site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाललाई हिन्दू–गणतन्त्र बनाउन पार्टी एकता: अध्यक्ष राणा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाइ स्वीकारेकोले पार्टी एकता हुने निश्चित भएको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले भने,‘राप्रपा नेपालसँगको पार्टी एकता हुन्छ, हिन्दू–गणतन्त्रलाई मुख्य एजेण्डा मानेर जाने सहमति भएको छ, बाँकी मुद्दा महाधिवेशनपछि टुँगो लगाउँछौं ।’ 
उनले आगामी चैतमा महाधिवेशन हुने र महाधिवेशनबाटै संघीयताको बारेमा सहमति गर्ने जनाए । उनले थपे,‘संघीयता र गणतन्त्रलाई राप्रपाले स्वीकारिसकेको छ, पार्टी एकता हुँदा पनि यसकै सेरोफेरोमा टेकेर समझदारी बनाएर अघि बढ्छौं ।’ राणाले दुई पार्टीबीचको एकता नेपाललाई हिन्दू–गणतन्त्र बनाउनका लागि भएको दाबी गरे । उनले भने,‘अब नेपाल छिट्टै हिन्दूराष्ट्र हुन्छ ।’
साक्षात्कारमा उनले भने,‘पार्टी एकतापछि कस्तो नीति लिनेबारे अहिले छलफल भैरहेको छ, कतिपय असहमतिका बुँदामा हामी महाधिवेशनबाट टुँगोमा पुुग्छौँ ।’ उनले अब हुने पार्टी एकता कहिल्यै नफुट्नेगरी हुनेसमेत दाबी गरे । पार्टी एकतापछि चुनाव चिन्हसमेत हलो हुने उनको विश्वास थियो । उनले राप्रपा नेपालले आगामी आइतबार पार्टी एकता गर्ने भनिरहे पनि पार्टी एकताको मिति तय भैनसकेको दाबी गरे । उनले पार्टी एकतापछि आफू राष्ट्रिय अध्यक्ष बन्ने र कमल थापालाई अध्यक्ष बनाउने अनि पार्टीभित्रका अन्य पदाधिकारी चयन गर्नेवारे सहमति भएको जानकारी दिए ।  
अध्यक्ष राणाले कांग्रेस–माओवादी केन्द्रबीच बनेको नयाँ गठबन्धनलाई आफ्नो पार्टीले समर्थन गर्ने उल्लेख गर्दै सरकारमा सहभागी हुने वा नहुनेबारे अहिले छलफल भैरहेको स्पष्ट पारे । उनले थपे,‘सरकारमा जाने वा नजानेबारे अहिले छलफल जारी छ, सम्भवतः दुवै पार्टी छलफल गरेर हामी एउटै निश्कर्षमा पुग्छौँ ।’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मतदान गर्ने विषयमा दुवै पार्टी एक हुने विश्वास व्यक्त गरे । 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC