site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साउदीको विमानस्थल र सेनाको ब्यारेकमा ड्रोन आक्रमण !
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

साउदी । यमनको इरान समर्थित हुती विद्रोहीले साउदी अरबको एक विमानस्थलमा र सेनाको ब्यारेकमा ड्रोन आक्रमण गरेको छ । इरानले युरेनियम सम्वद्र्धनको क्षमता बढाउने घोषणा गरिरहेकै समयमा साउदी अरबको नजरान सहरमा हुती विद्रोहीले ड्रोन आक्रमण गरेको हो । 

आक्रमणबाट जनधनको भने कुनै क्षति नभएको बताइएको छ । ड्रोन आक्रमणका बारेमा हुतीको अल मसिराह स्याटेलाइट न्युज च्यानलले कासेफ–२ को ड्रोनबाट  नजरानमा अवस्थित विमानस्थललाई लक्षित गरेर ‘आयुध भण्डार’ मा आक्रमण गरेको बताएको छ । साउदी अरब र यमनको सीमा नजिकै रहेको नजरान सहर रियादबाट आठ सय ४० किलोमिटरको दूरीमा पर्दछ । 

हुती विद्रोहीले केही समयबाट नजरान सहरमा आक्रमण गर्दै आएको छ । यस अघि साउदीको सरकारी एजेन्सीले कर्णेल तुर्क अल–मलिकीलाई उद्धृत गर्दै हुती विद्रोहीले नजरानमा एक नागरिक स्थललाई ‘लक्ष्य बनाउने’ प्रयास गरेको जानकारी दिएको थियो । यद्यपि यो घटनाका बारेमा विस्तृत केही पनि सार्वजनिक गरिएको भने थिएन । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC