ । अझ बालबालिकाको अगाडि कसैले चुरोट पिएको छ भने नजिकै रहेको बालबालिकामा त्यो चुरोटको धुवाँले दीर्घ श्वासप्रश्वास, दमलगायतको समस्या देखिन सक्छ ।” युवाहरुमा मुटु रोग बढी देखिनुमा सुर्तीजन्य पदार्थ पनि एक रहेको चिकित्सकहरुले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी सुर्तीजन्य पदार्थ नियन्त्रणमा काम गर्दै आएको एक्सन नेपालले गरेको एक अध्ययनले एकजना मुटु रोगका बिरामीलाई वार्षिक सात लाख ९० हजार र एक जना क्यान्सरका बिरामीलाई नौ लाख ८१ हजार खर्च हुने गरेको देखाएको छ । सोही अध्ययनले सबैभन्दा बढी गरिबले सेवन गर्ने गरेको देखिएको छ भने अस्पतालमा नसर्ने रोगबाट उपचार गर्नेमा १५ प्रतिशतले जग्गा घर बेचेर उपचार गर्ने गरेका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले देशैभरका प्रमुख जिल्ला अधिकारीलाई सुर्तीजन्य पदार्थ नियन्त्रणको जिम्मा दिएको बताए । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले ऐन नियम बन्ने तर कार्यान्वन नहुने गरेको बताइन् । उनले भनिन्, “सुर्तीजन्य पर्दाथमा कर बढाएमा यसको सेवन गर्ने दर भने घट्ने देखिन्छ ।”

Global Ime bank

नेपालमा सुर्तीजन्य पदार्थको उपभोग गरेका कारण देखिएका रोगको उपचारका लागि आर्थिक वर्ष २०७४-०७५ मा रु ४७ अर्बभन्दा बढी खर्च भएको देखिएको थियो भने आर्थिक वर्ष २०७४-०७५ मा नै सरकारले सुर्तीजन्य पदार्थबाट १४ अर्ब कर उठाएको थियो । 

एक्सन नेपालका अध्यक्ष आन्नबहादुर चन्दले दक्षिण एसियामा नै सुर्तीजन्य पदार्थमा कम कर लगाउने नेपाल रहेको बताए । नेपालमा सुर्तीजन्य पदार्थमा २५ प्रतिशत मात्र कर लगाएको छ भने बंगलादेश ६१ प्रतिशत कर र श्रीलंकमा ६३ प्रतिशत छ,” उनले भने, “नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट वर्षेनी २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको छ ।”

विश्वमा वार्षिक सुर्तीजन्य पदार्थबाट ७० लाख मानिसको मृत्यु हुने गरेको बताइएको छ । मुत्यु हुनेमा अविकसित देशका मानिसहरु बढी छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC