राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले हालै संघीयताका बारेमा दिएको अभिव्यक्तिलाई दृष्टिदोष भन्दै आलोचना गरेका छन् । बुधबार ट्विट गर्दै भट्टराईले भनेका छन्,‘‘संघीयताको सार्वभौम मान्यता र नेपालको संविधानको प्रावधान तथा भावना विपरित प्रमले प्रदेश र स्थानीय तह केन्द्रका इकाइ मात्र हुन् भन्नु गम्भीर गल्ती मात्र नभएर ठूलो दृष्टिदोष हो ! सत्ताधारी दलकै मुख्यमन्त्री लगायतद्वारा यसको प्रतिवाद हुनु स्तुत्य छ ! सबैले बोलौं संघीयताको जगेर्ना गरौं !!’’
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६ ०९:४५
प्रतिक्रिया दिनुहोस्