site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किराजस्तै देखिने रोबोटलाई हिँड्न सिकाउँदैछ फेसबुक !
Ghorahi CementGhorahi Cement

एजेन्सी  । ६ वटा खुट्टा भएको, हेर्दा एउटा ठूला किरा जस्तो देखिने डेजी नामक रोबोट फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च, फेयर ग्रुपको नयाँ रोबोट विज्ञान परियोजना अन्र्तगत पर्दछ । गत गर्मीयाम देखि नै फेयरका वैज्ञानिकहरुले रोबोटहरुलाई आफैँ हिँड्न र वस्तुहरु समात्न सिकाइरहेका छन् । उनीहरुको लक्ष्य ती रोबोटहरुलाई मान्छेकै शैलीमा वातावरण मार्फत नयाँ क्षमता विकास गराउनु रहेको छ । 

यसरी धेरैलाई विश्वको सबैभन्दा ठूलो सामाजिक नेटवर्क फेसबुकले रोबोट सम्बन्धी काम गरिरहेका बारे थाहा छैन । तर फेसबुक टोली लागेपरेको यो काम हाम्रो फेसबुकको न्युज फिडमा कतै देखा पर्ने पनि छैन । तर यसले आर्टिफिसियल इन्टेलिजेन्स, एआइका अनुसन्धानकर्ताहरुलाई धेरै पक्षमा मद्दत पुर्याउन सक्ने अपेक्षा गरिएको छ । जस्तै एआइका गतिविधिमा सुधार ल्याउन लागि परेका फेसबुक लगायत विभिन्न कम्पनीले शब्दहरु एउटा भाषाबाट अर्कोमा अनुवाद गर्न, तस्बिरबाट मानिस र वस्तुहरुको पहिचान गर्ने प्रविधिको विकास गर्न खोजिरहेका छन् जुन फेसबुकका लागि पनि उपयोगी साबित हुनेछ ।  

Agni Group

यसका साथै डेजी रोबोटसँग आबद्ध फेसबुक अनुसन्धानकर्ताहरुले औँलामा सेन्सर भएका रोबोटमाथि पनि काम गरिरहेका छन् । यसका लागि उनीहरुले मसिन–लर्निङ टेकनिक प्रयोग गरिरहेका छन् जसलाई ‘सेल्फ–सुपरभाइज्ड लर्निङ’ पनि भनिन्छ । यस अन्र्तगत रोबोटहरुले के काम कसरी गर्ने भनेर सबै तरिका आफैँले पत्ता लगाउनुपर्छ । जस्तै एउटा रबरको गुडिया टिप्न उनीहरुले लगातार भिन्दाभिन्दै उपाय लगाएर प्रयास गरिरहनुपर्छ जसपछि सेन्सरमा भएका डाटा मार्फत प्रत्येक प्रयासपछि तिनको क्षमतामा सुधार आउँदै जान्छ । 

यो अनुसन्धान अझैपनि सुरुवाती चरणमै छ । यस्तोमा रोबोटहरु अहिले मानव शिशु जत्तिकै स्तरमा छन् जसमा यिनले पहिले आफ्नो हात कसरी चलाउँदा के हुन्छ भन्ने पत्ता लगाउनुपर्छ । रोबोटले आफ्ना प्रत्येक कदमको परिणामबारे बुझ्न जरुरी भएकाले नै उनीहरुलाई यसरी आफैँ काम गर्न लगाइएको फेयरका वैज्ञानिक फ्रान्जिस्का मेइरले सिएनएनसँग बताएकी हुन् । हामी मानव भएकाले यस्ता कुरा आफैँ सिक्न जान्न सक्छौँ अब हामीले रोबोटहरुलाई पनि त्यसैगरी आफैँ बुझ्न सिकाउनुपर्ने उनले बताइन् । यसकासाथै रोबोटहरुलाई सबै काम आफैँ सिक्न लगाइरहँदा यस प्रक्रियाको गति पनि बढेकामा वैज्ञानिकहरुले आश्चर्य जनाएका छन् ।  

Global Ime bank

फेयरका अनुसन्धानकर्ताहरुले सो रोबोट स्थिरताका कारण खरिद गरेका थिए । जस्तै वैज्ञानिक रोबोर्टो केलेन्ड्राका अनुसार सुरुवातमा डेजीलाई आफू अडिरहेको जमिनमा हिँड्न सकिन्क्छ वा हलचल गर्न मिल्छ भनेर थाहा थिएन । तर अहिले डेजीले आफ्नै गति र शैलीमा हिँड्न सिसिसकेको छ । अनुसन्धानकर्ताहरुले यसरी नै अर्को रोबोटमा पनि परीक्षण गरिरहेका छन् जसलाई निर्धारित प्वाइन्टलाई हावामा समात्ने काम दिइएको हो । यसबीच सो रोबोटले पाँच घण्टा लगाएर यो काममा आफ्नै तरिकाले सफलता हासिल गरेको थियो । यसबीच रोबोटले हरेकपटक प्रयास गर्दाखेरिको डाटा संकलन गरि अलग अलग तरिकाले घण्टौँसम्म प्रयास जारी राखेको थियो ।  

केलान्ड्राका अनुसार यसरी कम्प्युटरको एआइ सफ्टवेयर प्रयोग नगरेर रोबोटसँग काम गर्नु पछाडिको कारण भनेको रोबोटले अल्गोरिदमका डाटा प्रभावकारी ढङ्गमा  प्रयोग गर्न बाध्य बनाउँछ । अर्थात रोबोटले घण्टौँ वा केही दिन लगाएर भएपनि प्रत्यक्ष समयमा आफैँले सबै पत्ता लगाउनुपर्छ । तर त्यसैलाई सफ्टवेयर अनुकरण प्रविधि अपनाएको भए महिनौँ वा वर्षौँ लाग्न सक्थ्यो । सीएनएनबाट
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC