site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्री कपमा आर्मीको शानदार सुरुआत
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजु रिजाल र कप्तान बिनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरेपछि विभागीय क्लब त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजय सुरुआत गरेको छ । 

उद्घाटन खेलमा प्रदेश नम्बर २ माथि १ सय ७१ रनको फराकिलो नतिजा निकाल्दै आर्मीले विजय सुरुआत गरेको हो । आर्मीको सुखद नतिजामा राजु र बिनोदले अर्धशतक बनाए । 
२ सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ३१ दशमलव ४ ओभरमा १ सय ७ रनमा अलआउट भएपछि आर्मीले सहज जित निकालेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश दुईका लागि हरीशंकर साहले सर्वाधिक २१ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन् ।  सम्शाद शेखले  १६ रन बनाउँदा सुधिर चौधरीले १५,कन्चन कार्कीले ९, बिशाल सुलिङले ४, कप्तान मेहबुब अलामले ५ रनमात्र जोडे । आर्मीका शाहब आलमले ४ विकेट लिए । सुसन भारीले ३ ,जितेन्द्र मुखियाले २ तथा  कुशल मल्लको नाममा १ विकेट रह्यो । 

यसअघि पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७८ रन बनाएको थियो । आर्मीलाई बिशाल लक्ष्यमा पुयाउन राजु रिजालले ९० रन बनाएका थिए । १ सय ५ बल सामना गरेका राजुले ५ चौका र २ छक्का प्रहार गरे । 

Global Ime bank

कप्तान बिनोद भण्डारीले ६६ रन बनाए । ६१ बल खेलेका बिनोदले ९ चौका प्रहार गरे । रोहित पौडेलले ४७ रनको योगदान दिए । हरी चौहानले २६ रन बनाउँदा करण केसी ११ रनमा पभेलियन फर्किए । राजेश पुलामीमगरले ८, भिम सार्कीले ६, कुशल मल्लले ३ रन बनाए । सुसन भारी १२ रनमा अबिजित रहे । प्रदेश २ का लागि हरीशंकर शाहले ३ विकेट लिएका थिए । विवेक यादब,बिशाल सुलिङ र सम्शाद शेख र रासिख खानले १–१ विकेट लिएका थिए । 

प्रतियोगिता अन्तगर्त भोली प्रदेश नम्बर ३ र विभागिय क्लब एपिएफबीच प्रतिस्पर्धा हुनेछ।  प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टोली गरी १० टोली सहभागी छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC