site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतीय कप्तान कोहली भन्छन्– यो विश्‍वकप चुनौतीपूर्ण छ
Sarbottam CementSarbottam Cement

एजेन्सी ।  विश्व क्रिकेटमा आठ दिनपछि सुरु हुने एकदिवसीय विश्वकप क्रिकेटको रौनक छ ।

मनपर्ने खेलाडीको चर्चासँगै विश्वकपको उपाधि होडमा पुग्नसक्ने टोलीबारे समर्थकहरुबीच विभिन्न आंकलन भइरहेका छन् । प्रत्येक टोलीमा रहेका १५ सदस्यीय खेलाडीका बारेमा विश्व क्रिकेटका समर्थकको ध्यान केन्द्रित भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘क्रिकेट पण्डित’हरु उपाधि होडमा पुग्नसक्ने टोलीबारे चर्चा गरिरहेका छन् । प्रतियोगिता सुरु हुन मात्र एक साता बाँकी रहँदा उपाधिको एक दाबेदार टोली भारतका कप्तान बिराट कोहलीले यो विश्वकप निकै चुनौतीपूर्ण रहेको बताएका छन् । 

उनले सुरुआती चरणमा रहेको चुनौतीले भारतका लागि समस्या हुनसक्ने बताएका छन् । एकदिवसीय विश्वकपमा भारत दुई पटकको विजेता टोली हो । २०२३ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप आयोजनाको जिम्मेवारी पाएको भारत त्यसअघिको यो विश्वकप यादगार बनाउने रणनीतिमा छ । टोली कप्तान बिराट त्यही योजना अनुसार आफनो टोली तयार पार्दैछन् । 

Global Ime bank

१० राष्ट्र एकदिवसीय विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन । प्रत्येक टोलीले समूह चरणमा नौ खेल खेल्नु पर्नेछ । जसमध्ये चार टोली सेमिफाइनल पुग्नेछन् । इङ्ल्याण्ड जानुअघि कप्तान कोहलीले भने - फर्म्याटले पनि यो विश्वकप चुनौतीपूर्ण छ । सबै टोली निकै राम्रा छन् । २०१५ पछि अफगानिस्तानले आफूलाई निकै प्रमाणित गरेको छ । अरु टोलीले पनि । हामी आफनो वेष्ट दिनेछौं ।’

भारतले समूह चरणको पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । त्यसपछि अष्ट्रेलिया, न्यूजील्याण्ड, पाकिस्तानसँग खेल्नेछ । दुई वर्षअघि २०१७ मा इङ्ल्याण्डमा भारतले आइसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानसँग हार व्यहोरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC