site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विविधताविहीन नेपाली चलचित्र 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली चलचित्रको इतिहास आधा शताब्धी लामो भए पनि विषयमा विविधता भने त्यती धेरै देखिँदैन । लभ स्टोरी र कमेडीमै नेपाली चलचित्रको विषय रुमलिएको देखिन्छ । एक्सनमा केही चलचित्र बने पनि संख्या निकै न्यून रहेको र त्यसलाई पनि कमेडीले प्रतिस्थापन गर्दै गएको चलचित्र निर्माता तथा निर्देशकहरुले बताउँदै आएका छन् ।
 
लभ स्टोरी र कमेडीलाई मुख्य विषय बनाएर निर्माण गरिएका चलचित्रले पनि राम्रोसँग विषयवस्तुलाई प्रस्तुत गर्न नसकेको स्वयम् निर्माता तथा निर्देशकहरु नै स्वीकार गर्छन् । “लभ स्टोरी चलचित्रले स्क्रिनमा देखिने कलाकार र लेखकको मात्रै मन छोएर हुँदैन, त्यसले दर्शकको पनि 'हर्ट ब्रेक' गर्न सक्नुपर्छ । दर्शकको 'हर्ट ब्रेक' गरेको नेपाली लभ स्टोरी मुभी कुन हो ?,” चलचित्र लेखक तथा निर्देशक नरेशकुमार केसी भन्छन्, "मेरो सम्झनामा त्यस्तो कुनै चलचित्र छैन । ह्युमन रिलेशनसिपमा इमोशन बेच्ने हो । हररमा फियर बेच्ने हो । मिस्ट्रि सस्पेन्समा नयाँ तथ्य खोल्ने हो । तर त्यो हाम्रा चलचित्रमा छैन ।”

नेपाली लभस्टोरी चलचित्रमा मिलन र विछोडका दृश्य समान्य हुने गरेको, केमेडीका नाममा अरुलाई होच्याएर अथवा अपमान गरेर हसाउँने गरिएको केसी बताउँछन् । उनी भन्छन्, “कमेडी भनेको 'सिचुएशनल' हुनुपर्छ । अरुको अपमान गरेर हसाउँने होइन । मोटो ज्यानको व्यक्तिलाई देखाएर हसाउँने हैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रको विषयमा विविधता ल्याउन चलचित्रकर्मीमा विषयको खोज र धैर्यता हुनुपर्ने चलचित्र निर्देशक तथा लेखक दीपेन्द्र के खनाल बताउँछन् । नयाँ विषयका लागि लामो समय लगाएर अनुसन्धान गर्नुपर्ने र त्यसका लागि समयसँगै बजेट पनि आवश्यक पर्ने भएकाले पालमा त्यसतर्फ चलचित्रकर्मी नलागेको उनको भनाइ छ ।

“अनुसन्धान गर्नका लागि समय र बजेट भएर मात्रै पनि हुँदैन । मेहनत पनि चाहिन्छ । त्यो मेहनत गर्ने बानी हामीसँग छैन,” खनाल भन्छन्, “यहाँ सबैलाई आज चलचित्र बनाएर भोली चलाउनु पर्ने हतारो छ । नयाँ कुरा निकाल्नका लागि समय चाहिन्छ । तर हामीमा आज बनाएर भोली चलाउने हतारोले नै सबै कुरा बिगारिरहेको छ ।” 

Global Ime bank

कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा चलेकै कुरालाई पछ्याउने प्रवृत्तिकै कारण लगातार एउटै विषय र जानरमा चलचित्र बनिरहेको बताउँछन् । केही केमडी चलचित्र चलेकै कारण सबै त्यसमै केन्द्रित भएका र विषयमा विविधता आउन नसकेको उनको भनाई छ । 

“नेपालमा हास्य टेलिश्रृखंला सबैभन्दा धेरै मन पराइयो । कुनै समय तीतो सत्य, मेरी बास्सै, जिरे खुर्सानी, भद्रगोलजस्ता हास्य टेलिचलचित्रको टीआरपी सबैभन्दा उच्च थियो-छ,” शर्मा भन्छन्, “कुनै समय तीतो सत्यमा बज्ने विज्ञापन नेपालकै सबैभन्दा महँगो थियो । दीपकराज गिरी, दीपाश्री निरौला र मसहितको टोलली वडा नम्बर ६, छ एकान ६, छक्का पञ्जा बनायौं । त्यही चलचित्र चल्यो । बिना स्टार र चलचित्रका कलाकार बिना नै निर्माण गरिएको चलचित्र हिट भयो । यस्तै कुराले सायद विषयवस्तु निर्धारण गर्दै गयो ।”

नेपालमा पाइलापाइलामा चलचित्रका कथा रहेको उनी बताउँछन् । “भूकम्प गयो । हजारौं नेपाली नागरिकको मृत्यु भयो । लाखौं नागरिक अङ्गभङ्ग भए । त्यसलगत्तै भारतले त्यती लामो नाकाबन्दी गर्‍यो । जग्गा प्लटिङ र त्यसले पारेको प्रभावका विषय छन् । राजनीतिक उतारचढावका विषय अलपत्र छन्,” केसी भन्छन्, “एक साता माइक्रो चढे नयाँ कथा भेटिन्छ । अस्पताल भए नयाँ कथा देखिन्छ । गाउँ गए नयाँ-नयाँ कथा आउँछ । तर आजसम्‍म आएकै छैन ।”

पछिल्लो केही समय यता नेपाली चलचित्र उद्योगमा कमेडीमा केन्द्रित रहेर चलचित्र बनिरहेका छन् । राजनीतिक, समाजिक, आर्थिकलगायत विषय नेपाली चलचित्रले उठाउन सकेका छैनन् । चलचित्र ‘लुट’पछि केही चलचित्र फरक विषय र भिन्न स्टोरी टेलिङ लिएर देखिए पनि त्यसको संख्या निकै न्यून छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC